Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

भारतमा लोकसभा चुनाव सोमबारदेखि

(0 votes)
भारतको पुरीस्थित समुन्द्री तटमा बनाइएको बालुवाटो चित्र। तस्बिर : एपी भारतको पुरीस्थित समुन्द्री तटमा बनाइएको बालुवाटो चित्र। तस्बिर : एपी
काठमाडौं– भारतमा लोकसभाका लागि आम चुनाव चैत २४ गते सोमबारदेखि सुरु हुँदैछ। चुनाव आयोगले १६औं लोकसभाका लागि नौ चरणमा चुनाव गराउँदैछ। लोकसभाका लागि चैत २४ गते सुरु चुनाव पाँच सातामा सकिनेछ। आन्ध्र प्रदेश, उडिसा र सिक्किममा भने लोकसभासँगै विधानसभाको पनि चुनाव हुनेछ। मत गणना भने चुनाव सकिएको ९ दिनपछि मात्र हुनेछ।


चुनाव आयोगले यसपल्ट भारतमा ८१ करोडभन्दा बढी मतदाता रहेको जनाएको छ। आयोगका अनुसार गएको आम चुनावभन्दा यसपल्ट १० करोड मतदाता बढी छन्। भारतको पहिलो आम चुनावमा कुल १७.६ करोड मतदाता थिए। आयोगका अनुसार आम चुनावमा ९ लाख ३० हजार मतदान केन्द्र स्थापना गरिको छ। गएको आम चुनावमा भने ८ लाख ३० हजार मतदान केन्द्र थिए। चुनावमा १ करोड १० लाख सुरक्षाकर्मी परिचालन गरिने आयोगले जानकारी दिएको छ।
आचार संहितामा नयाँ व्यवस्था
आयोगले यसपल्टको चुनाव आचार संहितामा केही नयाँ व्यवस्था लागु गरेको छ। निष्पक्ष र स्वतन्त्र चुनाव सुनिश्चित गर्न कैयौं उपाय अपनाइएको पनि आयोगले जनाएको छ। 
आयोगले लोकसभाको चुनाव प्रचारका लागि एक जना उम्मेदवारले भारतीय रुपैयाँ ७० लाखसम्म खर्च गर्नसक्ने सीमा तोकेको छ। यसअघि भने चुनाव प्रचारमा ४० लाखसम्म मात्र खर्च गर्न पाइन्थ्यो। 
यसपल्ट मतदाताले 'कुनै पनि उम्मेदवार मन परेन' भन्ने विकल्प छान्न सक्नेछन्। गएको विधानसभा चुनावमा भोटिङ मेसिनमा यो प्रावधान लागु गरिएको थियो।
भारतको तल्लो सदन लोकसभामा कुल ५ सय ४३ सदस्य हुन्छन्। कुनै पनि राजनीतिक दलले केन्द्रमा सरकार गठन गर्न कम्तिमा पनि २ सय ७२ सांसदको समर्थन चाहिन्छ।

आचार संहिताका प्रावधान

आम चुनावको कार्यक्रम घोषणासँगै चुनाव आयोगले यसपल्ट त्यहाँ केही विशेष प्रावधान लागु गरेको थियो। 
– लोकसभा चुनावको मतदाता सूचीमा मतदाताको तस्बिर पनि छ। आयोगले सबै राज्य र केन्द्र शासित प्रदेशमा तस्बिरसहितको मतदाता सूची पठाएको छ। 
– चुनावका महत्वपूर्ण अवसरको भिडियोसमेत खिचिने भएको छ। उम्मेदवारी दर्ता, छानबिन, चुनाव चिन्ह वितरणलगायत कार्यको भिडियो छायांकन गरिएको छ। 
– भिडियोको सिडी कपि उपलब्ध हुनेछ र जो सुकैले पनि किन्न सक्नेछ। मतकेन्द्रमा आवश्यक डिजिटल क्यामेरा र जनशक्तिको सुनिश्चितता गर्ने जिम्मा जिल्ला निर्वाचन अधिकारीमाथि छ।
– सबै उम्मेदवारले चुनाव खर्चका लागि बेग्लै बैंक खाता खोल्नुपर्छ। चुनाव प्रचारमा हुने सबै खर्च त्यही खाताबाट भुक्तानी गर्नुपर्छ।
– सबै राजनीतिक दलले आफ्ना उम्मेदवारले गरेका चुनाव खर्चको दैनिक विवरण राख्नु पर्छ। सबै दलले लोकसभा चुनाव सकिएको ९० दिनभित्र र विधानसभा चुनाव सकिएको ७५ दिनभित्र चुनाव खर्चको विवरण आयोगमा पेस गर्नुपर्ने छ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...