Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

प्रविधि

फेसबुकमा असन्तुष्टि पोख्दा ‘अन्तरघाती'

  • आइतबार ९ चैत्र, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
फेसबुकमा असन्तुष्टि पोख्दा ‘अन्तरघाती'
सिन्धुपाल्चोक-गएको संविधानसभा निर्वाचनअघि एमाले केन्द्रीय लेखा आयोग सदस्य सुरेश नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– व्यक्ति हेरेर भोट हालौं, अब एक महिना मामाघर गएर बिताइन्छ।
फेसबुकमा लेखिएका उनका स्टाटसलाई धेरैले उम्मेदवारको टिकट नपाएको असन्तुष्टिको रूपमा बुझे। त्यही आधारमा चुनाव सकिएको तीन महिनापछि उनलाई पार्टी जिल्ला कमिटीले अन्तरघात गरेको ठहर गर्‍यो। ‘फेसबुक स्टाटसलाई नै उल्लेख गरेर प्रतिवेदनमा नेपाललाई अन्तरघाती ठहर्‍याइएको रहेछ,' एक सदस्यले भने। पार्टीले उनलाई नेपाललाई कारबाहीस्वरुप ‘गम्भीर आत्मालोचना' गर्न भनेको छ। 
एमाले जिल्ला कमिटीले नेपालसँगै जिल्लाका अन्य चार नेतालाई पनि चुनावमा अन्तरघात गरेको आरोप लगाएको छ। नेतामाथि अन्तरघातको आरोप लागेपछि एमालेमा असन्तुष्टि र विवाद भने चुलिएको छ। 
चौतारामा शुक्रबार बसेको जिल्ला कमिटी बैठकमा छानबिन समितिले नेपालसँगै बागमती अञ्चल सदस्य सोम सापकोटा, पूर्वजिल्ला अध्यक्ष हस्त पण्डित र २ नम्बरका अध्यक्ष होमनारायण श्रेष्ठले अन्तरघात गरी पार्टीका उम्मेदवारलाई हराएको प्रतिवेदन पेस गरेको थियो। संविधानसभा निर्वाचनका उम्मेदवारको उपस्थितिमा बसेको बैठकमा छानबिन समितिका संयोजक डम्बर अर्यालले प्रतिवेदन सार्वजनिक गरेपछि जिल्ला नेतृत्व र आरोप लागेका नेताबीच चर्काचर्की भएको थियो। 
आरोप प्रमाणित गर्न चुनौती दिँदै नेता सापकोटा र श्रेष्ठ बैठक बहिष्कार गरी बाहिरिएका थिए। आरोप लागेका पूर्वअध्यक्ष पण्डित भने प्रतिवाद गर्दै बैठकमै बसिरहे पनि जिविस पूर्वसभापति समेत रहेका नेता नेपाल भने अनुपस्थित थिए।
प्रतिवेदन नेपालप्रति बढी लक्षित छ। उनले कारबाहीस्वरुप गम्भीर आत्मालोचना गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ। 
क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार अरुण नेपाल पराजित भएपछि चुनावलगत्तै बसेको जिल्ला कमिटी बैठकले पराजयको कारण पत्ता लगाउन अर्यालको संयोजकत्वमा कृष्णराज श्रेष्ठ र केदार क्षेत्री सदस्य रहेको समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अन्तरघातमा मात्र सीमित भएको असन्तुष्ट पक्षको भनाइ छ।
अघिल्लो निर्वाचनमा पनि जिल्लाबाट नाम सिफारिस भए पनि सुरेशले टिकट पाएका थिएनन्। त्यतिबेला पनि अन्तरघात गरेको आरोप उनीमाथि लागेको थियो। तर, यसपटक भने उनैले पाउने धेरैको अनुमान थियो।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...