Monday 23 Mangshir, 2076 | December 09, 2019
Menu

विश्व

कास्मिरको आक्रमणमा चारको मृत्यु

(0 votes)
श्रीनगर (भारत), (एजेन्सी)– भारतसमर्थक कास्मिरका राजनीतिज्ञ यावर मसुदको घरमा लडाकुले आइतबार गरेको आक्रमणमा दुई सुरक्षाकर्मी मारिएका छन्।
लडाकुको आक्रमणमा कास्मिरको नेसनल कंग्रेस पार्टीका नेता मसुदको घरमा सुरक्षा दिइरहेका दुई प्रहरी मारिएका हुन्। तर मसुद भने आक्रमणबाट जोगिन सफल भएको सञ्चारमाध्यमले जनाएका छन्। कास्मिरको प्रमुख नगर श्रीनगरबाट २५ किलोमिटर दक्षिणस्थित मसुदको घरमा दुई जना विद्रोहीले गोली प्रहार गरेका थिए।
लडाकुको आक्रमण जवाफमा भारतीय सुरक्षाकर्मीले जबाफी हमला गर्दा दुई लडाकु मारिएको प्रहरीले जानकारी दिएको छ। नेसनल कंग्रेसका युवा नेता मसुद आक्रमणका बेला घरैमा रहे पनि उनलाई कुनै चोट नलागेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 
मसुद रहेको पार्टी नेसनल कंग्रेस कास्मिरमा सत्तारुढ छ। स्थानीय नेता तथा पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाका छोरा उमर अब्दुल्ला अहिले कास्मिरका मुख्यमन्त्री छन्। एक प्रहरी अधिकारीले दुई प्रहरीको अस्पताल पुर्या्उनुअघि नै मृत्यु भएको जानकारी दिए। लडाकुले प्रहरीको हतियार लुटेर भागेको र सेनाले लखेटेर उनीहरूले लिएको हतियार फिर्ता ल्याएको एक जना सरकारी अधिकारीले बताए।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...