Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

विश्व

मोदीले राज्यशक्ति दुरुपयोग गरे : राहुल

  • मङ्गलबार २ बैशाख, २०७१
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
मोदीले राज्यशक्ति दुरुपयोग गरे : राहुल
नयाँ दिल्ली– सत्तारुढ दल कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले सोमबार नरेन्द्र मोदीमाथि राज्यको शक्ति महिलाको टेलिफोन टेप गर्नमा दुरुपयोग हुने आरोप लगाएका छन्। राहुलले महाराष्ट्रको लातुरमा भएको चुनावी सभामा गुजरातका मुख्यमन्त्री मोदीले राज्य प्रहरीलाई महिलाको फोन टेप गर्न लगाएर शक्ति दुरुपयोग गरेको आरोप लगाएका हुन्। 
विधानसभा चुनाव जितेर मोदी लगातार तेस्रोपल्ट गुजरातका मुख्यमन्त्री बनेका हुन्। मोदीलाई प्रमुख विपक्षी भारतीय जनता पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। 
राहुलले निकै आक्रामक हुँदै भने, 'गुजरातका मुख्यमन्त्रीको शक्ति अर्थात जनताको अख्तियारको प्रयोग एक जना महिलाको टेलिफोन अनुगमन गर्न दुरुपयोग भइरहेकेा छ। मोदीले राज्यको सम्पूर्ण प्रहरीलाई एक जना महिलाको पछाडि परिचालन गरेका छन्, तर राजधानी दिल्लीमा भने मोदी हामी महिलालाई शक्तिशाली बनाउँछौं भनेर भित्तामा पोस्टर टाँस्छन्।' 
उनले भने, 'राजधानीका भित्तामा टाँसिएका भाजपा पोस्टरमा महिलालाई शक्तिशाली बनाउने नारा लेखिए पनि छत्तिसगढमा २० हजार महिला बेपत्ता भएको र बेंगलोरमा महिला पिटिएकोमा मोदी आँखा चिम्लन्छन्।' राहुलले थपे, 'कंग्रेस र भाजपाबीचको अन्तर नै यही हो। कंग्रेस जनताको शक्तिको प्रयोग जनताकै उन्नतिका लागि गर्छ। कंग्रेस महिलालगायत सबैको सम्मान चाहन्छ।'
समान्यतया शालीन रुपमा प्रस्तुत हुने राहुल सोमबार भने विपक्षी दल भाजपा र मोदीप्रति निकै आक्रामक भएका थिए। उनले सर्वसाधारणलाई सूचनाको हक कंग्रेसले नै दिएको र कसैले पनि राज्य सरकारका सबै काम कारबाहीबारे जानकारी लिनसक्ने बताए। उनले लोकपाल विधेयक पनि कंग्रेसले नै ल्याएको दाबी गरे। उनले भाजपाको घोषणापत्रमा एक पंक्तिमात्र लेखेर भ्रष्टाचार नियन्त्रणमा झारा टारेको आरोप लगाए। उनले भने, 'भाजपा भ्रष्टाचार नियन्त्रणका लागि के गर्छ र कस्तो कानुन ल्याउँछ भन्नेबारे उसको घोषणापत्रमा एक पंक्ति भ्रष्टाचारविरुद्ध लडछौं मात्र उल्लेख छ।' राहुलले कंग्रेसको घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका लागि कुन कुन र कस्ता कानुन ल्याउने प्रष्ट उल्लेख गरेको दाबी गरे। राहुलले शनिबार उत्तर प्रदेशको अमेठी लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उनीविरुद्ध अमेठीमा भाजपाले स्मृति इरानी र आम आदमी पार्टीले नेता कुमार विश्वासलाई उठाएका छन्। राहुलले अमेठीबाट सन् २००४ र २००९ मा लोकसभा चुनाव जितेका थिए।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...