Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

प्रविधि

एनसेलको प्रिपेडमा ब्यालेन्स ट्रान्सफर हुने

(0 votes)
एनसेलको प्रिपेडमा ब्यालेन्स ट्रान्सफर हुने
काठमाडौं– नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने क्रममा प्रिपेड ग्राहकका लागि ब्यालेन्स ट्रान्सफर गर्न सक्ने सुविधा सहितको नयाँ सेवा ल्याएको छ। यसै हप्तादेखि सुरु भएको यो सेवामा एनसेलका कुनै पनि प्रिपेड ग्राहकले अर्को कुनैपनि प्रिपेड नम्बरमा एक पटकमा १० देखि २ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन्।
ग्राहकले यो सेवा एक दिनमा तिन पटकसम्म प्रयो गर्न र अधिकतम ६ सय रुपैयाँसम्मको ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन्। 
यो सेवा प्रयोग गरे वापत प्रत्येक पटक करबाहेक एक रुपैयाँ सेवा शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ। ‘यो सेवाले एनसेलका प्रिपेड ग्राहकलाई ब्यालेन्स उपहार दिन तथा अप्ठेरो स्थितिमा रहेका आफन्त एवं साथीभाईलाई जतिबेला पनि रकम ट्रान्सफर गरेर राहत प्रदान गर्न सम्भव बनाएको छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सन्जु कोइरालाले भनिन्। 
ग्राहकहरुले एउटा नम्बरबाट अर्को नम्बरमा ब्यालेन्स पठाउनको लागि एस्ट्रिक्स १७१२२ ह्यास मोबाइल नम्बर एस्ट्रिक्स पठाउन चाहेको रकम ह्यास डायल गर्नु पर्दछ। उदाहरणको लागि यदि ‘क' भन्ने ग्राहकले ‘ख' ग्राहकलाई १० पठाउन चाहे एस्ट्रिक्स १७१२२ एस्ट्रिक्स ख को मोबाइल नम्बर एस्ट्रिक्स १० ह्यास डायल गर्नुपर्दछ। 
देशभर उपयोग गर्न सकिने यस सेवाको बारेमा थप जानकारीको लागि ग्राहकहरुले १७१२२ मा फोन गरि बुझ्न पनि सक्ने कम्पनीले जनाएको छ।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...