Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

सडकको सूचना मोबाइलमै!

  • शुक्रबार ९ फागुन, २०७०
  • मधुसुधन गुरागाईं
  • DISQUS_COMMENTS
(1 Vote)
सडकको सूचना मोबाइलमै!
बनेपा- बनेपा–सिन्धुली–बर्दिवास सडकको अवस्थाबारे मोबाइल फोनबाटै जानकारी लिन सकिने भएको छ। सडकमा भारी वर्षात, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप र सडक दुर्घटना भए मोबाइलमै तत्काल जानकारी आउनेछ। 
जापान सरकारको सहयोगमा बन्दै गरेको बनेपा–सिन्धुली–बर्दिवास सडकको सञ्चालन तथा मर्मतसम्भारका निम्ति स्थापित उपआयोजनाले मोबाइलबाटै सडकबारे जानकारी दिन सकिने आकस्मिक सूचना प्रणाली लागू गर्दैछ। उक्त प्रणाली लागू भएपछि वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिवासमा रहने इलेक्ट्रोनिक बोर्डबाट पनि उक्त सडकको अवस्थाबारे जानकारी लिन सकिन्छ। 'बनेपा–सिन्धुली–बर्दिवास सडकका यात्रुलाई कुनै पनि कारणले यात्राको बीचमा समस्या भोग्नु नपरोस् भनेर यस्तो आकस्मिक सूचना प्रणालीको व्यवस्था मिलाइएको हो,' सडक आयोजनाका प्रमुख भरतकाजी देवजुले भने। 
मार्च २०१५ मा निर्माण कार्य सम्पन्न हुने सो सडकलाई नेपालकै नमुना बनाउने उद्देश्यले सूचना प्रविधिमा आधारित यस्तो सेवा दिन लागिएको उनले बताए। 
यस प्रणालीअन्तर्गत विभिन्न चार केन्द्रमा स्थापना भएका 'अटोमेटिक रेनफल अब्जर्भेसन सिस्टम' ले निरन्तर रूपमा वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ। यस्तो केन्द्र काठमाडौंस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिवासस्थित सडक विभागका कार्यालय र सिन्धुलीबजारस्थित जिविसमा रहने व्यवस्था मिलाइएको छ।
डाटा सेन्टरमा निरन्तर प्राप्त भइरहने यस्ता विवरण मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा निरन्तर अपडेट हुने व्यवस्था मिलाइनेछ। 'सडकमा रहने तीनवटै बोर्डमा जिपिआरएस मोडेममार्फत निरन्तर सूचना अपडेट हुने व्यवस्था मिलाइएको छ,' देवजुले भने, 'एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली तथा अंग्रेजी भाषामा सूचना उपलब्ध हुने गरी डिजाइन गरिएको छ,' उनले थपे।
चौबीसै घन्टा सूचना तथा जानकारी अद्यावधिक गर्न डाटा सेन्टर, रेनफल स्टेसन र डिस्प्ले बोर्ड सबैमा सोलारबाटै विद्युत आपूर्ति गरिनेछ।
मौसम र सडकको अवस्थासम्बन्धी सूचनासँगै सडक दुर्घटना र बाढी–पहिरोबाट यातायात अवरोध भए तत्कालै उद्धारका लागि पनि यसै प्रणालीबाट सरोकारवालालाई जानकारी गराउने व्यवस्था मिलाइएको छ। 'सडक दुर्घटना भए सूचना तत्कालै डाटा सेन्टरमा आउँछ। सडक विभाग मातहतका कार्यालयबाट उक्त सूचनालाई यकिन र पुष्टि गरेपछि मात्रै मोबाइल, सडक सूचना बोर्ड र वेबसाइटमा उपलब्ध हुने सिस्टम मिलाइएको छ,' उपआयोजनाकी इन्जिनियर शीला श्रेष्ठले भनिन्।
सूचना उपलब्ध गराएलगत्तै उद्धारका लागि सडक बन्द गर्नुपर्ने वा अन्य व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका सिडिओ र ट्राफिक प्रहरीलाई जानकारी हुने व्यवस्था पनि मिलाइएको श्रेष्ठले जानकारी दिए। 'यी सबै प्रक्रियाका लागि एसएमएसबाट तत्कालै सूचना आदान–प्रदान गर्ने गरी आकस्मिक सूचना प्रणाली (इआइएस)तयार गरिएको हो,' उनले थपिन्। 
वेबसाइट र इआइएस इन्जिनियरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले तयार गरेको हो।
धुलिखेल अस्पतालले अरनिको राजमार्ग र बनेपा–सिन्धुली–बर्दिवास सडकका दुर्घटनामा गम्भीर चोटपटक लागेका बिरामीको उपचारका लागि 'ट्रमा केयर सेन्टर' विकास गरेको छ।
'काभ्रे हुँदै जाने दुई ठूला राजमार्गमा दुर्घटना भइहाले बिरामीलाई उपचार गर्न क्षमता विकास गरिरहेका छौं,' अस्पतालको इमर्जेन्सी विभाग प्रमुख एवं ट्रमाविज्ञ डा. सानु श्रेष्ठले भने। 
सिन्धुली सडकले सुरु गर्न लागेको आकस्मिक सूचना प्रणालीले दुर्घटनामा गम्भीर चोटकपटकका बिरामी उपचारका लागि स्वास्थ्यकर्मीलाई तम्तयार रहनसमेत मद्दत गर्ने डा. श्रेष्ठको भनाइ छ।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...