Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

विश्व

कारबाहीमा २९ तालिवानको मृत्यु

(0 votes)
काबुल, (एजेन्सी)– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ) ले तालिवानविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा पनि २९ जना तालिवानको मृत्यु भएको समाचार छ।
आइतबार बिहानदेखि सोमबार बिहानसम्म गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीहरूमा अन्य १३ तालिवान घाइते भएको पनि सरकारले जनाएको छ। 

अफगान गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार अफगानिस्तानको सुरक्षा निकाय र नेटो सैनिकले कुन्दुज, फार्याब र घोर प्रान्तमा सो कारबाही गरेका थिए। 

उक्त कारबाहीका क्रममा २९ जना सशस्त्र हतियारधारी तालिवानको मृत्यु हुनाका साथै १४ घाइते भएको र १४ पक्राउ परेको गृह मन्त्रालयद्वारा जारी गरिएको पछिल्लो विज्ञप्तिमा जानकारी दिइएको छ। 

यस विषयमा करिब एक दशकभन्दा बढी समयदेखि अफगानिस्तानमा युद्धरत तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन्।

यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानको सुरक्षा बलले नै सुरक्षाको जिम्मा लिँदैछ। त्यसैले पनि पछिल्लो समयमा अफगान प्रहरीले नै अफगानिस्तानमा तालिवानविरुद्धको कारबाहीलाई सशक्त बनाइएको बताइएको छ।

यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने नेटो सम्बद्ध देशहरूले जनाएका छन्। सोही कारण पनि त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ। 

अफगानिस्तानमा सेना र नेटोसँगआबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबलले विगत करिब दश वर्षदेखि तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ। 

अफगानिस्तानमा गत शनिबार, अप्रिल ५ मा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ। र सो निर्वाचनमा तालिवानहरूले रक्तपात हुने भनी प्रचार गरे पनि निर्वाचन भने अपेक्षित शान्तिपूर्ण नै भएको बताइएको छ। 

हाल अफगानिस्तानमा ५२ हजारको सङ्ख्यामा नेटो सैनिक रहेका छन्। सन् २०१० मा रहेका एक लाख ३० हजार नेटो सैनिकमा घटेर अहिले ५२ हजारमा झरेको हो।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...