Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

एमएच३७०: २४ घन्टाभित्र दुई पटक 'ब्ल्याक बक्स' सिग्नल

  • आइतबार २३ चैत्र, २०७०
  • बिबिसी
  • DISQUS_COMMENTS
(0 votes)
खोजी क्षेत्रको नक्सा। साभारः बिबिसी खोजी क्षेत्रको नक्सा। साभारः बिबिसी
पर्थ (अस्ट्रेलिया)- बेपत्ता मलेसियन जहाज एमएच३७० को खोजीमा संलग्न चिनियाँ पानीजहाजले पाएको ब्ल्याकबक्सको फ्रिक्वेन्सी सिग्नल 'महत्वपूर्ण र उत्साहजनक' भएको अस्ट्रेलियन खोजी संयोजकले जनाएका छन्।
हिन्द महासागरमा खोजीकार्यमा संलग्न चिनियाँ पानीजहाज हाइसुन-०१ जहाजले २४ घन्टाभित्र दोस्रोपटक ९० सेकेन्डसम्म सिग्नल पाएको अवकासप्राप्त हवाई चिफ मार्सल एङ्गस ह्युस्टनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। तर उनले त्यसको 'डाटा' एमएच३७० कै भए–नभएको प्रमाणीत हुन बाँकी रहेको उनले बताएका छन्। बेलायती सैन्य पानीजहाज एचएमएस इको जाँचको लागि त्यतातिर जाँदैछ। साथै अस्ट्रेलियन हवाईजहाज पनि त्यतातिर पठाइएको ह्युस्टनले पत्रकारलाई जानकारी दिए।
शनिबार पहिलो टक फ्लाइट डाटा रेकर्डरसँग ‘मिल्दोजुल्दो’ सिग्नल पाएको निश्चित भएपछि दोस्रो सिग्नल त्यसैको २ किलोमिटरभित्र फेला परेको ह्युस्टनले पर्थस्थित हवाइ बेसमा पत्रकार सम्मेलनमा बताए। 'दोस्रो सिग्नल करिब ९० सेकेन्डसम्मको थियो,' उनले भने, 'हामी निकै ठूलो महासागरको फराकिलो खोजी क्षेत्रमा कार्य गर्दैछौं र जहाज हराएदेखि हालसम्म थोरै जानकारी पत्ता लागेको छ जसले खोजी क्षेत्रकाे दायरा कम गर्न मद्दत गरेको छ।'
अस्ट्रेलियाबाट २ हजार किलोमिटर उत्तर-पश्चिममा सिग्नल भेट्टिएको क्षेत्रमा आइतबार एक दर्जन सैनिक हवाइ जहाज र १३ पानी जहाजले खोजी जारी राखेका छन्।
मेलेसियाबाट बेइजिङको लागि २३९ यात्रुसहित फागुन २४ गते उडेको विमान हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको मलेसियाका प्रधानमन्त्री नजिव रजाकले पत्रकार सम्मेलनमार्फत घोषणा गरे पनि हालसम्म जहाजको कुनै भग्नावशेष वा ठोस प्रमाण फेला परेको छैन।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...