Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

व्यावसायिकतातिर नेपाली भलिबल

काठमाडौं- सुस्त गतिमा विकासतर्फ लम्केको नेपाली भलिबल व्यावसायिकतातिर जाने संकेत देखिएको छ। भर्खरै सम्पन्न राष्ट्रिय क्लब लिग भलिबलको दोस्रो संस्करणमा चार विदेशी खेलाडी कोर्टमा उत्रिए। पहिलोपल्ट नेपाली भलिबलमा विदेशी खेलाडी उतार्ने काम पश्चिमाञ्चल टोलीले गरेको हो।
विस्तृतमा पढ्नुस्

नयाँबजार र ढोरपाटन अपराजित

काठमाडौं– नयाँबजार सामाजिक युवा र ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टर ए टिम संयुक्त राजधानीमा जारी दर्शन कप खुला पुरुष भलिबलको शीर्ष स्थानमा रहेका छन्। अपराजित नयाँबजार र ढोरपाटनले ४ खेलबाट समान १२ अंक जोडेका छन्। सोमबार नयाँबजारले दुवै खेल जित्यो। 
विस्तृतमा पढ्नुस्

दुई पुलिस विजेता

काठमाडौं– साविक विजेता नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय लिग भलिबलको उपाधि रक्षा गरेको छ। शनिबार पुलिस त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई १८–२५, २५–१८, २५–१४, २५–१९ ले हराउँदै च्याम्पियन भएको हो।
विस्तृतमा पढ्नुस्

लिग भलिबलमा चार भारतीय

काठमाडौं– नेपाली लिग भलिबलमा पहिलोपल्ट भारतीय खेलाडी उतारिएको छ। गोरखपुरका चार खेलाडी (विनोद सिंह, अतुल सिंह, सोनु सिंह र मोहित राठी) ले सोमबार सुरु दोस्रो लिग क्लब च्याम्पियनसिप खेले। गोरखपुर रेल्वेबाट खेल्ने उनीहरूलाई पश्चिमाञ्चल टोलीले उतारेको हो।
विस्तृतमा पढ्नुस्

पुलिस क्लब च्याम्पियन

नेपालगन्ज- नेपाल पुलिस क्लबले पश्चिमाञ्चललाई पराजित गर्दै प्रधानमन्त्री कप इन्डो–नेपाल आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ। आइतबार नेपालगन्ज रंगशालाको कभर्ड हलमा पुलिसले २५–१९, १९–२५, २५–२३, २५–१७ को सेटमा नतिजा निकाल्यो।
विस्तृतमा पढ्नुस्

पश्चिमाञ्चलसँग एपिएफको हार

नेपालगन्ज- एपिएफ क्लबलाई हराउँदै पश्चिमाञ्चल टोली शनिबार प्रधानमन्त्री कप इन्डो–नेपाल आमन्त्रण महिला भलिबलफाइनल पुगेको छ। नेपालगन्ज रंगशालाको कभर्ड हलमा पश्चिमाञ्चलले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ।
विस्तृतमा पढ्नुस्

पुलिस क्लब विजयी

नेपालगन्ज- नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप इन्डो–नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिताको विजयी सुरुआत गरेको छ। पुलिसले युपी इन्डिया टोलीलाई २५–९, २५–१०, २५–२१ को सेटमा पराजित गर्योय। 
विस्तृतमा पढ्नुस्

राष्ट्रव्यापी भलिवल उपाधी शंकरदेवलाई

टिकापुर- राजधानीको शंकरदेव क्याम्पसले कैलालीको टिकापुरमा सम्पन्न टिएमसी राष्ट्रव्यापी अन्तर क्याम्पस पुरुष भलिवल प्रतियोगिता जितेको छ। आइतवार कर्णाली वहुमुखी क्याम्पसल सत्तिलाई ३–० सेटले हराउँदै शंकरदेव च्याम्पियन वनेको हो।
विस्तृतमा पढ्नुस्

एपिएफको अविजित यात्रा

काठमाडौं– एपिएफ, न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलले नवौं ढोरपाटन ब्लुस्काई टिभिएस कप डबल लिग महिला भलिबलमा आइतबार जित हात पारेका छन्। जारी प्रतियोगितामा एपिएफ ३६ अंकसहित शीर्ष स्थानमा यथावत छ। जारी प्रतियोगितामा अविजित एक्लो टोली एपिएफले सबै १२ खेल जितेको…
विस्तृतमा पढ्नुस्

एपिएफको दोहोरो जित

काठमाडौं– एपिएफ क्लबले शनिबार नवौं ढोरपाटन ब्लु स्काई टिभिएस कप डबल लिग महिला भलिबलमा दोहोरो जित पाएको छ। नयाँ बसपार्कस्थित कोर्टमा शीर्ष टोली एपिएफले दाबेदार पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा हरायो। एपिएफले २५–१२, २५–१८, २५–१८ ले खेल जितेको हो। 
विस्तृतमा पढ्नुस्

एपिएफ महिला भलिबल च्याम्पियन

पर्वत- सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी जितेको छ। शुक्रबार टोलीले काठमाडौंको न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि रक्षा गरेको हो।
विस्तृतमा पढ्नुस्

एपिएफ र न्यु डायमन्ड फाइनलमा

पर्वत- राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र न्यु डायमन्ड एकेडेमी फाइनल पुगेका छन्। बिहीबार एपिएफले पश्चिमाञ्चल भलिबल संघलाई २५–११, २५–१७, २५–१३ को सोझो सेटमा पराजित गरेको हो।
विस्तृतमा पढ्नुस्

मध्यमाञ्चल र पश्चिमाञ्चल विजयी

काठमाडौं- घरेलु टोली पश्चिमाञ्चलले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत १८ औ राष्ट्रिय महिला भलिबलको उद्घाटन खेलमा सफलता प्राप्त गरेको छ। अनुभवी मञ्जु गुरुङको कप्तानमा खेलेको पश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चललाई सहजै २५–१२, २५–११ र २५–१७ स्कोरले हरायो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed