Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

विश्व

भारतमा आमनिर्वाचन आजबाट

  • सोमबार २४ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
भारतको आसाममा विद्युतीय भोटिङ मेसिन ल्याउँदै गरेका निर्वाचनमा खटिएका कर्मचारी। तस्बिर : एपी भारतको आसाममा विद्युतीय भोटिङ मेसिन ल्याउँदै गरेका निर्वाचनमा खटिएका कर्मचारी। तस्बिर : एपी
नयाँ दिल्ली- पछिल्लो एक दशककै कम आर्थिक वृद्धिदर र अर्बौं रकमको भ्रष्टाचार काण्ड पर्दाफास भइरहेका बेला विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतमा सोमबारबाट संसदीय निर्वाचन सुरु हुँदैछ। भारतीय संसदको तल्लो सदन लोकसभाका लागि नौ चरणमा पाँच सातासम्म हुने निर्वाचनले त्यहाँको आगामी सरकार कसको नेतृत्वमा कुन दलले हाँक्ने टुंगो लगाउनेछ। पहिलो चरणमा सोमबार आसाम र त्रिपुरा राज्यका ६ क्षेत्रमा चुनाव हुँदैछ।

यसपल्टको चुनावमा ८१ करोड ५० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ। निरक्षर गाउँले र सहरका सुकुम्बासीदेखि आर्थिक राजधानी मुम्बईका अर्बपतिसम्मले नयाँ सरकार छान्न समान स्तरमा मतदान गर्ने हुँदा भारतको संसदीय निर्वाचन संसारकै लागि चासोको विषय बन्ने गर्छ। यी दुवै तहका मतदाताका लागि भारतले हासिल गरेको आर्थिक फड्को मात्र भोट हाल्ने आधार हुने छैन, पछिल्ला वर्षहरूमा गुमेको आर्थिक चमक, बढ्दो गरिबी र बेरोजगारीले पनि निर्वाचन परिणाम प्रभावित पार्नेछ।
भारतीय निर्वाचन यस्तो बेला हुँदैछ, जब समग्र अर्थतन्त्रको विकास मापन गर्ने परिसूचक कुनै समयको दोहोरो अंकबाट ५ प्रतिशतमा खुम्चिएको छ। भारतजस्तो विशाल अर्थतन्त्रलाई अहिलेकै दरमा समृद्ध राख्न यति थोरै आर्थिक वृद्धिले थेग्न सक्दैन। प्रत्येक वर्ष श्रम बजारमा भित्रिने करोडौं नयाँ युवाशक्तिलाई रोजगारको अवसर उपलब्ध गराउन यो पर्याप्त छैन। आर्थिक सुधार प्रक्रिया केही समययता अवरुद्ध छ। सडक पहुँच र बिजुलीको सुविधा विस्तार हुन सकेको छैन। सहरी क्षेत्रमा समृद्धिको चमक देखिन्छ भने ग्रामीण क्षेत्र विपन्नताको अन्धकारमै छ। धनी र गरिबबीचको खाडल पुर्न कंग्रेस सरकार असफल रहेको आरोप छ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएपश्चात् धेरै समय भारतको सत्ता सम्हालेको कंग्रेस नेतृत्व कमजोर देखिनुको अर्को महŒवपूर्ण कारण भ्रष्टाचार हो। राजनीति र प्रशासनतन्त्रको मिलिभगतमा ४ खर्बदेखि १२ खर्ब रुपैयाँसम्मको भ्रष्टाचार गरिएको आरोप कंग्रेस सरकारले झेलिरहेको छ। कंग्रेस नेतृत्वको गठबन्धन सरकार कोइला खानी वितरणदेखि रेल्वे, भिआइपीका लागि हेलिकोप्टर खरिद, टुजी स्पेक्ट्रम र सिबिआई प्रतिवेदन फेरबदलजस्ता अनेकौं काण्डमा मुछिएको छ। यसले कंग्रेसको राजनीतिक लोकप्रियता गुमेको छ। कंग्रेस नेता र मन्त्री भ्रष्टाचारका पर्यायझैं बनेका छन्। भ्रष्टाचारकै कारण कंग्रेसले केही राज्यको विधानसभा चुनावमा समेत हार खानुपर्योट। 
सुस्त आर्थिक चाल र भ्रष्टाचारको तीव्र रफ्तार नै कंग्रेसको निम्ति सबभन्दा घातक रहेको विश्लेषकहरूले बताउँदै आएका छन्। भ्रष्टाचारकै मुद्दा समातेर दिल्ली राजनीतिमा उदाएको आम आदमी पार्टी (आप) का अरविन्द केजरीवालको लोकप्रियता अर्को ठूलो चुनौती हो। यसको सिधा लाभ भारतीय जनता पार्टी (भाजपा) लाई हुनेछ, जसले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई आफ्नो भावी प्रधानमन्त्री उम्मेदवारका रूपमा खडा गरेको छ। उनको विपक्षमा रहेका कंग्रेसका सम्भावित प्रधानमन्त्री उम्मेदवार राहुल गान्धी युवा पुस्तामाझ लोकप्रिय नेता हुन्। उनी उत्तर प्रदेशको अमेठी चुनाव क्षेत्रबाट उम्मेदवार छन्। मोदीले आफ्नो चुनाव क्षेत्र गान्धीनगर भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीको जिम्मा लगाएर गुजरातको बडोदरा र उत्तर प्रदेशको पुरानो सहर काशीबाट उम्मेदवारी दिएका छन्।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुका पनाति राहुलले राजनीति विरासतमै पाएका छन्। कुनै बेला चिया पसल चलाएर बस्ने मोदी भने आफ्नो क्षमता र उच्च महत्वाकांक्षाकै कारण देशका प्रथम पुरुषको दाबेदारीसम्म आइपुगेका हुन्। उनले आफ्नो कार्यकालमा समृद्धिको शिखरमा पुगेको गुजरातलाई चुनावी पृष्ठभूमि बनाइरहेका छन्। अर्कातिर, राहुल उज्ज्वल भविष्यको सपना देखाउन सक्छन्, बाचा गर्न सक्छन्, तर भ्रष्टाचार र शिथिल अर्थतन्त्रको बोझले उनलाई थिचेको छ।
यति हुँदाहुँदै संसारकै ठूलो लोकतन्त्र भारतको प्रधानमन्त्री हुनलाई मोदी विवादरहित र निष्कलंक उम्मेदवार भने हैनन्।
कट्टरपन्थी हिन्दुवादलाई बढावा दिएको र गुजरातमा साम्प्रदायिक दंगा फैलाएको आरोपमा मुछिएका मोदीलाई लोकतान्त्रिक भारतका अनुदार नेताका रूपमा लिइन्छ। त्यही भएर संसारकै एक प्रतिष्ठित अंग्रेजी पत्रिका 'द इकोनोमिस्ट' ले आफ्नो पछिल्लो अंकमा लेखेको छ, 'मोदी भारतका नयाँ प्रधानमन्त्री हुनसक्छन्, तर यसको मतलब उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन।'
छ महिनाअघि इकोनोमिस्टले गुजरातको आर्थिक विकासकै आधारमा मोदीलाई 'शंकाको लाभ' दिँदै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। यसको निम्ति निर्वाचनको दिनसम्म उनले आफ्नो धार्मिक कट्टरवादी छवि परिवर्तन गर्नुपर्ने सर्त राखिएको थियो।
इकोनोमिस्टले लेखेको छ, 'मोदीका धेरै काम प्रशंसनीय भए पनि उनलाई भारतको प्रधानमन्त्रीका रूपमा समर्थन गर्न सकिँदैन।'

कलंकित अतीत

मोदीको वर्तमानसँग गुजरातको आर्थिक चमकदमक गाँसिएको छ भने उनको अतीतसँग सन् २००२ को कहालीलाग्दो धार्मिक दंगा जोडिएको छ।
हिन्दु र मुस्लिमबीचको उक्त धार्मिक दंगामा झन्डै हजारजना मारिएका थिए। मारिनेमा मुस्लिमको संख्या बढी थियो। मुस्लिम कट्टरपन्थीहरूले रेल्वे डब्बामा आक्रमण गरी ५९ हिन्दु तीर्थयात्रीलाई मारेको आरोपमा प्रतिशोधस्वरुप अहमदाबाद लगायत छेउछाउका गाउँ–सहरमा साम्प्रदायिक दंगा भड्किएको थियो। रेल्वे डब्बामा आक्रमण गर्नेहरू अझै किटान भने भएका छैनन्। त्यतिबेला गुजरातका मुख्यमन्त्री मोदी नै थिए। त्यो नरसंहारलाई बढावा दिएको मात्र होइन, त्यसलाई निस्तेज पार्न निस्त्रि्कय बसेको आरोप पनि मोदीमाथि छ।
