28 Mangshir, 2076 | December 14, 2019
Menu

खेल

आम्दानीभन्दा बढी खर्च गरे जरिबाना

  • बुधबार ३ बैशाख, २०७१
  • एएफपी
  • DISQUS_COMMENTS
(0 votes)
लन्डन– म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएको फाइनान्सियल फेयर प्ले (एफएफपी) नियम पालना नगरेबापत ठूलो सजाय भोग्नुपर्ने बेलायती अखबार डेली टेलिग्राफले मंगलबार जनाएको छ।


टेलिग्राफका अनुसार युइएफएले क्लबलाई आम्दानीभन्दा बढी खर्च गर्नबाट रोक लगाउन बनाएको एफएफपी मिचेवापत सिटीले ठूलो जरिवाना तिर्नुपर्ने भएको छ। यसैगरी युइएफएको क्लब आर्थिक गतिविधि नियन्त्रण समितिले पिएसजीलाई पनि त्यस्तै जरिवाना लगाउने भएको छ। त्यसअघि समितिले दुवै क्लबसँग मंगलबार र बुधबार छलफल गर्नेछ।

एफएफपीअनुसार २०११–१२ र २०१२–१३ को सिजनमा गरी ४ करोड ५० लाख युरो आम्दानीभन्दा बढी खर्च गरेर घाटा बेहोरे कारबाहीको भागिदार बन्नुपर्छ।

मध्यपूर्वका अर्बपति व्यापारीले स्वामित्व लिएपछि सिटी र पिएसजीले त्यो समयमा नयाँ खेलाडी किन्न ठूलो रकम खर्चेका थिए। त्यही खर्चले सिटीलाई २०१२ को प्रिमियर लिग उपाधिसम्म पुर्‍याएको थियो भने त्यही वर्ष पिएसजीले लिग वानको उपाधि जितेको थियो।

एफएफपीअनुसार नचल्ने क्लबलाई सजायस्वरुप च्याम्पियन्स लिग खेल्न नदिने तथा जितेका उपाधि खोस्ने सम्मको कारबाही गर्न सकिने व्यवस्था छ। तर, डेली टेलिग्राफले भने कसैलाई उद्धृत नगरेको समाचारमा दुवै क्लबलाई आर्थिक जरिवानामात्र गर्ने तयारी रहेको दाबी गरेको छ। उक्त पत्रिकाले युरोपभर गरी २० को हाराहारीमा क्लबहरू एफएफपी नमानेवापत कारबाहीको खतरामा रहेको छापेको छ।

युइएफएले भने टेलिग्राफलाई विज्ञप्ति पठाएर निर्णय नलिइकन केही नबोल्ने जनाएको छ। सिटीका प्रशिक्षक म्यानुअल पेलेग्रिनीले पनि युइएफएबाट कुनै निर्णय नआएसम्म कुनै प्रतिक्रिया जनाउन नसक्ने बताएका छन्। 'यो क्लब व्यवस्थापनको चासो हो। म यस्ता विषयमा बोल्ने जिम्मेवारीमा छैन,' पेलेग्रिनीले भने।
खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

खेलाडीको बहिस्कारले प्रशिक्षक मैदानमा

काठमाडौं– नेपाल एपिएफ क्लबका प्रशिक्षक राजु बस्न्यात आइतबार आफै पेप्सी स्टयान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध खेल्न उत्रिए। राष्ट्रिय खेलाडीहरुले लामो समयदेखि तलव नपाएको, खेलाडीको भविश्यमा क्रिकेट संघ गम्भिर...

क्रिकेट टिमलाई एक साताभित्र तलब

क्रिकेट टिमलाई एक साताभित्र तलब

काठमाडौं,नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।

बायर्नको भेट मड्रिडसँग

बायर्नको भेट मड्रिडसँग

नियोन (एएफपी)– साविक विजेता बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा ९ पटकको विजेता रियाल मड्रिडको सामना गर्नुपर्ने भएको छ। शुक्रबार गरिएको ‘ड्र' मा आश्चर्यजनक प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिडले २०१२ को...

बार्सीलोना र म्यानचेस्टर बाहिरिए

पेरिस, (एएफपी)– ठूलो परिमाणको ऋणभार कम गर्न शीर्ष गोलकर्ता राडामेल फाल्काओलाई बेच्नुपरेको लगत्तैको वर्ष च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल पुग्दा बुधबार एट्लेटिको मड्रिडले स्पेनिस डर्बीका रूपमा सम्पन्न अन्तिम आठको भिडन्तमा बार्सिलोनालाई...

अवे गोलमा चेल्सीको भाग्य

अवे गोलमा चेल्सीको भाग्य

पेरिस,(एएफपी)– पेरिसमा जन्मेका डेम्बा बाले नायकको भूमिका निर्वाह गरेपछि मंगलबार चेल्सीले पेरिस सेन्ट जर्मेनलाई निराश पार्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल यात्रा तय गर्दा स्पेनिस ला लिगाको महारथी रियाल मड्रिड पनि...

कन्सर्टसँगै वसन्त उत्कृष्ट

कन्सर्टसँगै वसन्त उत्कृष्ट

काठमाडौं– विश्व ट्वान्टी–२० क्रिकेटमा नेपालीमध्येमा वसन्त रेग्मीलाई उत्कृष्ट खेलाडी चयन गरिएको छ। बंगलादेशमा दुई साताअघि उत्कृष्ट प्रदर्शन गरी फर्केको नेपाली क्रिकेट टोलीको सम्मानमा मंगलबार आयोजित कार्यक्रममा गोल्छा अर्गनाइजेसनले वसन्तलाई उत्कृष्ट...

धोनीको कप्तानीमा विश्व–११

धोनीको कप्तानीमा विश्व–११

ढाका, (एजेन्सी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) विश्व ट्वान्टी–२० मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा विश्व–११ टोली छनोट गरेको छ।

चुकेन श्रीलंका

चुकेन श्रीलंका

ढाका, (एएफपी)– कुमार सांगाकाराले स्मरणीय अर्धशतक बनाएपछि श्रीलंकाले आइतबार भारतलाई ६ विकेटले पराजित गरी विश्व ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ।