Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

भाइचुङको राजनीतिक अग्निपरीक्षा

  • बुधबार २८ फागुन, २०७०
  • बेनुपराज भट्टराई
  • DISQUS_COMMENTS
(0 votes)
भाइचुङको राजनीतिक अग्निपरीक्षा
इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।
भाइचुङले भारतीय टोलीबाट एक सय सात अन्तराष्र्ट्रिय प्रतियोगिता खेल्दै ४३ गोल गरिसकेका छन्। उनै भाइचुङ यतिबेला मैदानमैं ओर्लिएका छन् तर फुटवल खेल्न होइन। विपक्षी हराउने दाउमा छन् तर गोलको बर्षा गरेर होइन। यतिबेला उनले टेकेको मैदान फुटवलको होइन, राजनीतिको हो।

भारतीय लोकसभाको चुनावी मैदानमा दार्जिलिङक्षेत्रबाट थुप्रै उम्मेदवार छन्। नेपालीभाषीको संख्या धेरै भएर मात्र होइन, नेपालसँग थुप्रै साइनो र सम्बन्ध जोडिएर पनि दार्जिलिङका लोकसभा उम्मेद्वारले निकै अर्थ राख्छन्। अझ नेपालीभाषीले छुट्टै राज्य 'गोर्खाल्याण्ड'को माग गरिरहेको दार्जिलिङक्षेत्रबाट भारतीय संसदमा प्रतिनिधित्व गर्ने गरी उम्मेद्वारी दिँदा धेरैको चर्चा छ। फुटवलबाट मनग्गे मान, नाम र दामले चुलिएका भाइचुङ दार्जिलिङक्षेत्रका त्यस्तै एक चर्चित युवा उम्मेद्वार हुन्।

फुटवलमा भाइचुङको नाम नसुन्ने नहोलान्। फुटवल खेल्न र हेर्न रुचाउने बच्चादेखि बुढासम्मले उनलाई जान्दछन्। पूर्वमा उनका फ्यान असंख्य छन्। सिक्किमको तिङ्किताममा जन्मेर फुटवलमा पारंगत उनले थुप्रै रेकर्ड राखेका छन्। दक्षिण एसियाकै 'नामी' फुटवलरमा गनिने भाइचुङ यतिबेला राजनीतिक अग्निपरीक्षामा छन्। फुटवलका थुप्रै कठिन परीक्षा उत्तीर्ण उनी राजनीतिमा हुने हुन्, चौतर्फी चासो छ। कोही हार्ने लख काट्दैछन्, कोही जित्ने निश्चित भन्दै उनीसँग नजिकिँदैछन्।

भारतीय फुटवलमा राष्ट्रिय टोलीका लागि सबैभन्दा कम उमेरमा गोल गरेका भाइचुङ यतिबेला दार्जिलिङक्षेत्र घुम्दैछन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी नेतृत्वको तृणमूल कँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उनी गाउँ बस्ती शहर बजार छिचोल्नेक्रममा छन्। मैदानमा फुटवल खेल्न र सिकाउन छोडेर राजनीतिक जोडघटाउमा व्यस्त भाइचुङ विपक्षीको आलोचना गर्दै भोट माग्न भ्याईनभ्याई छन्। १७ अप्रिलमा हुने चुनाव आउन १५ दिन रहँदा उनको आलोचना पनि उत्तिकै सुनिँदैछ।

'खेल मैदानबाट राजनीतिको मैदानमा त्यत्तिकै ओर्लिएको होइन, जित्नैलाई हो' फुटवलका ३८ बर्षे स्ट्राइकर भाइचुङ भन्दैछन्, 'मेरो जितपछि दार्जिलिङ पहाड समुन्नत हुनेछ, विकासको मूल फुट्नेछ।' दार्जिलिङलाई 'सुनको अण्डा पार्ने कुखुरी' संज्ञा दिने बंगालको सत्तारुढ दल तृणमूलकी अध्यक्ष ब्यानर्जीको मन जितेका भाइचुङ अहिले दार्जिलिङवासीको मन उसैगरी जित्ने कसरतमा छन्। तर, फुटवलको जादुमयी कलाले असंख्य फ्यान कमाएका उनले राजनीतिमा लाग्दा त्यो गुमाउने खतरा देखिँदैछ।

