Sunday 29 Mangshir, 2076 | December 15, 2019
Menu

republica-headerdiscount-subscribe1

उद्यमी दिदीबहिनी

युक्रेनी महर्जन बैंकमा जागिर खाने सपना देख्थिन्। एसएलसीपछि के पढ्ने, अलमल भएन। व्यवस्थापन संकायमा पढाइ अघि बढ्यो। तर, बिस्तारै सपना तिलमिलाउन थाल्यो। सोच्न थालिन्– जागिर खोज्दै कता हिँड्ने? बरु, जागिर आफैं पो सिर्जना गर्ने कि! लगानी, मेहनत जे गरे पनि आफ्नै हुने, प्रतिफल पनि आफ्नै।
Read more...

मापसेले बनायो उद्यमी

समस्या सधैं संकेत दिएर आउँदैन। मानिस अचानक यसको भुमरीमा फस्न पुग्छ। समस्याका बहुरुप हुन्छन् र मान्छेको स्वभाव पनि एकैनास हुँदैन। कोही समस्यादेखि चार हात पर भाग्छन्, कोही समस्याको सामना गर्छन्। कोही भने समस्यामा पनि सम्भावना देख्छन् र फाइदा लिन्छन्।
Read more...

सहर निर्माता

रियल स्टेट व्यवसाय चरम मन्दीबाट गुजि्ररहेथ्यो। व्यवसायी गहिरो भय र निराशामा थिए। चर्काे ब्याजदरमा ऋण लिएर घरजग्गामा लगानी गरेकाहरू बैंकको टोकसोले खिइँदै थिए। मन्दीले दिनदिनै अँध्यारिँदै गरेको व्यवसायमा तत्काल आशाको झिनो किरणसम्म उदाउने संकेत थिए।
Read more...

सपना आरामदायी थियटर

अमेरिका, लस एन्जलस पुगेपछि हलिउड फिल्मको लत लाग्यो उनलाई। लस एन्जलस अर्थात हलिउड, जो विश्व फिल्म क्षेत्रको राजधानी जस्तै हो। कलेज पढ्न लस एन्जलस पुगेका गौरभलाई नयाँ र राम्रा फिल्म आउँदा नछुटाउने भए।
Read more...

देश जोड्ने मुंग्रेबाज

चैत २८, २०७१।उदाउँदो घाम पनि आज उनलाई कस्तो–कस्तो लागिरहेछ। उराठ–उराठ... पीडादायी। उनी कीर्तिपुर मैदानमा छन्। एक्लो होइन, उनका लागि दसौं हजार उपस्थित छन् मैदान परिसरमा। तैपनि उनलाई आज मैदान मैदानजस्तो लागिरहेको छैन, आत्मीयता हराउँदै गएको बिरानो मुलुकझैं अनुभव भइरहेछ त्यो कर्मभूमि।
Read more...

लाञ्छनाको बोझ

२०५९ कात्तिकमा बाजुराको मार्तडी पुगेपछि हामीलाई भात खानु थियो। त्यहाँको सबैभन्दा चल्तीको होटलमा पुगेर भात खान बस्यौं। तर हाम्रा दलित भरियालाई हामी र अरू ग्राहकसँगै बसेर खान दिइएन।
Read more...

सफल सरस्वती

काठमाडौं-बितेको वर्ष नेपाली महिला भलिबलले ऐतिहासिक उपलब्धी हासिल गर्योा। घरेलु कोर्टमा नेपालले दक्षिण एसियाको बलियो टोली श्रीलंकालाई हराउँदै प्रथम आमन्त्रित भलिबल च्याम्पिनयसिपमा रजत पदक जितेको थियो।
Read more...

धर्मराजको धर्म

झापा -आफ्ना लागि त जो पनि बाँच्छ, अरुका लागि बाँच्नु पो जीवन हो त! धर्मराज घिमिरेले बुझेको जीवनको सत्य यही हो र यही मात्रै हो। त्यसैले आफू घस्रेर हिँड्ने उनले आफूजस्तै शारिरीक अवस्थाका बालबालिकाका लागि आवासीय स्कुल बनाउने कामको अगुवाई गरेका छन्। अभिभावकको पनि हेरचाह पाउन नसकेर परित्यक्त दैनिकीमा रहेका धेरैलाई सहारा दिएका छन्।
Read more...

