Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

नरेन्द्र मोदीविरुद्ध कंग्रेसका अजय राय

(0 votes)
बनारस– भारतको सत्तारुढ दल कंग्रेसले लोक सभा चुनावमा भाजपाका ‘प्रधानमन्त्री' उम्मेदवार नरेन्द्र मोदीविरुद्ध आफ्ना स्थानीय नेता अजय रायलाई उठाएको छ।
गुजरातका मुख्यमन्त्रीसमेत रहेका मोदी उत्तर प्रदेशको बनारस लोकसभा चुनाव क्षेत्रबाट उम्मेदवार भएका छन्। कंग्रेसका राय त्यहाँका स्थानीय विधायक हुन्। मोदीविरुद्ध आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले पनि बनारसबाट लोक सभा चुनावमा उम्मेदवारी दिएका छन्।
कंग्रेसका राय यसअघि सन् २००९ मा समाजवादी पार्टीबाट लोक सभा चुनावमा उठेका थिए। त्यसबेला रायले करिब १ लाख २५ हजार मत ल्याए पनि तेस्रो स्थानमा रहेका थिए। राय भाजपाका पूर्वनेता हुन्। उनी त्यहाँबाट पाँचपल्ट विधान सभा सदस्यमा विजयी भएका छन्। यसपल्ट मुलायमसिंह यादवको समाजवादी पार्टीले बनारसबाट कैलास चौरसिया र मायावतीको बहुजन समाजवादी पार्टीले विजयप्रकास जायसवाललाई चुनावमा उम्मेदवार बनाएको छ। कौमी एकता दलले भने मुख्तार अन्सारीलाई चुनावी मैदानमा उतारेको छ।
यसअघि सन् २००९ को लोक सभा चुनावमा बनारसबाट भाजपाका मुरलीमनोहर जोसीले जितेका थिए भने बसपाका मुख्ता अन्सारी दोस्रो स्थानमा रहेका थिए। त्यहाँ सन् २००९ मा कंग्रेसले भाजपाका जोसीविरुद्ध पूर्वसांसद राजेस मिश्रालाई उतारेको थियो। लोक सभा चुनावमा उनी चौथो स्थानमा रहेका थिए।

केजरीवाललाई झापड

kajerawaiदिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरबिन्द केजरीवाललाई राजधानीमा एउटा रोड सोका बेला मंगलबार एक जनाले झापड हानेका छन्।
केजरीवाल उत्तर पश्चिम दिल्ली लोक सभा क्षेत्रको सुल्तानपुरी इलाकामा आपका उम्मेदवार राखी बिडलाको समर्थनमा रोड सोमा सामेल भएका बेला उक्त व्यक्तिले झापड हानेको थियो। उक्त व्यक्तिले केजरीवाललाई आफ्नो हातमा बोकेको माला पहिराइदिएको थियो। माला लगाइदिएपछि उक्त व्यक्तिले केजरीवाललाई झापड हानेको थियो।
झापड आक्रमणपछि केजरीवालले सामाजिक सञ्जाल टि्वटरमा लेखे, ‘म विचार गरिरहेको छु कि ममाथि लगातार आक्रमण किन भइरहेको छ? यी आक्रमणको ‘मास्टरमाइन्ड' को हो? ममाथि आक्रमण गरेर उनीहरूले के पाउँछन्?' उनले टि्वट गरेका छन्, ‘के देशका सबै समस्याको समाधान हिंसा नै हो त? उनीहरू मलाई यो ठाउँमा यति बजे आइज भनुन्, म त्यहाँ आफैं जानेछु, त्यसपछि उनीहरू मलाई मन लागेजति कुटपीट गरुन्।'
केजरीवालमाथिको आक्रमणपछि आप समर्थकले आक्रमणकारी समातेर पिटपाट पारेको टेलिभिजन च्यानलको समाचारमा देखिएको थियो। पछि प्रहरीले आक्रमणकारीलाई आप समर्थकको हातबाट छुटाएर बचाउँदै लगेको थियो।
केजरीवालमाथि आक्रमणपछि भाजपा नेता विजय गोयलले आप नेताहरूको ‘कथनी र करनी'मा फरक भएका कारण क्रुद्ध सर्वसाधारण आपको विरोधमा उत्रेको दाबी गरे। उता केन्द्रीय मन्त्री तथा कंग्रेस नेता कपिल सिब्बलले भने लोकतन्त्रमा यस्ता आक्रमणको कुनै ठाउँ नभएको आक्रोस पोखे।
केजरीवालमाथि यसअघि पनि हिसार, दिल्ली र गुजरातमा आक्रमण तथा मसी फ्याँक्नेजस्ता घटना भएका छन्। भाजपाका मोदीविरुद्ध उम्मेदवारी दिन बनारस गएका बेला पनि केजरीवालमाथि अन्डा फ्याँकिएको थियो। बनारसकै बेनियाबागमा भएको जनसभामा केजरीवालमाथि मसी पनि फ्याँकिएको थियो। चार दिनअघि पनि दिल्लीको दक्षिणपुरीको एउटा रोड सोमा एक अपरिचितले केजरीवालमाथि आक्रमण गरेको थियो। केजरीवालले उक्त आक्रमणका लागि भाजपा जिम्मेवार भएको आरोप लगाएका थिए।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...