Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

भुक्तानी नपाउँदा उखु किसान मारमा

  • १ जेष्ठ, २०७३
  • मदन ठाकुर/रितेश त्रिपाठी/सन्तोष सिंह/महेशकुमार दास
  • Be the first to comment!
(0 votes)
सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलको आडमा रोकिएका उखु लोड गरिएका गाडी र किसान। तस्बिर : सन्तोष सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलको आडमा रोकिएका उखु लोड गरिएका गाडी र किसान। तस्बिर : सन्तोष
रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित गराउनुपर्ने अवस्था आएको उनले बताए।
nepali-patro-may
आव ०७१/७२ को क्रसिङ सिजनमा गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडलाई उपलब्ध गराएको उखुको दुई लाख र ०७२/७३ मा उखु बेचेको करिब ६ लाख गरी साहले आठ लाख रुपैयाँँ भुक्तानी पाउन बाँकी छ। समयमा पैसा नपाउँदा घरायसी व्यवहार धान्न समेत मुस्किल परेको साह बताउँछन्।

साहजस्तै संग्रामपुरका सुरेशराय यादवलाई पनि छोरीको बिहेमा ऋण लिनुपर्यो । एकातिर दुई वर्षको उखुको करिब चार लाख मिलसँग लिन बाँकी छ भने पाँच लाख रुपैयाँँ चर्को ब्याजमा ऋण काढेर छोरीको विवाह गर्नुपर्दा दोहोरो मारमा परेको उनी बताउँछन्।

मिलले समयमा भुक्तानी नदिँदा उखु लगाएको खेत नै बेच्नुपर्ने अवस्था आएको दुखेसो यादवले गरे। साह र यादव उदाहरण मात्र हुन्, उनीजस्तै पर्सा, महोत्तरी, रौतहट र सर्लाहीका हजारौं किसान समयमा उखुको भुक्तानी नपाएर पीडित बनेको रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए।

उखु किसान समयमा भुक्तानी नपाएर समस्यामा पर्दै जाँदा पनि मिल सञ्चालक संवेदनशील छैनन्। एक वर्ष पहिले खेतीमा लगानी गरेका किसानले एक वर्षपछि मिललाई उखु उपलब्ध गराएर त्यसको दुई वर्षसम्म भुक्तानी नपाउँदा चार वर्षको घाटा बेहोर्नु परेको छ। लगातार घाटा बेहोर्नु पर्दा किसानमा निराशाले उखुखेती गर्नेको संख्या कम हुँदै गएको छ।

गत वर्ष २१ लाख क्विन्टल उखु क्रसिङ गरेको गरुडास्थित चिनीमिलले यस वर्ष आधाभन्दा कम गरेको छ। नौ लाख क्विन्टल उखु मुस्किलले किन्न पाएको चिनी मिलले यस वर्ष उखुको एक रुपैयाँँ पनि भुक्तानी दिएको छैन। चिनीमिलले तीन वर्षको गरी करिब ८५ करोड रुपैयाँ उखु किसानलाई तिर्न बाँकी रहेको संघका अध्यक्ष यादवले बताए।

यस वर्षको ४० करोड, गत वर्षको ४० करोड तथा सोभन्दा पहिलेको दुई करोड रुपैयाँ किसानले पाउनुपर्नेमा उद्योगले भुक्तानी नदिएकोमा मिलप्रति किसानको आक्रोश बढ्दो छ। उखु बिक्री गरेको भुक्तानी रसिद बोकेर किसान मिल परिसरमा पुगी फर्केर आउने गरेका छन्। आफूहरुको पीडा कसैले नबुझ्दा किसानमा आक्रोश बढेको सखुअवाका किसान हरिनारायण यादवले बताए।

चिनीमिलले उखुको मूल्य भुक्तानी नगर्दा किसानले खेती नै कम गर्न थालेका छन्। अगामी वर्ष उखुको खेती झन घट्ने यादव बताउँछन्। 'उद्योगकै कारण किसानमा निराशा आएर चिनी उत्पादनमै समस्या आउने सम्भावना देखिन्छ,' अगुवा किसान तथा संघका सदस्य सफेन्द्रप्रसाद यादवले बताए। ऋण डुबेर उद्योगपतिलाई धनी बनाउन नसक्ने सदस्य यादवको भनाइ छ।

