Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

विश्व

भारतमा आज तेस्रो चरणको चुनाव

  • बिहीबार २७ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
भारतमा आज तेस्रो चरणको चुनाव
नयाँ दिल्ली - भारतको लोकसभा निर्वाचनको तेस्रो चरण अन्तर्गत आज बिहानदेखि ९१ सिटका लागि मत खसाल्नेक्रम सुरु भएको छ। ११ राज्य र दिल्लीसहित तीन युनियन क्षेत्रमा आज निर्वाचन भइरहेको छ।
नौ चरणमा भइरहेको यो निर्वाचन विश्वकै ठूलो हो जसलाई अन्तराष्ट्रिय मिडियाहरुले 'म्याराथन इलेक्सन'समेत भन्ने गर्छन्।
आज निर्वाचन हुने क्षेत्रहरु धेरैजसो हिन्दी भाषीको क्षेत्र रहेको छ। अघिल्लो निर्वाचनमा सत्तारुढ कंग्रेसले ९१ सिटहरुमध्ये ४५ सिटमा जित हासिल गरेको थियो भने भारतीय जनता पार्टीले १३ सिटमात्र पाएको थियो। ओपिनियन पोलहरुले दिएको परिणाम अनुसार यो क्षेत्रमा यसपटक भारतीय जनता पार्टीले बढी सिट जित्‍नेछ। आजको निर्वाचनमा १० करोड भारतीयले प्रजातान्त्रिक अभ्यासमा सहभागिता जनाउन पाउनेछन्।
आज केन्द्र सरकारमा मन्त्री रहेका ७ जनाको भाग्यको फैसला जनताले गर्नेछन्। पश्चिमी उत्तर प्रदेश, दिल्ली, महाराष्ट्र, मध्य प्रदेश, जम्मु, केरला र माओवादी प्रभावित झारखण्ड र छत्तिसगढमा पनि आज चुनाव भइरहेको छ। उत्तर प्रदेशको ८० सिटमध्ये आज १० सिटका लागि निर्वाचन हुँदैछ। जातीय दंगाले चर्चित रहेको मुजफ्फरनगरमा पनि आजै निर्वाचन हुँदैछ।
चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...