Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

विश्व

माओवादी आक्रमणमा १५ जना मारिए

(0 votes)
रायपुर (छत्तिसगढ), (एजेन्सी)– भारतमा संसदको तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावका बेला शनिबार छत्तिसगढ राज्यमा भएका दुई माओवादी आक्रमणमा १५ जना मारिएका छन्।
माओवादीले पहिलो आक्रमण बिजापुर जिल्लामा निर्वाचन अधिकारीको समूहमाथि गरेको थियो। आक्रमणमा सात जना मारिएका छन्। माओवादीले दोस्रो आक्रमण बस्तरको दरभानजिक स्वास्थ्य विभागको एम्बुलेन्समा गरेका थिए। आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बलका ६ जवानसहित ८ जना मारिएका छन्। 
प्रहरी प्रवक्ता दिपांसु काबराले बिजापुर जिल्लाको कुटरु थानाअन्तर्गत केतुलनार गाउँनजिकै बसमा फर्किरहेको निर्वाचन टोली बम विस्फोटमा परेको बताए। काबराका अनुसार गाउँ छेउको तलाउनजिक माओवादीले राखेको बम विस्फोटमा निर्वाचन टोली परेको थियो। उनले विस्फोटमा सात जना मारिएको र केही घाइते भएको जानकारी दिए। 
अर्को घटना दरभानजिक तामनारमा स्वास्थ्य विभागको एम्बुलेन्समा माओवादीले आक्रमण गर्दा केन्द्रीय प्रहरी बलमा ६ जवानसहित ८ जना मारिएका हुन्। प्रहरीले कांगेर नेसनल पार्कसँग जोडिएको राष्ट्रिय राजमार्गमा खाली आउँदै गरेको एम्बुलेन्समा प्रहरी बलले लिफ्ट लिएर चढेका थिए। १० जना चढेको एम्बुलेन्स दरभाबाट जगदलपुरतर्फ मोडिनासाथ बारुदी सुरुङको चपेटामा परेको थियो। प्रहरीले सडकमा माओवादीद्वारा पहिले नै बारुदी सुरुङ बिछ्याएको आशंका गरेको छ। शक्तिशाली विस्फोटमा एम्बुलेन्स पुरै ध्वस्त भएको छ। ६ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो। विस्फोटमा प्रहरीका अलावा एम्बुलेन्समा रहेका एक जना प्राविधिक र चालकको पनि मृत्यु भएको छ। विस्फोटबाट एम्बुलेन्सको इन्जिन १५ मिटर पर उछिट्टिएको थियो।
बस्तरमा बिहीबार मतदान भएको थियो। मतदानका क्रममा सात ठाउँमा माओवादीले गोलीबारी गरेका थिए र केही ठाउँमा विस्फोट गराएका थिए। माओवादी विस्फोटमा केही व्यक्ति घाइते भएका थिए।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...