Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

नयाँबजार र ढोरपाटन अपराजित

(0 votes)
काठमाडौं– नयाँबजार सामाजिक युवा र ढोरपाटन स्पोर्टस टे्रनिङ सेन्टर ए टिम संयुक्त राजधानीमा जारी दर्शन कप खुला पुरुष भलिबलको शीर्ष स्थानमा रहेका छन्। अपराजित नयाँबजार र ढोरपाटनले ४ खेलबाट समान १२ अंक जोडेका छन्। सोमबार नयाँबजारले दुवै खेल जित्यो। 
पहिलो खेलमा नयाँबजारले जनमैत्री बहुमुखी क्याम्पसलाई २५–१५,२५–१०, २५–१७ को सोझो सेटमा हरायो। अर्को खेलमा नयाँबजारले विशालज्योति युवा क्लब धादिङमाथि २५–१५, २५–१९, २५–२१ को विजय नतिजा निकालेको थियो। 
नयाँ बसपार्कमा जारी स्पर्धामा ढोरपाटनले सोमबार दुबै खेल सोझो सेटमा जित्यो। पहिलो खेलमा त्रिभुवन आर्मी गोरखालाई २५–१२,२५–१५, २५–१५ ले हराउँदा ढोरपाटनले अर्को खेलमा आफ्नै 'बी' टिमलाई २५–१८,२५–२१, २५–२२ ले पराजित गर्योज। एक खेल मात्र हारेको ढोरपाटन बी र त्रिभुवन आर्मीले ६ अंक जोडेका छन्।