उनले सन् १९९० मा हिन्दुहरूको धार्मिक तीर्थस्थल अयोध्यामा र्यादली आयोजना गर्न भूमिका खेलेका थिए। त्यसैको परिणामस्वरुप दुई वर्षपछि दुई हजारभन्दा बढीको ज्यान जानेगरी हिन्दु–मुस्लिम दंगा भड्कियो। हिन्दु राष्ट्रवादी समूह राष्ट्रिय स्वयंसेवक संघका आजीवन सदस्य मोदीले आफ्नो राजनीतिक करिअरको सुरुमा हिन्दुलाई मुस्लिम सम्प्रदायविरुद्ध एकजुट हुन आह्वान गर्दै भाषणसमेत दिएका थिए। उनले हिन्दु राष्ट्रवादको प्रचारकका रूपमा राजनीतिक करिअर थालेका हुन्। उनी कुशल संगठक भए पनि आफ्ना विरोधीहरूलाई कहिल्यै क्षमा नगर्ने र सम्भव भएसम्म निमिट्यान्न पार्ने स्वभावका छन्।
मोदीका अनुयायी र पक्षपाति भने यसमा सहमत छैनन्। खासगरी उद्योग व्यवसाय क्षेत्रमा मोदीप्रति उच्च समर्थन छ। उनले निजी क्षेत्रको लगानीलाई खुला हृदयले स्वागत गरेका कारण धेरै उद्योगपति मोदीका प्रशसंक छन्। इकोनोमिस्टका अनुसार उनीहरूले मोदीका पक्षमा मुख्तया दुइटा कुरा उठाएका छन्। एउटा, गुजरात काण्डमा पटकपटक भएका छानबिन र खासगरी सर्वोच्च अदालतले समेत मोदीको हात रहेको अस्वीकार गरेको छ। दोस्रो, मोदीमा सैद्धान्तिक तथा व्यवहारिक रूपमा समेत ठूलो बद्लाव आएको उनीहरू बताउँछन्।
'मोदी लगानी आकर्षित गर्न रातदिन अथक रूपमा खटिन्छन् र त्यो लगानीले हिन्दु र मुस्लिम दुवै समुदायलाई बराबर हित गर्छ भन्ने उनका समर्थकहरूको तर्क छ,' इकोनोमिस्टले लेखेको छ, 'प्रचुर लगानी र आर्थिक वृद्धिबाट देशभरका गरिब मुस्लिमसमेत लाभान्वित हुनेछन् भन्ने उनीहरूको धारणा रहेको पाइन्छ।'
यी दुवै तर्क चाहिनेभन्दा बढी सकारात्मक र उदार भएको इकोनोमिस्टको भनाइ छ।
'दंगा छानबिन अनिर्णित हुनुको एउटा कारण के हो भने त्यस क्रममा भएका थुप्रै प्रमाण हराए वा नियतवश नष्ट गरिए,' इकोनोमिस्ट भन्छ, 'यदि २००२ काण्डका तथ्यहरू धूमिल छन् भने मोदीले त्यसबारे व्यक्त गर्ने विचार पनि धूमिल नै छन्। उनी गुजरात दंगामा के भएको थियो भनेर खुलासा गर्दैनन्। न त्यसमा आत्मालोचना नै गर्न चाहन्छन्। उल्टो त्यसबारे सोधिने प्रश्नको जवाफ दिन अस्वीकार गर्छन्।'
गत वर्षको एउटा टिप्पणीले पनि उनको छविमा प्रश्न खडा गरेको छ। उनले भनेका थिए, 'हिन्दुहरू मुस्लिम मारिँदा मात्र होइन, सडकमा कारले कुल्चेर कुकुर मारिँदा पनि उत्तिकै मर्माहत हुन्छन्।' यो टिप्पणीको तीव्र आलोचना भएपछि मोदीले सच्याउँदै भन्नुपरेको थियो, 'हिन्दुहरूलाई सबैको उत्तिकै माया छ भन्ने मेरो आसय हो।'
अन्य भाजपा नेताभन्दा विपरीत व्यवहार प्रदर्शन गर्दै उनले केहीअघि एउटा कार्यक्रममा मुस्लिम टोपी 'तगिया' पहिरिन नमानेको पनि इकोनोमिस्टले लेखेको छ। 'उत्तर प्रदेशमा सन् २०१३ मा भएको एउटा दंगा, जहाँ अधिकतर मुस्लिम मारिएका थिए, त्यसको विरोध गर्न पनि उनी चुके,' इकोनोमिस्टले औंल्याएको छ।
