Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

  • बिहीबार ८ फागुन, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(0 votes)
उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग
जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार र निरंकुश दमन गरेकोेमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उभ्याउन आग्रह गरेकी हुन्। 


राष्ट्र संघीय मानव अधिकार निकायले उत्तर कोरियामा मानव अधिकारको स्थितिबारे गरेको अनुसन्धान प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो। राष्ट्र संघीय निकायले एक वर्ष लगाएर प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदन सार्वजनिक भएपछि आफ्नै नागरिकमाथि मानव अधिकारविरुद्धका जघन्य अपराध गरेको भन्दै पिल्लेले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय अदालतबाट दण्ड दिन आग्रह गरेकी हुन्।
राष्ट्रसंघीय अनुसन्धानकर्ताका अनुसार नागरिकलाई नाजी शैलीमा दिइएका अमानवीय यातना, खान नदिइ कैद गरेको र हत्याका लागि उत्तर कोरियाका उच्च अधिकारीमाथि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन सकिन्छ। राष्ट्रसंघीय अधिकारीले मानव अधिकार उल्लंघनका जघन्य अपराधका लागि उत्तर कोरियाली सुरक्षा निकायका प्रमुखसहित प्रमुख नेता किम जोङ उनविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन्।
पिल्लेले विज्ञप्ति जारी गर्दै प्रतिवेदनबारे गम्भीर हुन र उत्तर कोरियाविरुद्ध कारबाही गर्न सशक्त अन्तर्राष्ट्रिय नेतृŒवको खाँचो औंल्याइन्। प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्न र अपराधको दण्ड दिन अन्तर्राष्ट्रिय समुदाय दृढतापूर्वक लाग्न पनि पिल्लेले आग्रह गरेकी छन्। 
माइकल कर्बी नेतृत्वको राष्ट्रसंघका स्वतन्त्र अनुसन्धान समूहले उत्तर कोरियामा भइरहेको मानवअधिकार हननका जघन्य अपराधका लागि हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन वा बेग्लै विशेष अदालत गठन गर्न सुझाव दिएको छ। 
अनुसन्धानकर्ता समूहले उत्तर कोरियाका निजामती र सैनिक अधिकारीमाथि यस्ता अपराध गरेकोमा प्रतिबन्ध लगाउनसमेत सुझाव दिएको छ। अणु बम निर्माण गर्न लागेको आशंकामा राष्ट्रसंघले पहिले नै उत्तर कोरियामाथि आर्थिक नाकाबन्दी गरेको छ।
चीनद्वारा संलग्नता अस्विकार
यसैबीच चीनले भने उत्तर कोरियामा मानवअधिकार हनन अपराधबारे राष्ट्रसंघीय प्रतिवेदनलाई 'झूठको पुलिन्दा' भएको मंगलबारै प्रतिक्रिया दिएको छ। साथै चीनले सुरक्षा परिषदमा उत्तर कोरियाविरुद्ध ल्याइने कुनै पनि कारबाहीमाथि भिटो लगाउने चेतावनीसमेत दिएको छ।
विशेषज्ञको एउटा समूहले भने नागरिक दमन र यातनामा उत्तर कोरियालाई चीनले सहयोग गरेको हुनसक्ने आशंका गरेका छन्। उनीहरूले आफ्नो देशबाट भाग्नेलाई चीनले समातेर उत्तर कोरिया सुपुर्दगी गरेको बताएका छन्। 
तर चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले त्यस्ता भगौडाहरू अवैध आप्रवासी भएको बताइन्। प्रवक्ता चुन्यिङले उत्तर कोरियामा हुने मानव अधिकार हननका घटनामा चीनको कुनै संलग्नता नरहेको दाबीसमेत गरिन्। 
राष्ट्रसंघको ४७ सदस्यीय मानव अधिकार समितिले उत्तर कोरियामा भइरहेका मानव अधिकार हननका घटनाबारे एक वर्षयता छानबिन थालेको थियो। अमेरिकाले जापान, युरोपेली संघ र दक्षिण कोरियासँग मिलेर छानबिन समितिलाई सहप्रायोजन गरेको थियो। 
अमेरिकाको गृह मन्त्रालयले भने प्रतिवेदनको अध्ययनपछि सहयोगी राष्ट्रसँग छलफल गरिने जनाएको छ। राष्ट्रसंघीय प्रतिवेदनले उत्तर कोरियामा सरकारी संयन्त्रद्वारा नागरिकलाई चरणबद्ध रुपमा यातना दिने प्रणाली नै विकास गरेको सबुत प्रमाण फेला परेको उल्लेख गरेको छ।

राष्ट्रसंघीय छानबिन प्रतिवेदनका केही बुँदा

– उत्तर कोरियामा अभिव्यक्तिको स्वतन्त्रता र धार्मिक स्वतन्त्रता कुण्ठित छ। 
– नागरिकमाथि सरकारी विभेद छ। सरकारले नै नागरिकको श्रेणी विभाजन गरी अधिकारमा पनि विभेद गरेको छ। 
– सरकार महिलाविरुद्ध चर्को सामाजिक विभेद गर्छ।
– सरकारले सर्वसाधारण नियन्त्रण गर्ने हतियारको रुपमा खाद्यान्नको उपयोग गरेको। विरोधी विचारधाराका हजारौं सर्वसाधारणलाई खानै नदिई मर्न बाध्य बनाएको।
– ५० वर्षयता जेलमा थुनिएका राजनीतिक बन्दीलाई अमानवीय यातना दिएर मारेको।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...