Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

विश्व

केजरीवालले खाएको झापडको मोल ८५ लाख

(0 votes)
नयाँ दिल्ली, (एजेन्सी)– नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले खाएको झापडको मूल्य ८५ लाख भारतीय रुपैयाँ भन्दा अनौठो लाग्न सक्छ।
पत्याउनुस् नपत्याउनुस्, भारतीय सञ्चारमाध्यमले यस्तै भएको जनाएका छन्। केजरीवालमाथि हुने आक्रमण उनको दल आपका लागि भने फाइदाको व्यापार भएको छ। हरेक पल्ट केजरीवालमाथि भएका आक्रमणपछि पार्टीले पाउने चन्दा रकम ह्वात्तै बढ्ने गरेको छ। मंगलबार पनि यस्तै भयो। राजधानीमा आफ्नै पार्टीकी उम्मेदवार राखी बिडलानको चुनाव प्रचार गर्न रोड सोमा सहभागी भएका केजरीवाललाई एक जना अटोरिक्सा चालकले झापड हाने। केजरीवालले झापड खाएपछि त्यस दिन पार्टीले ८५ लाख रुपैयाँ चन्दा पायो। पार्टीको चन्दा संकलनको अर्थमा केजरीवालले खाएको झापडको मुल्य ८५ लाख रुपैयाँ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर चन्दा संकलनमा आएको बढोत्तरीपछि पनि आपले चन्दा संकलनको लक्ष्य पुरा गर्न सकेको छैन। पार्टीले सन् २०१२ डिसेम्बरपछि अहिलेसम्म १ सय ११ देशबाट ८६ हजार ६ सय ४९ जनाबाट जम्मा २४.५३ करोड रुपैयाँ मात्र चन्दा पाएको छ। पार्टीले अहिले भइरहेको लोकसभा चुनावमा सय करोड रुपैयाँ चन्दा संकलनको लक्ष्य राखेको थियो।
दुई महिनायता चुनाव प्रचारका क्रममा केजरीवालमाथि भारतभर मसी, अन्डा, मुक्का र झापड प्रहार भएको छ। हरियाणाको रोहतकमा उनको गर्दनमा प्रहार भएको दिन पार्टीले ४२ लाख चन्दा पाएको थियो। दक्षिण दिल्लीको दक्षिणपुरीमा एक साताअघि केजरीवाललाई मुक्का र झापड हानेको दिन पार्टीले अनलाइन नै १.३५ करोड रुपैयाँ चन्दा पायो।
यस्तै मार्च २५ मा बनारसको चुनावी सभामा केजरीवालमाथि अन्डा र मसी हानेको दिन आपले ४८ लाख रुपैयाँ चन्दा पाएको थियो। आप नेताले समेत केजरीवालमाथि मंगलबार भएको आक्रमणपछि पार्टीको वेबसाइटमा ट्राफिक अत्यधिक बढेको बताएका छन्। अहमदाबादमा केजरीवालमाथि आक्रमण भएको दिन भने पार्टीले जम्मा १३ लाख रुपैयाँ मात्र चन्दा पाएको थियो।
पार्टीले थोरै चन्दा पाएका कारण नेताहरू चिन्तित भएको सञ्चारमाध्यमले जनाएका छन्। दिल्ली विधानसभा चुनावताका भने २० करोड रुपैयाँ चन्दा पाएपछि पार्टीले नै चन्दा नदिन सर्वसाधारणसँग आग्रह गरेको थियो।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...