नयाँ घर, नयाँ सपना

सुर्खेत– मनको चिसोले मुटु छेड्यो। श्वास एकाएक रोकियो। पहाड खसेजसरी शरीर गहु्रँगो भयो। अनि आँखाअगाडि निस्पट्ट अँध्यारो छायो।कोकिला खत्रीको जीवनमा २३ भदौ २०५९ को त्यो दिन निकै कहालीलाग्दो थियो। बिहे गरेको दुई महिनामै श्रीमान गुमाउनुपर्दा १८ वर्षीया कोकिलाको कोमल मनले अरू सोच्नै सकेन। 'जिन्दगी यत्ति नै रहेछ, यहाँभन्दा हुन्न होला भन्ने भयो,' निर्दयी दिन सम्भि्कँदै उनले भनिन्, 'त्यो क्षण त अहिले पनि सपनाझैँ लागिरहेको छ।'
Read more...

दाइजोबाट उन्मुक्ति खोज्दै मधेस

फलानोको छोरा डाक्टर हो?हो त।कमाइ कति छ?महिनाको ५–१० लाख।त्यसो भए छोरीको विवाह ऊसँग गराइदिऊ? दाइजो कति लेला?चलनचल्तीमा डाक्टरको २० लाख हो, मोलमोलाइ गर्दा अलि तल झर्ला कि।मधेसमा केटा (बेहुला) छनोटको पहिलो चरणमा केटी (बेहुली) का अभिभावक गफिँदै गरेको प्रसंग हो यो। यस्तै संवादबाट सुरु हुन्छ विवाहको कुराकानी। र, त्यहीँबाट अघि बढ्छ दाइजोको बार्गेनिङ पनि।
Read more...

बलात्कारले खोसिएका 'घर'

कामको सिलसिलामा भारत बस्दै आएका भाइ बेलाबेलामा मात्र घर आउँथे। कम्तीमा वर्ष दिनपछि हुने 'भेट' दिदीभाइका लागि ज्यादै प्रिय बन्थ्यो। वर्षभरिका दुखेसो सुन्नु सुनाउनुमै आनन्द मिल्थ्यो। आफ्ना भनेकै भाइ अनि बुवाआमा थिए उनका लागि।
Read more...

छोइछिटो

मंसिरको कठ्याँग्रिदो चिसो। दिनभरिको थकान। मनवीर सुनार दिउँसो आफूसँगै घर छाउने काममा खटिएका साथीहरुसँग बसेर साँझको थकान मेटाउन चाहन्थे। त्यसैले उनी होटलको चुल्होछेउ जमिसकेको समूहमा मिसिन खोजे। तर, उनको चाहनामा होटल साहुनी बालकुमारी शाही तगारो बनिन्।
Read more...

हराएको कांग्रेस

छोटो अवधिमा धेरैपटक राजनीतिक परिवर्तन भएको मुलुकमध्ये नेपाल पनि पर्छ। राणा शासनको अन्त्य नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र जनक्रान्तिबाट २००७ सालमा भएको थियो। राणाहरूले नै पनि २००४ सालमा राजनीतिक परिवर्तनको प्रयास थालेका थिए। पद्म शम्शेरको सुधारका नामले चिनिने २००४ सालको प्रयासलाई छाड्ने हो भने पनि २००७, २०१५, २०१७, २०३६, २०४६, २०५८ र २०६३ सालमा नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तन भए।
Read more...

पच्चीस वर्षको लोकतन्त्र

'मकैको खेती' नामक कृषि शिक्षासम्बन्धी पुस्तकले विसं १९७७ मा नेपाललाई नयाँ युगमा प्रवेश गरायो। कृष्णलाल अधिकारीको यो पुस्तकलाई तत्कालीन राणा शासकहरूले कृषि शिक्षाका नाममा राज्यमाथि व्यंग्य गरेको ठाने। र, अधिकारीलाई नौ वर्षको सजाय दिए।तीन वर्षपछि जेलमै उनको मृत्यु भयो।
Read more...

हिम्मतले धानिँदै

सानै छँदा बुबा बिते। आमा एक्लैले उनलाई हुर्काइन्। गुजारा चलाउन आमा मेलापात गर्थिन्। उनी घरमा एक्लै हुन्थे। त्यस बेला घरमा पालिएका ४–५ वटा कुखुरा उनका साथी थिए। तिनैसँग खेल्दै आमालाई पर्खन्थे।
Read more...
Subscribe to this RSS feed