Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

रुसले युक्रेन अस्थिर बनाएको आरोप

(0 votes)
रुसले युक्रेन अस्थिर बनाएको आरोप
वासिङटन, (रोयटर्स)– अमेरिकाका विदेशमन्त्री जोन केरीले युक्रेनको पूर्वी भूभागमा भइरहेका विखन्डनवादी अस्थिर गतिविधिमा रुसको हात रहेको आरोप बुधबार लगाएका छन्।
केरीले पूर्वी युक्रेनका डोनेस्क, लुहान्स्क र खार्किभलगायत सहरमा रुस समर्थक पृथकतावादीको भेषमा रुसी गुप्तचर र विशेष दस्ताले देश टुक्र्याउने गतिविधि गरिरहेको आरोप लगाए। केरीले पूर्वी युक्रेनमा मच्चिएको अस्थिरताको मौका छोपी रुस क्रिमियामा जस्तै युक्रेनमा सैनिक हस्तक्षेप गर्ने तयारीमा रहेको समेत केरीले आरोप लगाए। 
डोनेस्क र लुहान्स्कका सरकारी कार्यालय अझै रुस समर्थक सशस्त्र पृथकतावादीको नियन्त्रणमा छन्। खार्किभमा भने मंगलबार राति कारबाही गरी युक्रेनी सुरक्षाकर्मीले सरकारी कार्यालयबाट पृथकतावादी हटाएर आफ्नो नियन्त्रणमा लिएका छन्। 
रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोवले भने अमेरिकी विदेशमन्त्री केरिको आरोप अस्विकार गरेका छन्। उनले रुसी भाषी भूभागका बासिन्दाको हितमा ध्यान दिएमात्र युक्रेनको राजनीतिक संकट समाधान हुने खुलासा गरे। 
युक्रेनको संकट समाधानका लागि अर्को साता अमेरिका, रुस, युरोपेली संघ र युक्रेनबीच मन्त्रीस्तरीय छलफल हुँदैछ। ठाउँको खुलासा नगरिए पनि छलफलमा केरि, लाभ्रोव, युरोपेली संघको विदेश नीति प्रमुख क्याथरिन एस्टन र युक्रेनी विदेशमन्त्री एन्ड्री सहभागी हुनेछन्। 
युक्रेनको राजधानी किभमा गृहमन्त्री आर्सेन अभाकोले पूर्वी युक्रेनको अस्थिरतामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टर यानुकोभिच समूहको षडयन्त्र रहेको आरोप लगाए।
एक जना सरकारी अधिकारीले खार्किभमा पृथकतावादीद्वारा सुरक्षाकर्मीमाथि गोली र ग्रेनेड प्रहार गरिँदा एक जना सुरक्षाकर्मी गम्भीर घाइते भएका र अन्य केहीसमेत घाइते भएका जानकारी दिए।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...