Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

बेपत्ता यात्रुका परिवार आक्रोशित

(0 votes)
बेपत्ता यात्रुका परिवार आक्रोशित
बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।
मलेसियाले जहाजबारे गलत जानकारी दिएर अन्धकारमा राखेको भन्दै आक्रोशित परिवारले राजधानी बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो। मलेसियाका प्रधानमन्त्री नजिब रजाकले सोमबार जानकारी दिँदै बेपत्ता जहाज हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताएपछि यात्रुका परिवार आक्रोशित भएका हुन्। प्रधानमन्त्री रजाकले सबै भूउपग्रह र राडारबाट प्राप्त तथ्यांकका आधारमा हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा बेपत्ता जहाजले आफ्नो यात्रा टुंग्याएको संकेत गरेको जानकारी क्वालालम्पुरमा दिएका थिए। 
चीन बेपत्ता जहाजको यात्रा सुदूर जल क्षेत्रमा टुंगिएको वा भूउपग्रहका तस्बिरमा देखिएका वस्तु जहाजका अवशेष नै हुन् भन्ने निश्चित गर्न नसकिएकाले रजाकको भनाइसँग असन्तुष्ट छ। चीनले जहाजबारे मलेसियाली प्रधानमन्त्रीको निकर्यौल आधारित सबै तथ्यांक मागेको छ। 
बेपत्ता जहाजका सम्भावित अवशेष देखिएको क्षेत्रमा खराब मौसमका कारण खोजी कार्य स्थगन गरिएको छ। अस्ट्रेलियाली जल सेनाको नेतृत्वमा पर्थबाट करिब २५ सय किलोमिटर दक्षिण पश्चिम जल क्षेत्रमा सम्भावित अवशेषको खोजी भइरहेको छ। 
बेपत्ता जहाजका १५३ जना यात्रुका परिवारले बेइजिङमा विज्ञप्ति जारि गर्दै मलेरियामाथि खोजीमा ढिलाइ, जानकारी तोडमरोड र सत्यतथ्य लुकाएको आरोप लगाएका छन्। बेपत्ता यात्रुका क्रुद्ध परिवारजनले मलेसियाली राजदूतसँग भेट्ने माग गर्दै दूतावासभित्र पस्ने प्रयास गरेका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोकेपछि उनीहरूले पानीका बोतल दूतावासमा फ्याँकेका थिए। 
हिन्द महासागरको दक्षिण पश्चिमी जल क्षेत्रमा सम्भावित अवशेषका धेरै वस्तु देखिए पनि ती बेपत्ता जहाजका अवशेष भएको निश्चित भएको छैन। अस्ट्रेलियाको जल सेनाले खराब मौसमका कारण बेपत्ता जहाजको सम्भावित अवशेष खोजी कार्य जोखिमपूर्ण बनेको भन्दै खोजी स्थगन गरेको मंगलबार जनाएको छ। अवशेष खोजीमा चीनले ६ वटा पानी जहाज पठाएको छ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...