किसानले भुक्तानी पाउने अनिश्चितता बढ्दै गएपछि मिल प्रशासनलाई बारम्बार ताकेता गरेको पाइएको छ। किसानको कुरा उद्योगपतिले नसुनेपछि संघको नेतृत्वमा किसानले उद्योगको निकासी बन्द गरेका छन्।

उद्योगले हरेक वर्ष उखु सित्तैमा लिन खोज्ने प्रवृत्ति बढेको र किसानलाई भुक्तानी दिनै नचाहेकाले उद्योगको निकासी पूर्णरुपमा बन्द गर्नु किसानको बाध्यता भएको संघका सदस्य मनोज सहनीले बताए।

किसानले दुई सातादेखि उद्योगबाट स्पि्रट, खुदो, प्रेसमडलगायत सामग्री निकासी हुन दिएका छैनन्। अतिरिक्त आम्दानीको रूपमा रहेका यी सामग्रीको निकासी बन्द भएपछि उद्योग झनै संकटमा परेको श्रीराम सुगर मिलका एक कर्मचारीले बताए।

'उखु किसानले समयमा भुक्तानी पाउनुपर्ने हो, आन्तरिक समस्याले केही ढिलो भएको छ,' भुक्तानीका लागि आफू तयार रहेको श्रीरामका उद्योगपति दिवाकर गोल्छाले बताए। 'एकदेखि दुई साताभित्र किसानले सबै रकम भुक्तानी पाउने छन्,' गोल्छा भन्छन् 'विभिन्न निकायसित पैसाको जोहो भइरहेको छ।' छिटै भुक्तानीको तालिका किसानको हातमा पुग्ने उनले बताए।

पर्साका किसानले उखु रोप्न छाडे

नगदे बालीको रूपमा राम्रो प्रतिफलको आशा गर्दै सुरु गरेको उखु खेती पर्साका किसानले आजित भएर छाड्दै गएका छन्। 'पोहोर परारको तुलनामा एक चौथाई उखु खेती छैन,' पर्सा मनिअर्वाका अगुवा उखु किसान हरिराज राउत यादवले भने, 'बरु खेत बाँझै राख्छु, उखु रोप्दिन।' एक वर्ष रोपेर तीनपटक बाली काट्ने उखु दुई बिघामा पोहोर लगाएका उनले यसपाली खेतबाट उखेलेर फाल्न लगाए।'

वर्षभर मेहनत गरी हुर्काएको उखु बाली लिने र लिएको उखुको भुक्तानी गरिदिने काम चिनीमिलले नगरेर आफूहरुले उखु खेती छाडेको किसान बताउँछन्। गत वर्षसम्म ग्रामीण क्षेत्रमा फाँटका फाँट देखिने उखु अहिले फाट्टफुट्टमात्र देखिएको छ। 'चिनी कारखानाले करार गरेअनुसार उखु किनेनन्, किसानबाट लिएको उखुको बेलैमा भुक्तानी गरेन्,' उखु किसानको साझा गुनासो छ। एकपटक लगाएपछि तीन सिजनसम्म बाली उब्जाउन सकिने उखु हटाएर किसानले अरु बाली रोप्न खेत खाली गरेका छन्। उखु बाली खेतमै थन्किएपछि निराश किसान बाराको मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल्स चिनी कारखाना धाए, स्थानीय प्रशासनलाई गुहार गरे।

'अनेक प्रयास वा दुई हजारदेखि तीन हजार रुपैयाँसम्म दलाली रकम दिएपछि चलान पुर्जी पाइने, चिनी कारखानामा उखु पुर्या्उने ज्याला, ट्र्याक्टर भाडा र कडा मिहनेतपछि एक खेप पूरा हुन्थ्यो,' यादवले अनुभव सुनाए, 'त्यसपछि आदालतमा तारेख लिएजस्तै महिनौं भुक्तानीका लागि धाउनुपर्ने, मेरो दुई बिघाको भुक्तानी पटक–पटक गरेर पाइयो। अन्त्यमा हिसाब मिलेन, कोसँग झगडा गर्न जाने, उखु रोप्दिन भन्ने निर्णयमा पुगें।' किसानका अनुसार यसपालि थोरैमात्र उखु भएकाले चलानपुर्जा पाउन समस्या भएन। ६ महिना अघिदेखिको भुक्तानी किसानले अहिलेसम्म पाएका छैनन्।

