Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

विश्व

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

  • सोमबार ३ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत खसालेको र ९७ प्रतिशतले रुसमा सामेल हुन सहमति जनाएको युक्रेनका मुख्य निर्वाचन अधिकृत मिखायल म्यालिसेभले बताएका छन्।
क्रिमियाको तातार समुदायले भने जनमत संग्रह बहिस्कार गरेको थियो । रुसमा समावेश भएपछि आफूहरुको जीवन झन् खराब हुने उनीहरुको दाबी छ। क्रिमियामा यो समुदायको जनसंख्या करिब १२ प्रतिशत छ।
जनमत संग्रहपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियाका जनताको इच्छाको सम्मान गर्ने बताएका छन्।
युक्रेन, अमरिका र युरोपेली संघले जनमत संग्रह अवैधानिक भएको बताएका छन्। युक्रेनको नयाँ सरकार तथा रसियाबाहेक अन्तर्राष्ट्रिय समुदायले यस जनमत संग्रहको नतिजा अस्वीकार गर्ने बताएका छन् ।
यस क्षेत्रमा प्रायः रसियाली मूलका जनता बसोबास गर्छन् र त्यसलाई गत महिना रसियाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। क्रिमियाले यस जनमत सङ्ग्रहलाई विदेशी सुपरिवेक्षकले अनुगमन गरेको बताएको छ। जनमत संग्रहमा रसियाको भाग बन्ने वा युक्रेनमा थप स्वायत्त भएर बस्ने भन्ने विकल्प राखिएको थियो । क्रिमियाले औपचारिक आवेदन दिए पनि रसियाली महासंघको भाग बन्न केही महिना लाग्नेछ।
क्रिमिया प्रायद्वीप फेब्रुअरीको अन्त्यदेखि रुससमर्थक सुरक्षाकर्मीको नियन्त्रणमा छ। रुसले ती सुरक्षाकर्मी रुस समर्थक आत्मरक्षा बल मात्र भएको र तिनमाथि रुसको प्रत्यक्ष नियन्त्रण नभएको जनाएको छ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...