Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

‘सूचना प्रविधि विकासको आधार'

(0 votes)
‘सूचना प्रविधि विकासको आधार'
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले विकासको मुख्य आधार सूचना प्रविधि भएकोले यसको द्रुततर विकासमा लाग्नुपर्ने बताएका छन् ।
सूचना प्रविधि पढाउने तथा सेवा प्रदान गर्ने राजधानीको डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीमाझ बिहीबार मन्तव्य दिँदै भट्टराईले सरकार, राजनीतिक दल, समाज, प्राकृतिक सम्पदा, पर्यटनलगायत सबै क्षेत्रमा सूचना प्रविधिको आवश्यकता बढ्दै गएकोले यसको विकास गर्दै पहुँच बढाउनुपर्नेमा जोड दिए। ‘नेपालभन्दा विश्वका कयौं मुलुक विकासमा अगाडि बढिरहेको हुनाले तिनीहरुको दाँजोमा पुग्न पनि सूचना प्रविधिमा फड्को मार्दै विकास गर्नुपर्छ,' उनले भने, ‘समकालीन विश्वसँग जोड्ने अवसर अब हामीलाई सूचना प्रविधिले मात्र दिन्छ।' त्यसैले यसमा दक्ष जनशक्ति निर्माण गरी नेपालमै सूचना प्रविधिको विकास हुनुपर्ने उनले बताए। नेपालबाट विदेश पढ्न जाने क्रम बढिरहेको बेला अध्ययन सकेर उतै बस्नु बस्नुभन्दा नेपाल आएर केही नयाँ कामा गर्दा देशले पनि नयाँ विकास पाउने हुनाले विद्यार्थीले यहीँ केही गर्नुपर्ने उनले सुुझाए। ‘नेपालमा हरेक क्षेत्रमा आइटीको माग छ, सुशासनदेखि शिक्षा र स्वास्थ्यसम्म। यस्तो अवस्थामा सिकेको सीप भरपुर उपयोग गर्न सकिन्छ,' भट्टराईले भने, ‘हामी भर्खर इ–शिक्षा, इ–स्वास्थ्यलगायतमा लागिरहेका छौं, यसमा अझ प्रविधिको आवश्यकता छ। यसमै केही गर्नुपर्छ।' विज्ञान र प्रविधिबिना देश चल्दैन तर नेपालमा विज्ञान र प्रविधि मन्त्रालय लिन कुनै नेता चाहँदैनन्। विज्ञान मन्त्रालयमा बजेट पनि कम रहेकोले नयाँ कुरा सोच्न आइटीका विद्यार्थीले दबाब दिनुपर्ने उनले बताए। ‘नेपालमा डिजिटल डिभाइड ठूलो छ, त्यसैले सूचना प्रविधिका स्कुल कलेज खोलेर धेरैभन्दा धेरैको सहभागिता गराउनुपर्छ,' भट्टराईले भने। नेपालमा अहिले आउटसोर्सिङको काम बढिरहेको हुँदा सफ्टवेयर निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति जनाउन उनले विद्यार्थीलाई आग्रह गरे। कार्यक्रममा डियरवाकका अध्यक्ष रुद्र पाण्डेले कलेजमा ४६ जिल्लाका र २० प्रतिशत महिला विद्यार्थी रहेको जानकारी गराए। नेपालमा सम्बन्धन कलेज कम रहेको कारण डियरवाकको अवधारणा आएको पाण्डेले बताए।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...