'यो वर्ष पनि धेरैपटक चिनी मिल धाएँ, अघिल्लोपटक जाँदा २५ दिनभित्र भुक्तानी पाइन्छ भनिएको थियो, त्यो म्याद पनि नाघिसक्यो,' अर्का किसान जयराम यादवले भने, 'उखु रोप्न, स्याहार्न, बेच्ने मेहनत र झन्झटसँगै भुक्तानीको दुःख रहेन।' बालीको दामको भुक्तानी पाउन समस्या भएपछि बाँकी उखु खेतीमा पनि किसानको उत्साह मरेको छ।

३० हजारभन्दा बढी किसान मर्कामा

आव ०७१/०७२ को सिजनमा किसान प्रतिनिधि, उद्योगी र सरकारी प्रतिनिधिले उखुको मूल्य प्रतिक्विन्टल चार सय ६१ रुपैयाँ निर्धारण गरेका थिए। तर महोत्तरीका किसानले निर्धारण भए अनुसारको रकम अझै पाउन सकेका छैनन्।

एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु दिएका किसानका लागि चैत १८ गते कृषि विकास कार्यालय महोत्तरीमा १२ करोड ३६ लाख नौ हजार रुपैयाँको अख्तियारी आइपुगेको कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झाले बताए। तर उक्त चिनी उद्योगले किसानको तथ्यांक समयमै उपलब्ध नगराउँदा यहाँका ३० हजारभन्दा बढी उखु किसानले अहिलेसम्म भुक्तानी पाउन नसकेको प्रमुख झाले बताए।

एक वर्षअघि नै उक्त रकम जिल्ला कृषि विकास कार्यालयमार्फत किसानको बैंक खातामा सोझै पठाउने निर्णय कार्यान्वयन गर्न उखु उद्योगले चासो नदेखाएको स्थानीय उखु उत्पादक किसान दिनेश महतोको गुनासो रहेको छ।

'हामी किसानले पसिना बगाएर उत्पादन गरेको उखु चिनीमिललाई बिक्री गरेको र बक्यौता अहिलेसम्म भुक्तानी नहुँदा हामी प्रत्यक्ष मारमा परेका छौं,' महतोले भने 'हाम्रो मर्का कसैले बुझिदिएन।'

उखु किसान संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार चिनी उद्योगकै लापरवाहीका कारण यहाँका किसानले अहिलेसम्म बक्यौता रकम भुक्तानी पाउन सकेका छैनन्। सरकारले तोकेको मूल्य दिन नमानेका चिनी उद्योगीले अहिले तथ्यांक दिन ढिलाई गर्न थालेपछि किसान मर्कामा परेको कुशवाहाको आरोप छ।

उखु किसानको बक्यौता रकम उपलब्ध गराइदिन माग गर्दै प्रजिअ विरेन्द्र यादवकहाँ चैत २९ मा उखु किसान संघले डेलिगेसन लिएर जाँदा वैशाख १४ गतेसम्म बक्यौता उपलब्ध गराउने सहमति भएको थियो।

किसानको बक्यौता रकम उपलब्ध गराउनकै लागि प्रजिअ यादवको संयोजकत्वमा जिल्ला कृषि विकास प्रमुख, घरेलु तथा साना उद्योग प्रमुख, चिनीमिल प्रमुख र उखु किसान संघ सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो।

उक्त समितिले चिनी उद्योगलाई वैशाख ८ गतेसम्म कृषि विकास कार्यालयमा बाँकी बक्यौताबारे सबै किसानको विवरण बुझाएर वैशाख १४ सम्म किसानको बैंक खातामा रकम पठाउने निर्णय भएको थियो। तर सो निर्णयअनुसार चिनीमिलले समयमै विवरण नपठाउँदा समस्या ज्युँकात्युँ रहन गएको उखु किसान संघका अध्यक्ष कुशवाहाको भनाइ छ।

