28 Mangshir, 2076 | December 14, 2019
Menu

प्रविधि

‘सुरक्षित छैन इन्टरनेट’

(0 votes)
‘सुरक्षित छैन इन्टरनेट’
लन्डन– बिबिसी वर्ल्ड सर्भिसले भर्खरै गरेको एक सर्भेले अभिव्यक्तिका लागि इन्टरनेट सुरक्षित माध्यम नभएको देखाएको छ। विभिन्न १७ देशमा गरिएको सर्भेमा सहभागीमध्ये ४० प्रतिशतले मात्रै आफ्नो कुरा अभिव्यक्त गर्न इन्टरनेट सुरक्षित स्थान भएको बताएका छन्। ५२ प्रतिशत यसको विपक्षमा देखिए।
यो सर्भेमा नेपाल परेको थिएन। छिमेकी मुलुक भारतमा भने ६७ प्रतिशतले इन्टरनेट सुरक्षित स्थान भएको विचार राखेका छन्। ग्लोब स्क्यान नामको कम्पनीले गत डिसेम्बरदेखि फेब्रुअरीसम्म १७ हजारभन्दा बढी मानिसमा यो सर्भे गरेको थियो। यसको रिपोर्ट बिबिसी वर्ल्ड सर्भिसको कार्यक्रम 'फ्रिडम लाइभ' मार्फत् सार्वजनिक गरिएको हो।
रिपोर्टअनुसार दुई तिहाइ मानिसले इन्टरनेटका कारण स्वतन्त्र महसुस भएको बताएका छन्। एक चौथाई मानिस यसमा सहमत छैनन्। सर्भेमा सहभागीमध्ये ३३ प्रतिशतले सरकारी निगरानीका कारण इन्टरनेट प्रयोग गर्न सहज नभएको बताएका छन्। सर्भेमा सहभागीमध्ये पाँच देशका नागरिकले यो समस्या बेहोरेका छन्। अमेरिका र जर्मनका प्रयोगकर्ता पनि इन्टरनेटमा सरकारी निगरानीलाई लिएर खुसी देखिएनन्।
यसको विपरीत चीन, रुस, इन्डोनेसियाजस्ता देशका सहभागीले भने सरकारी निगरानीप्रति खासै असन्तुष्टि जनाएनन्। चीनका ७६ प्रतिशत, रुसका ६१ प्रतिशत र इन्डोनेसियाका ६९ प्रतिशत सहभागीले सरकारी निगरानीलाई सकारात्मक मानेका छन्।
विश्वास गुमाउँदै सञ्चारमाध्यम
सञ्चारमाध्यमको स्वतन्त्रताको स्तर पनि पछिल्ला वर्षमा खस्कँदै गएको प्रतिवेदनले देखाएको छ। सन् २००७ र २०१४ मा विभिन्न ८ देशमा गरिएको सर्वेक्षणअनुसार अधिकांश देशमा सञ्चारमाध्यम स्वतन्त्र हुन्छ भन्ने मान्यता राख्नेहरूको संख्या घट्दो छ। ‘सञ्चारमाध्यमले समाचारलाई सटिक, सही र निष्पक्ष प्रस्तुत गर्छन्' भन्ठान्नेहरूको संख्या यो सात वर्षमा ५९ प्रतिशतबाट घटेर ४० प्रतिशतमा आइपुगेको छ।
सञ्चारमाध्यमले सबभन्दा बढी केन्यामा विश्वास गुमाएको छ। त्यहाँ ३० प्रतिशतले मात्र सञ्चारमाध्यमलाई निष्पक्ष मान्दछन्। यसैगरी भारतमा २३ र रुसमा २० प्रतिशतले सञ्चारमाध्यम स्वतन्त्र रहेको पत्याउँछन्।
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन...

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि...

मोजिला सिइओले पद त्यागे

मोजिला सिइओले पद त्यागे

समलिङ्गी विवाहका पक्षधरको चर्को आलोचनाका कारण मोजिला फायरफक्सका प्रमुख कार्यकारी (सिइओ) ब्रेण्डन एइचले पदबाट राजिनामा दिएका छन्। समलिङ्गी विवाह विरोधी उनी एक महिना अघि वेब ब्राउजर फायरफक्सको सिइओ नियुक्त भएका...

स्मार्टफोन 'आँखाको दुश्मन'

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।

एन्ड्रोइड हातेघडी

एन्ड्रोइड हातेघडी

गुगलले यसै साता स्मार्ट हातेघडी सार्वजनिक गरेको छ। सर्च इन्जिनमा एकलौटी बजार ओगटेको गुगलले हार्डवेयरमा पनि आफ्नो उपस्थिति बलियो बनाउन यो ग्याजेटलाई महत्वका साथ हेरेको छ। गुगलले हातेघडी सार्वजनिक गर्नुको...

एलजीको नयाँ स्मार्ट फोन आयो

एलजीको नयाँ स्मार्ट फोन आयो

काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।

फेसबुकको १० वर्षे यात्रा

फेसबुकको १० वर्षे यात्रा

सामाजिक सञ्जालबाट सञ्चारको परम्परागत परिभाषालाई चुनौती दिन सफल फेसबुक यसै सातादेखि १० वर्षको हुँदै छ। एकतर्फी सञ्चार प्रणालीमा रहेका आमसञ्चारका माध्यमलाई पछाडि छोड्दै यो सामाजिक सञ्जालले नयाँ मोडल नै तयार...