24 Jestha, 2077 | June 06, 2020
Menu

प्रविधि

टेलिकमले आइटी कम्पनी चलाउने

  • मङ्गलबार ११ चैत्र, २०७०
  • प्रकटकुमार शिशिर
  • DISQUS_COMMENTS
(0 votes)
टेलिकमले आइटी कम्पनी चलाउने
काठमाडौं-भ्वाइस र डाटापछि नेपाल टेलिकमले इन्टरनेट सामग्रीमा लगानी गर्ने भएको छ। टेलिकमले इन्टरनेट सामग्री (कन्टेन्ट) बनाउन आइटी कम्पनीसमेत स्थापना गर्ने तयारी गरेको छ।
टेलिकमले सहायक कम्पनीमार्फत निजीसँग साझेदारी गरी आइटी कम्पनी खोल्ने तयारी गरेको हो। इन्टरनेटमा आधारित हरेक कुरा निर्माण गर्न एक महिनाभित्र नयाँ कम्पनी स्थापना गर्ने प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले बताए।
टेलिकमको सहायक कम्पनी स्थापना खोलेर सूचना प्रविधिसम्बन्धी आवश्यक सेवा दिने गरी काम हुने उनले बताए। ‘सुरुमा इन्टरनेट कन्टेन्ट र विस्तारै अन्य सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने गरी कम्पनी स्थापना गर्ने योजना बनाएका छौं,' भट्टराईले भने, ‘नेपालमा इन्टरनेट कन्टेन्ट धेरै खोजिन्छ, ती सबै खोजिने सामग्रीको सर्भर बाहिरकै हुन्छ। हामीले त्यसका लागि व्यान्डविथ खर्च गरिरहेका छौं।' 
नेपालमा नै सर्भर रहने गरी इन्टरनेट कन्टेन्ट उत्पादन र प्रयोग गर्ने गरी कम्पनी स्थापना हुन लागेको उनले बताए। एक महिनाभित्र सहायक कम्पनी दर्ता गरी निजी कम्पनीलाई साझेदारीमा आउन सार्वजनिक आह्वान गर्ने भट्टराईले जानकारी दिए। ‘अहिले हामी यसैको अध्ययनमा छौं, एक महिनाभित्र नयाँ कम्पनी खोलेर निजी कम्पनी बोलाउँछौं। त्यसपछि जनशक्ति राख्ने र सेवा सुरु गर्ने लगायत काम हुन्छ।'
टेलिकमले सुरुमा ४० करोड लगानी गरेर कम्पनी खोल्ने योजना बनाएको छ। उक्त कम्पनीमा टेलिकमको र निजीको आधा–आधा सेयर हुने छ। 
टेलिकमका सहप्रवक्ता राजेश जोशीले नयाँ अवधारणा बनाउँदै सहायक कम्पनीमार्फत आइटी कम्पनी स्थापना गर्न लागेको बताए। टेलिकमले प्रयोग गर्ने सफ्टवेयर, मोबाइल एप्सदेखि हार्डवेयरका काम र सेवा आफ्नै लगानीको कम्पनीबाट लिने योजना छ। ‘टेलिकमले अहिले जति सेवा तथा वस्तु लिएको छ, सबै बाहिरबाट किन्छ। अब नेपालबाट सम्भव हुने यहीँको कम्पनीसँग लिने र उसैसँग साझेदारी गर्ने रणनीति हो,' उनले भने। टेलिकमले एक समिति बनाएर यसको सम्भाव्यता अध्ययन गरिरहेको छ। ‘हामी कुनकुन काम लिन सक्छौं, कुनकुन काम गर्न सक्छौं त्यसैको अध्ययन भएको हो,' उनले भने। 
नेपालमा सर्च इन्जिनबाट धेरै कुरा खोज्दा त्यो सर्भरमार्फत ब्यान्डविथ खर्च बढेकोले टेलिकमले क्यासे सर्भर राखेर नेपालमै सूचना बस्ने गरी कम्पनीमार्फत काम थाल्ने जनाएको छ। सहप्रवक्ता जोशीका अनुसार वार्षिक रुपमा नेपालबाट ठूलो रकम ब्यान्डविथमा खर्च भइरहेको छ। ‘एकचोटि लिइएको सूचना नेपालमै बस्ने र पुनः खोज्दा नेपालकै सूचना आउने गरी काम हुन्छ,' उनले भने। 
अहिले नेपालको मौसम, युट्युबमा हेरेको भिडियोदेखि हरेक इन्टरनेट कन्टेन्ट बाहिरको सर्भरमा रहेकोले नेपाललाई कुनै फाइदा नभएको टेलिकमले जनाएको छ। 
टेलिकमले डाटाको ग्राहक बढ्दै गएको र डाटा प्रयोगकर्ताका लागि पनि इन्टरनेट कन्टेन्ट तयार गर्ने योजना बनाएको जनाएको छ। ‘इन्टरनेट कन्टेन्ट उपभोक्ताले प्रयोग गर्दा टेलिकमलाई पनि फाइदा पुग्छ, त्यसैले हामीले त्यहीअनुसार काम गर्दै छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...