Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

विश्व

एमएच३७०को खोजी क्षेत्र काठमाडौं उपत्यका जत्रोः ब्ल्याकबक्स फेला पर्ने विश्वास

  • शुक्रबार २८ चैत्र, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
(0 votes)
अस्ट्रेलिया (एजेन्सी)- एक महिनादेखि वेपत्ता मलेसियन जहाजको खोजीकार्यमा संलग्न अन्तर्राष्ट्रिय प्रयास शुक्रबारदेखि हिन्द महासागरको सानो क्षेत्रमा खुम्चिएको छ। एमएच३७० को रहस्य अब समाधान हुने अधिकारिहरूको विश्वास छ।

खोजीको नेतृत्व सम्हालेका अस्ट्रेलियन एजेन्सीका अनुसार, बिहीबार नयाँ ध्वनी सिग्नल पत्ता लागेपछि, खोजीकार्यमा अब उनीहरुले सानो क्षेत्रमा सबैभन्दा प्रभावशाली उपाय अपनाउने भएका छन्।
सबैभन्दा पछिल्लो ध्वनी सिग्नलले अघिल्ला चार सिग्नललाई जहाजको ब्ल्याकबक्सकै हो भन्ने कुरालाई थप विश्वस्त पारेको छ। "सिग्नलबारे थप अध्ययन गर्न जरूरी छ, तर मानव निर्मित सामग्रीकै हुन सक्छ," अस्ट्रेलियन टोलीका प्रमुख एंगस ह्युस्टनले विज्ञप्तीमार्फत जानकारी दिए।
एक महिना अघिदेखि रहस्यमय तरिकाले हराइरहेको मलेसियन विमान एमएच ३७० को खोजी हवाई क्षेत्रको इतिहासमै सबैभन्दा महङ्गो खोजी तथा उद्दार भएको छ। ब्ल्याकबक्समा रेकर्ड हुने ककपिट डाटाले रहस्यलाई उजागर गर्न सक्ने छ। ब्ल्याकबक्समा हुने ब्याट्रीको ३० दिनको समय लगभग समाप्त हुँदैछ। समाप्त भए त्यसले सिग्नल दिन मात्रै बन्द हुन्छ, डाटा भने रहिरहन्छ।

दुई साताअघि स्याटलाइट पिङ्गको आधारमा अस्ट्रेलियाबाट लगभग २५ सय किलोमिटर पश्चिम हिन्दमहासागरको (नेपालको क्षेत्रफलभन्दा निकै फराकिलो) क्षेत्रमा खोजी कार्य सुरु गरिएको थियो । अघिल्लो साता 'ब्ल्याकबक्सको जस्तो' िसग्नल फेला परेपछि शुक्रबारदेखि खोजी क्षेत्र खुम्चिएर जम्मा ६०० वर्ग किलोमिटरभित्र (काठमाडौं उपत्यका जत्रो) मा सिमित पारिएको छ। अधिकारीहरू ब्ल्याकबक्स फेला पर्नेमा लगभग निश्चित छन्। 

गत फागुन २५ गते क्वालालम्पुरबाट बेइजिङको लागि २२७ यात्रु र १२ चालक दलसहित उडेको मलेसियन बोइङ ७७७ हिन्द महासागरमा 'दुर्घटनाग्रस्त' घोषणा भएपनि ठोस आधार अझै फेला परेको छैन।


अपडेट (नेपाली समय १०ः१०)

सिएनएनले जनाए अनुसार पछिल्लो सिग्नल एमएच ३७० को ब्ल्याकबक्सको "नहुन सक्ने" अधिकारीले संकेत गरेका छन्। "मलाई प्राप्त जानकारी अनुसार बिहिबार प्राप्त सिग्नल एमएच ३७० कै हो भन्ने अहिलेसम्म कुनै ठोस आधार फेला परेको छैन," एंगस ह्युस्टनले भने।

शुक्रबारै अस्ट्रेलियाली प्रधानमन्त्री टोनी एबोटले चीनमा 'पछिल्लो सिग्नल एमएच३७० कै हुनसक्ने विश्वास अधिकारीहरूलाई भएको' पत्रकारहरूलाई बताएको सिएनएनले जनाएको छ।

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प, पाँचको मृत्यु (अपडेट)

चिली- चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प सँगै सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ।

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेपत्ता यात्रुका परिवार आक्रोशित

बेइजिङ, (एजेन्सी)– बेपत्ता मलेसियाली जहाजका चिनियाँ यात्रुका परिवारले सही जानकारी माग्दै मंगलबार बेइजिङस्थित मलेसियाली दूतावाससामु प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ।

रुसमा मिसिन क्रिमियाको औपचारिक आवेदन

सिम्फेरोपोल (युक्रेन)- क्रिमियाको संसदले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै रुसमा सामेल हुन आधिकारिक रुपमा आवेदन दिएको छ। यसबारे क्रिमियामा आइतबार जनमत संग्रह भएको थियो। जनमत संग्रहमा ८३ प्रतिशत जनताले मत...

भाइचुङको राजनीतिक अग्निपरीक्षा

भाइचुङको राजनीतिक अग्निपरीक्षा

इलाम- 'फुटवल खेल्नु त भाइचुङ जस्तो' पूर्वका खेल मैदानमा खुबै सुनिने वाक्य हो, 'भोटेको छोराले कस्तो नाम कमायो।' फुटवलमा पर्याय बनिसकेका भाइचुङको चर्चा अहिले अझ चुलिदैछ।

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

'बेपत्ता जहाजले उडान मार्ग फेर्योे'

क्वालालम्पुर– शनिबार बेपत्ता जहाजले उडान मार्ग फेरेर निर्धारित मार्गबाट पश्चिमतर्फ लागेको मलेसियाली अधिकारीले दाबी गरेका छन्।

गुमनाम विमानमा अड्कलबाजी

गुमनाम विमानमा अड्कलबाजी

न्युयोर्क(एपी)– हवाइजहाज उडानको सबैभन्दा कठिन र जोखिमपूर्ण क्षण धावनमार्गबाट उड्दा र अवतरण गर्दा हो। बढी दुर्घटना यही दुई अवस्थामा भएका छन्। जमिनको सतहभन्दा ११ किलोमिटरमाथि आकाशमा उडिरहँदा ठूला जहाज आक्कलझुक्कल...

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

उत्तर कोरियालाई फौजदारी अदालतमा उभ्याउन माग

जेनेभा– संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी निकायले उत्तर कोरियालाई मानव अधिकार उल्लंघनका घटनामा दण्डित गर्न अन्तर्राष्ट्रिय जगतसँग आग्रह गरेको छ। राष्ट्रसंघीय मानवअधिकार निकायकी प्रमुख नावी पिल्लेले उत्तर कोरियालाई आफ्नै नागरिकमाथि अत्याचार...

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

'कम्युनिस्ट सत्ता टिकाउन बर्बर दमन'

काठमाडौं– उत्तर कोरियाले स्टालिन शैलीको कम्युनिस्ट शासन व्यवस्था टिकाइराख्न आफ्नै जनताको हत्या र बलात्कार गर्नुका साथै सामूहिक बन्दी र दास बनाउनेजस्ता बर्बर यातना दिँदै आएको राष्ट्रसंघीय अध्ययनले देखाएको छ। मानव...