Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

विश्व

पाकिस्तानको तरकारी बजारमा विस्फोट, २३ को मृत्यू

  • बुधबार २६ चैत्र, २०७०
  • रोयटर्स
  • DISQUS_COMMENTS
(0 votes)
पाकिस्तानको तरकारी बजारमा विस्फोट, २३ को मृत्यू
इस्लामावाद - पाकिस्तानको राजधानी नजिकैको एक तरकारी बजारमा आज भएको बम विस्फोटनमा परी २३ जना मानिस मारिएका छन्। घटनामा ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीले जनाएका छन्।
इस्लामावाद र रावलपिण्डीको बीचमा रहेको बजारमा बिहान तरकारी र फलफूलको मोलमोलाई चलिरहेको समयमा विस्फोट भएको थियो। प्रहरीका अनुसार फलफूलको बक्सामा लुकाएर राखिएको बम पड्किएको थियो।
'मानिसका अंगहरु जताततै छरिएका थिए। कतिपय त मानिसका टाउकासम्म नै उछिट्टिएर पुगेका थिए,' कामदार साहिनले भनिन्।
मानिसको शरीरसँगै फलफूलहरु पनि माटो र रगतले लतपत देखिन्थे। लगत्तै प्रहरीले मेटल डिटेक्टर प्रयोग गरेर फलफूलका बाकसहरुक 'रेकी' गरेको थियो।
व्यापारी गोहर खानले १५ शव देखेको सुनाए। 'मानिस रहेनन्, जताततै रगतै रगत थियो,' उनले भने।
पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका उपकूलपति डा. जाभेद खुइजीले उनको अस्पतालमा १८ शव आइपुगेको जानकारी दिए। प्रहरीले उनलाई थप पाँचको शव ल्याइँदै गरेको जानकारीसमेत दिएका थिए।
प्रहरीका अनुसार कम्तिमा पनि ३९ जना घाइते भएका छन्।
रावलपिण्डी पाकिस्तानको सैनिक मुख्यालय भएको स्थान हो। तर, विस्फोट सैनिक मुख्यालयबाट निक्कै टाढाको स्थानमा भएको हो। त्यसैले विस्फोटको कारण खुल्न सकेको छैन।
अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन्। पाकिस्तान सरकार अहिले पाकिस्तानी तालिवानी विद्रोहीसँग वार्ता गर्दैछ। अप्रिल १० सम्म दुबैतर्फ युद्धविरामको घोषणा पनि भएको छ। तर, यहाँ दर्जनभन्दा बढी अरु सशस्त्र समूहहरु सक्रिय छन्।
तालिवानीले सयौंको संख्यामा कैद जीवन विताइरहेका विद्रोहीहरुलाई जेलमुक्त गर्नुपर्ने माग राख्दै आएका छन्। यसरी जेल जीवन विताउनेहरुमा विपन्न वर्गका मानिस छन् जो अफगानिस्तानको सीमा नजिकका गाउँमा बस्छन्।
तालिवानीहरु पाकिस्तानको प्रजातान्त्रिक - निर्वाचित सत्ता हत्याएर इस्लामिक कानुनअनुसारको सत्ता सञ्चालन गर्ने उद्देश्यसहित सशस्त्र विद्रोहमा छन्।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...