Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

republica-headerdiscount-subscribe1

बालकृष्ण अधिकारी

बालकृष्ण अधिकारी

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

अन्तरिमकालका लागि किन चुनाव गर्ने? : प्रकाशमान सिंह

  • Breaking News
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। १३औं महाधिवेशनपछि पार्टीभित्रको प्रतिपक्षी भूमिकामा पुगेका सिंहले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको मात्र होइन, आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति पनि आलोचना गर्दै आएका छन्। पार्टीमा भागबन्डा होइन, योग्यता र क्षमताका आधारमा सभापतिले जिम्मेवारी दिनुपर्ने धारणा राख्ने सिंहले मधेस समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए। सिंहसँग सरकारले ल्याएको नीति तथा कार्यक्रम, स्थानीय निकाय निर्वाचन, राजदूत फिर्ता र कांग्रेसभित्रको आन्तरिक राजनीतिका विषयमा केन्द्रित भएर नागरिकका बालकृष्ण अधिकारीले गरेका कुराकानी:


'एक्लै चले' देउवा

काठमाडौं– कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिर्वतनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ।

विधान लत्याउँदै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधि र विधान अटेर गर्न थालेका छन्। १३औं महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन्।

किन विफल भयो कांग्रेस ?

काठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रयास विफल भएको छ। नयाँ सरकारको नेतृत्व लिन तयार एमाओवादीले नै 'युटर्न' लिएपछि एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेस प्रयास सफल हुन नसकेको हो।

किन लियो कांग्रेसले सांसदहरूको हस्ताक्षर ?

काठमाडौं–आवश्यकता अनुसार प्रयोग गर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हस्ताक्षर अभियान सुरु गरेको छ। कुनै प्रयोजन नखुलाई आवश्यकता अनुसार भन्दै कांग्रेसले आफ्ना सांसदहरुको हस्ताक्षर अभियान सुरु गरेको सांसद रामहरि खतिवडाले जानकारी दिए।

सरकारको विकल्प खोज्न कांग्रेसमा दबाब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले एमाले नेतृत्वको सरकार रहँदासम्म संविधान कार्यान्वयनसहित महत्वपूर्ण राजनीतिक समस्या समाधान हुन नसक्ने भन्दै विकल्प खोज्न नेतृत्वलाई दबाब दिएका छन्।

कांग्रेसले 'छाँया' सरकार बनाउने

काठमाडौं–प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रत्येक मन्त्रालयले गरेको कामको अध्ययन गर्न समिति गठन गर्ने भएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना भएपछि सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सबै मन्त्रालयले गरेको कामको अध्ययन गर्न छुट्टै समिति गठनको प्रस्ताव गरेका हुन्।

सरकार फेर्ने कसरत

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न आन्तरिक कसरत थालेको छ। मधेस समस्या समाधानका साथै संविधान कार्यान्वयनमा ओली नेतृत्व सरकार बाधक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले नयाँ सरकार गठनका लागि सक्रियता बढाएको हो।


सरकारको समीक्षा गर्दै कांग्रेस संसदीय दल

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूकम्प प्रभावितलाई राहत÷पुनर्निर्माणका साथै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गराउन सरकार असफल भएको जनाएको छ ।

राष्ट्रपतिद्वारा वैशाख २१ गते संसद अधिवेशन आह्वान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २१ गते ११ बजेका लागि संसदको बजेट अधिवेशन बोलाउन आह्वान गरेकी छन्।
Subscribe to this RSS feed