Wednesday 21 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

ग्राहकको रोजाइमा वाईफाई रेस्टुरेन्ट

  • शुक्रबार २३ फागुन, २०७०
  • नरहरि सापकोटा
  • DISQUS_COMMENTS
(0 votes)
ग्राहकको रोजाइमा वाईफाई रेस्टुरेन्ट
गोरखा- सतिपिपलका लक्ष्मण गुरुङ खाजा खान दिउँसो घरबाट १५ मिनेटको बाटो हिँडेर बसपार्क आउँछन्। बिहान चिया र बेलुका साथीसँग भेटघाट गर्ने ठाउँका लागि पनि उनी बसपार्कको होटल एभरेस्टलाई उपयुक्त मान्छन्। गुरुङ होटल छिर्नेबित्तिकै खाजा अर्डरसँगै खल्तीमा भएको मोबाइल निकाल्छन् र सुरु हुन्छ इन्टरनेटमा गफ।
उनी खाजा खान मात्रै यो होटल आउँदैनन्। साथी पर्खने समय निःशुल्क इन्टरनेट चलाउन पाइन्छ। उनी भन्छन्, ‘साइबर जाँदा खाजा खाने पैसा इन्टरनेटमा तिर्नुपर्छ, वाईफाई भएको होटलमा पर्दैन।' पछिल्लो समय गोरखामा खुलेका नयाँ पुराना सबै रेस्टुरेन्ट र होटललाई इन्टरनेट अनिवार्य जस्तै बनेको छ। ठूलाले ग्राहकलाई सुविधासँगै व्यापार बढाउन इन्टरनेट जोडेका छन्। ती होटलमा नै ग्राहकको चाप बढी देखिन्छ। रात बिताउने वा दिउँसो खाजा खाने दुवै ग्राहकको रोजाइ वाईफाई रेस्टुरेन्ट र होटल बनेका छन्। हरमटारीस्थित गोरखा किचेन फास्ट फुड एन्ड रेस्टुरेन्टका सञ्चालक मनिष जोशी भन्छन्, ‘खाजा अर्डरअघि नै ग्राहकले इन्टरनेटको पासवर्ड माग्छन्, समय बिताउन र खाजा बन्दै गर्दाको समय सदुपयोग गर्न सजिलो भएको छ।' नयाँ जेनेरेसनका लागि इन्टरनेट अनिवार्य ठानेर होटल सुरु गरेसँगै यो सेवा दिन थालेको जोशी बताउँछन्। साधारण मोबाइलमा पनि सजिलै इन्टरनेट चलाउन सकिने भएपछि युवा पुस्ताले इन्टरनेट प्रयोग गर्ने क्रम बढेको छ। रात बिताउने पर्यटकको साथी नै इन्टरनेट बन्ने गरेको गोरखाको पुरानो होटल बिसौनीका प्रजुन मास्के बताउँछन्। ‘आन्तरिकभन्दा पनि विदेशी पर्यटक धेरै हुन्छन्, होटल प्रवेशदेखि नै हातमा ल्यापटप बोकेर नेपालका विभिन्न ठाउँबारे जानकारी लिन खोज्छन्,' मास्के भन्छन्। युवालाई फेसबुक चलाउन इन्टरनेट चाहिन्छ। विदेशीले भने ज्ञानवर्द्धक सामग्री खोज्न, आफू घुम्ने ठाउँबारे जानकारी लिन, घर परिवार र साथीसँग सम्पर्कमा रहन यसको प्रयोग गर्छन्। सदुमरकामका आधाभन्दा बढी होटल रेस्टुरेन्टले ग्राहकलाई निःशुल्क इन्टरनेट दिएका छन्। इन्टरनेट हुँदा र नहुँदा आउने ग्राहक र व्यापारमा समेत फरक परेको होटल एभरेस्ट सञ्चालक मिलन राना बताउँछन्। ‘केटाकेटी र रात बिताउने गेस्टले इन्टरनेट खोज्छन्,' उनले भने ‘ग्राहकले इन्टरनेट सुविधा छ कि छैन? भन्दै सोधेर हैरान बनाउन थालेपछि तीन महिनाअघि सुरु गरेको हुँ।'
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...