यसपालि भारतको आमचुनावले अन्तर्राष्ट्रिय चासो पाउनुमा एउटा मुख्य कारण मोदी र उनको छविसमेत भएको विश्लेषकहरूको मूल्यांकन छ। चुनाव हुनु ६ दिनअघि मात्र भारतका लागि अमेरिकी राजदूत न्यान्सी जे पावेलले राजीनामा दिनुको पृष्ठभूमि पनि लोकसभा चुनाव नै रहेको विश्लेषण भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरिरहेका छन्। मोदी भारतको प्रधानमन्त्री बन्नसक्ने सम्भावनालाई बेलैमा पहिल्याउन नसक्नु नै पावेलको पदत्यागको कारण बनेको सञ्चारमाध्यमको अनुमान छ। गुजरात दंगामा मुछिएकैले अमेरिकाले मोदीलाई भिसासमेत दिन अस्वीकार गर्दै आएको छ। मोदी प्रधानमन्त्री निर्वाचित भए दुवै देशलाई असहज हुने ठान्दै त्यसअघि नै सौहार्द वातावरण बनोस् भन्ने अभिप्रायले पावेलको राजीनामा आएको बताइन्छ।
मोदीले मुस्लिम समुदायमा छाएको भयलाई शान्त पार्नुको सट्टा उल्टै त्यसलाई बढावा दिने गरेको आरोपसमेत लाग्दै आएको छ। गैरमुस्लिम भोट आकर्षित गर्न उनले त्यो भयलाई मलजल दिँदै आएको विश्लेषण छ।
'भारत विभिन्न किसिमका विश्वास र त्यसलाई अँगाल्ने मान्छेहरूको मिश्रित देश हो, यहाँ सन्त पनि छन्, बागी पनि छन्,' इकोनोमिस्ट लेख्छ, 'यसको ज्वलन्त उदाहरण, स्वर्गीय खुसवन्त सिंह साम्प्रदायिक घृणाको विभत्स रूप र त्यसले दिने घाउबाट राम्ररी परिचित थिए। त्यही भएर मोदीको दिल्लीमा वाहवाही भए पनि उनले ढिलोचाँडो साम्प्रदायिक हिंसा वा पाकिस्तानसँगको संकटको सामना गर्नुपर्नेछ। साम्प्रदायिक विभेदको अतीत बोकेका मोदीले सत्तामा पुगेपछि के गर्नेछन् र त्यसको जवाफ मुस्लिम समुदायले कसरी दिनेछ भन्ने कुरा उनका अनुयायी र समर्थक मात्र होइन, कसैलाई थाहा छैन।'
मोदीले प्रधानमन्त्री बन्न देशमा साम्प्रदायिक विभाजन ल्याउन खोजेको पनि बताइन्छ। इकोनोमिस्ट भन्छ, 'हामीले गान्धी नेतृत्वको कंग्रेस सरकार भारतको निम्ति उत्साहजनक हुने देखेका छैनौं, तर कम जोखिमपूर्ण र कम हानिकारक हुनेचाहिँ पक्कै हो।'
विभिन्न मतसर्वेक्षणहरूले कंग्रेस विजयी हुने सम्भावना एकदमै कम देखाएको भए पनि जितेको अवस्थामा उसले आफूलाई नवीकरण गर्नुका साथै भारतलाई सुधारतर्फ उन्मुख गराउनुपर्ने सुझाव पनि उक्त पत्रिकाले दिएको छ। धेरैको भविष्यवाणीअनुसार भाजपाले नै जितेको अवस्थामा पनि यो गठवन्धनले मोदीको सट्टा उदार छवि भएका व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न सुझाइएको छ।
'मोदी नै प्रधानमन्त्री बनेको खण्डमा उनले हामीलाई गलत साबित गर्दै भारतलाई आधुनिक, इमानदार र स्वच्छ ढंगमा चलाउनेछन् भन्ने आशा गर्छौं। तर, अहिलेका लागि उनलाई अतीतका कसीमा राखेरै हेर्नुपर्छ, जसअनुसार उनी अझै पनि साम्प्रदायिक घृणा र द्वैष फैलाउनमै संलग्न छन्,' इकोनोमिस्टको निष्कर्ष छ, 'यसमा आधुनिक, इमानदार र स्वच्छ भन्ने केही छैन। भारतलाई योभन्दा राम्रो नेतृत्वको खाँचो छ।'
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...