Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित Featured

(0 votes)
दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
बंगलादेश– विश्व ट्वान्टी२० क्रिकेटअन्तर्गत दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ। बंगलादेशको फतुल्लाहमा भर्खरै सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गर्न सकेन। ओपनर सागर पुन मात्र एक रन जोड्द आउट भए। नेपालका लागि अर्का ओपनर सुवास खकुरेलले सर्वाधिक २८ रन बनाए। यसैगरी कप्तान पारस खड्काले २७ रन जोडेका थिए।
९६ रनको विजयी लक्ष्य युएईले मात्र ४ विकेटको क्षतिमा सात बल बाँकी छँदै पूरा गर्‍यो। नेपालले विश्वकप अन्तर्गत पर्सि आइतबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
खेलको लाइभ अपडेट नागरिकन्युजले गरेको थियो। अर्काइभ हेर्न यहाँ क्लिक गर्नुस्:
Last modified onFriday, 14 March 2014 13:52