Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

  • बुधबार २८ फागुन, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'
क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।


मलेसियाको वायुसेनाले मंगलबार राजधानीमा बेपत्ता हुनुअघि जहाज निर्धारित मार्ग छोडि पश्चिमतर्फ लागेको जानकारी दिएको हो। राष्ट्रिय ध्वजावाहक मलेसिया वायुसेवाको २ सय ३९ जना सवार बोइङ ७७७–२०० जहाज शनिबार बेइजिङका लागि क्वालालम्पुरबाट उडेको एक घण्टापछि नै बेपत्ता भएको थियो। मलेसिया र भियतनामबीचको समुद्रमा हराएको चार दिनसम्म पनि जहाज फेला परेको छैन। जहाजको खोजीमा ३५ विमानसहित ४० पानिजहाज जुटेका छन्।

मंगलबार जहाजको खोजी गर्ने क्षेत्रको दायरा बढाइएको छ। चोरिएका राहदानी बोकेका जहाजका दुई यात्रु इरानी भएको र आतंकवादीसँग उनीहरूको कुनै सरोकार नभएको सरकारी अधिकारीले मंगलबार जानकारी दिए। तीमध्ये एक जना जर्मनीमा शरण लिन गइरहेको १९ वर्षे इरानी भएको अधिकारीले जानकारी दिए।

जहाज अपहरण भएको वा दुर्घटनाग्रस्त भएको कुनै संकेत पाइएको छैन। समुद्रमा जहाजको कुनै अवशेष पनि फेला परेको छैन। मंगलबार भने मलेसियाली प्रायद्विपको दुवैतर्फ जहाजको खोजी सुरु भएको छ।

'बेपत्तामा आतंकवादी हात छैन'

मलेसियाली जहाज बेपत्ता हुनुमा आतंकवादीको संलग्नता नदेखिएको अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले मंगलबार जनाएको छ।

इन्टरपोलका अनुसार बेपत्ता जहाजमा चोरीको राहदानीमा यात्रारत दुई जनाबारे उनीहरूको पृष्ठभूमी छानबिन गरेको तर आतंकवादी गतिविधिमा उनीहरूको संलग्नता पाइएन। जहाजमा चोरीको राहदानीमा यात्रारत दुई संकास्पद यात्रुको जहाज बेपत्तामा हात रहेको हुनसक्ने अनुमान थियो।

त्यसै आधारमा इन्टरपोलले छानबिन गरेको थियो। छानबिन क्रममा दुवैमध्ये कसैको पनि संलग्नता नपाइएको मंगलबार इन्टरपोल इन्टरपोलका प्रमुख रोनाल्ड के नोवलले जानकारी दिए। जहाज बेपत्ता हुनुमा कुनै आतंकवादीको हात नरहेको नोवलले जनाए।

छानबिनमा कानुनी अड्चन

बेपत्ता जहाजको खोजी कार्य तीव्र भए पनि औपचारिक छानबिन टोली गठनको घोषणा गरिएको छैन। अहिलेसम्म मलेसिया वा चीन कुनै पनि देशले छानबिन टोली गठनको घोषणा गरेको छैन। छानबिन टोली गठनमा कानुनी अड्चन देखिएको छ।

मलेसियाली अधिकारीहरू विदेशी सरकार र एजेन्सीको सहयोगमा अनौपचारिक छानबिन गरिरहेको छ। संयुक्त राष्ट्र संघको नियमअनुसार मलेसियाले औपचारिक छानबिनको घोषणा गर्न सकेको छैन।

जहाज बेपत्ता हुँदाको स्थिति र ठाउँ एकिन नभएका कारण मलेसियासहित कुनै पनि देशले छानबिन गर्न कठिनाइ उत्पन्न भएको हो। जहाज बेपत्ता हुँदा कुन देशको सीमाभित्र थियो सूचना पाउन नसकेका कारण नै छानबिनमा कानुनी अड्चन उब्जेको मलेसियाली अधिकारीले जनाएका छन्। जहाज बेपत्ता भएको ठाउँ टुंगो लाग्न नसकेकाले छानबिन कुन देशले गर्ने भन्ने कानुनी बाधा आएको हो।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...