24 Jestha, 2077 | June 06, 2020
Menu

प्रविधि

किमाथांकामा टेलिकमको सेवा

  • बुधबार १२ चैत्र, २०७०
  • प्रकटकुमार शिशिर
  • DISQUS_COMMENTS
(0 votes)
किमाथांकामा टेलिकमको सेवा
काठमाडौं-नेपाल टेलिकमले निर्णय गरेको एक वर्षपछि संखुवासभाको किमाथांकामा टावर राखेर सेवा सुचारु गरेको छ। टेलिकमले गत वर्ष चैत ९ गते किमाथांकामा टावर राख्ने निर्णय गरेपनि यही चैत ६ गतेदेखि सेवा सुचारु गरेको हो।
टेलिकमले किमाथांकामा भूउपग्रहमा आधारित स्याटलाइट सिडिएमए टावर राखेर सिडिएम सेवा प्रदान गरेको हो। किमाथांकामा टावर राख्न मात्र २३ लाख रुपैयाँभन्दा बढी ढुवानी खर्च भएको नेपाल टेलिकमले जनाएको छ। फागुन २६ गते नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण पुगेपछि टावर सञ्चालनमा आएको हो। गत वर्ष नै टावर निर्माण गर्ने भनेपनि सेनाको हेलिकप्टरको भाडा महँगो भएको र त्यसपछि संविधानसभाको चुनावमा हेलिकप्टर प्रयोग भएका कारण सामान लैजान नसकेको टेलिकमले जनाएको छ। 
पूर्वाञ्चलको अति विकट क्षेत्र रहेको किमाथांकामा टावर निर्माण भै सेवा सुरु भएको टेलिकमका इन्जिनियर उमेश आचार्यले बताए। खाँदबारीदेखि ५० कोश टाढा र पैदलमा ७ देखि १० दिन लाग्ने सो क्षेत्रमा अहिले सिडिएमएको सेवा सुचारु भएको उनले बताए। अति विकट भएर पनि सेवा दिन खोज्दा समय लागेको उनले बताए। 
चीनको सिमानासँग रहेको किमाथांकामा नेपाल टेलिकमको सेवा सञ्चालन गरेपछि ७५ घरधुरीका ३ सय ५० जना प्रत्यक्ष लाभान्वित भएका छन्। यसअघि किमाथांकाबासीहरुले चिनको नेटवर्क प्रयोग गरी फोन सेवा लिदै आएका थिए। चीनको सेवा प्रदायकको एक हजारको रिम प्रयोग गरेर सेवा लिएका स्थानीले अबदेखि नेपाल टेलिकमकै २ सयको रिममार्फत सेवा लिन सक्ने इन्जिनियर आचार्यले बताए। टेलिकमले सस्तो र थोरै जनसंख्याका लागि पनि सेवा दिएको भन्दै स्थानीय हर्षित भएको उनले बताए। 
किमाथांका पारी रहेको चीनको बजारमासम्म नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्ने हुनाले चिनियाँ बजार पनि नेपाल टेलिकमको लक्षित बजार रहेको आचार्यले बताए। ‘चीनको बजारमा १५ सय हाराहारीको जनसंख्या छ। चीनको सेवाप्रदायकको भन्दा सस्तो सेवा भएपछि नेपाल टेलिकमकै सेवा लिनेमा हामी विश्वस्त छौं, उनले भने। 
टेलिकमले एकवर्षअघि नै सञ्चालक समितीबाट टावर निर्माण गरेर सेवा दिने निर्णय गरेपनि ढुवानी र ढुवानी खर्चका कारण सेवा सुरु हुन सकेको थिएन। टेलिकमले पटकपटक गरेर ढुवानी खर्च २३ लाख निकासा गरेपछि सेनाले सामान किमाथांका पुर्याकएको हो। ‘सानो गाविस भएपनि सेवा दिनुपर्छ भनेर हामीले पटकपटक पहल गर्यौंल एक वर्षपछि बल्ल किमाथांकामा सेवा सुरु भयो, किमाथांकामा टेलिकमको सेवा लैजान पहल गर्ने अगुवा जीवनाथ खनालले भने, ‘चीनसँग जोडिएको सिमानाका कारण स्थानीयले चीनको महँगो सेवा लिइरहेका थिए। अब टेलिकमको सेवाले स्थानीयलाई सेवासँगै राहत दिने,' उनले बताए।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...