बच्चैदेखिको लगाव, लामो अनुभव र दरिलो आत्मविश्वासले भाइचुङलाई फुटवल मैदानमा गोल गर्दै नाम कमाउन जति सजिलो थियो, चुनावी मैदानमा त्यस्तो 'कौशल' देखाएर राजनीतिमा चम्किन थुपै्रखाले तगारा छन्। उनले उम्मेद्वारी दिएको दल तृणमूल 'गोर्खाल्याण्ड' विरोधी पार्टी हो। दार्जिलिङमा विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले सात बर्षदेखि छुट्टै राज्यनिम्ति आन्दोलन हाँकिरहँदा ब्यानर्जीकै अगुवाईमा तृणमूलले 'कुनै हालतमा बंगाल नटुक्रिने' भन्दै कडा विरोध गरेको थियो।

'खेलबाटै सेलिब्रेटी बनेका भाइचुङले तृणमूलको पछि नलागेको भए हुन्थ्यो, हामी उनलाई सहयोग गर्दैनौं' मोर्चा प्रमुख विमल भन्दैछन्, 'गोर्खाल्याण्ड राज्य गठननिम्ति जसले सहयोग गर्छ, उसैलाई दरिलो काँध हालिन्छ।' आफूलाई समर्थन गर्न भाइचुङले गरेको प्रस्ताव एकैपल्टमा लत्याउँदै विमलले भारतीय जनता पार्टीसँगसहकार्य गरिसकेका छन्। त्यतिमात्र होइन, समग्र भारतभर छरिएका गोर्खालीलाई यसपल्टको लोकसभा चुनावमा भाजपाका उम्मेदवारलाई मत गर्न ह्विपै जारी गरिसकेका छन्।

गोर्खाल्याण्ड आन्दोलनक्रममा दार्जिलिङक्षेत्रका ९८ प्रतिशत मानिसको समर्थन पाएको मोर्चाले जसलाई समर्थन गर्‍यो, उसैले लोकसभा चुनाव जित्ने लगभग पक्का छ। अघिल्लो चुनावमा भाजपाकै पुराना नेता जसवन्त सिंहले मोर्चाको समर्थनमा अत्यधिक मत पाएका थिए। यसपल्ट पनि त्योक्रम दोहोरिने देखिँदैछ। त्यसो भए, फुटवलका हिरो भाइचुङको भविष्य के? 'हाम्रो समर्थनबिना उनले चुनाव जित्दैनन्, फुटवल मैदानमैं फर्के हुन्छ' विमलले घोषणा नैं गरिसकेका छन्, 'तृणमूल पछ्याउनु हुँदैनथ्यो।'

भारतीय खेलकुदको सबैभन्दा प्रतिष्ठित पुरस्कार 'अर्जुना अवार्ड'बाट विभुषित भइसकेका भाइचुङको चुनावी जोडघटाउ आफ्नै खाले छ। आफूलाई समर्थन गर्न राती १० बजे फोनमा अनुरोध गर्दा विमलले ठाडै अस्विकारेपछि बिच्किएका उनी अहिले मोर्चालाई 'कुनै शक्ति नैं होइन' भन्दैछन्। 'मेरो जितमा कसैको समर्थन चाहिँदैन, सिंगो दार्जिलिङले समर्थन गर्छ' विमलको सहयोग नपाएपछि एक्लिएका भाइचुङ भन्दैछन्, 'बर्षौंदेखि मलाई चिन्नेकै मतले चुनाव जित्छु र लोकसभामा दार्जिलिङको हित गर्छु।'

जुम्ल्याहा सन्तानका पिता भाइचुङले मोर्चाको समर्थनबिना जति कुर्लिए पनि चुनाव नजित्ने दावी गर्नेहरु धेरै छन्। इष्ट बंगाल र मोहन बगान टिमबाट फुटवलमा थुप्रै सफलता रचेका उनी यसपल्ट चुनावमा पछारिए असफलताको स्वाद पनि चाख्नेछन्। भाइचुङको शारीरिक उचाई पाँच फुट आठ इन्च मात्रै छ, तर तीनपल्ट भारतीय बर्ष खेलाडी भइसकेका उनको 'सेलिब्रेटी' कद धेरै अग्लो छ। 'भाइचुङले चुनावी मैदानबाट आफ्नो उचाई आफैं घटाउँदैछन्' विमलको दुःखेसो छ, 'त्यसो नगरेको भए राम्रो हुन्थ्यो।'
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...