साथै बक्यौता रकम बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने भएकाले खाता खोल्न बाँकी तीन सय ४४ किसानलाई खाता खोल्न सहजीकरण गर्ने निर्णय समेत भएको थियो।

संघका अध्यक्ष कुशवाहाका अनुसार एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु बिक्री गरेको महोत्तरी, धनुषा र निजगढसम्मका ३१ हजार पाँच सय किसानको रकम बाँकी रहेको छ।

एभरेस्टले ०७१/७२ को सिजनमा ४९ लाख ४९ हजार पाँच सय क्विन्टल उखु क्रसिङ गरेको थियो। सो अनुरुप १२ करोड ३६ लाख रकम किसानले भुक्तानी पाउन बाँकी रहेको अध्यक्ष कुशवाहाको भनाइ छ।

कृषि विकास कार्यालय महोत्तरीका प्रमुख झाका अनुसार एभरेस्टले २९ हजार चार सय ७० किसानबाट ४९ लाख ४४ हजार तीन सय २६.६३ क्विन्टल उखु क्रसिङ गरेको विवरण कार्यालय समक्ष आएको छ।

जसमध्ये तीन सय ४४ किसानको खाता खोल्न बाँकी छ। चैत १८ गतेको मितिमा कृषि विकास कार्यालय महोत्तरीको नाउँको अख्तियारी पत्रमा १२ करोड ३६ लाख नौ हजार रुपैयाँ वितरण गर्ने भनिए पनि खाता खोलिसकेका किसानलाई मात्र १२ करोड ३६ लाख आठ हजार एक सय ६५ रुपैयाँ वितरण गर्ने उल्लेख रहेको प्रमुख झाले बताए।

यता ०७२/७३ मा एभरेस्टमा उखु दिएका किसानले पनि भुक्तानी नपाएको संघका अध्यक्ष कुशवाहाले बताए।

उद्योग बन्द भएको ४५ दिनभित्रै उखुको भुक्तानी दिने प्रावधान अनुसार जेठ १८ गतेसम्म सबै किसानको भुक्तानी दिनुपर्ने भए पनि प्रजिअ यादव सम्मिलित टोलीमा छलफल हुँदा जेठ मसान्तसम्म सबै उखु किसानलाई भुक्तानी दिने सहमति भएको अध्यक्ष कुशवाहाले बताए। यस वर्ष ३४ लाख क्विन्टल उखु एभरेस्टमा क्रसिङ भएको थियो।

सरकारी निर्णयानुसार उखु बिक्रीबापत उद्योगले किसानलाई दिनुपर्ने चार सय ६१ रुपैयाँँमध्ये बाँकी रहेको २५ रुपैयाँँपछि पाउने निर्णय भएको बताउँदै भर्खरै एभरेस्टका प्रबन्धक बनेका पवनकुमार झाले आफूलाई यसबारे विस्तृत जानकारी नभएको बताए।

आफू आएको तीन–चार दिनमात्रै भएकाले सबै बुझोर तत्काल बाँकी बक्यौता रकम किसानलाई उपलब्ध गराउन पहल गर्ने उनले बताए।

यता आफूले उत्पादन गरेको उखु काटेर मिलमा पुर्याुउनेदेखि भुक्तानी पाउनसम्म बर्सेनि समस्या हुन थालेपछि उखु खेतीको विकल्प खोज्नुपर्ने बेला आएको किसानको भनाइ छ।

उखुको बाँकी भुक्तानी सुरु

उखु प्रवर्द्धन खर्चबापत किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ जिल्ला कृषि विकास कार्यालय सर्लाहीले उपलब्ध गराएको छ। हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उपलब्ध गराएको किसान विवरणका अधारमा कृषिले किसानको बैंक खातामा उखु प्रवर्द्धन खर्च पठाएका हुन्।

इन्दु शंकर चिनी उद्योगले उपलब्ध गराएको विवरणको आधारमा उखु प्रवर्द्धन खर्चबापत नौ करोड ३३ लाख ४६ हजार आठ सय ६० रुपैयाँ बैंक खातामा पठाएको कृषि विकास कार्यालय सर्लाहीका प्रमुख युगलकिशोर तिवारीले बताए। उद्योगले ३७ लाख ३३ हजार आठ सय ७४ क्विन्टल उखुको प्रतिक्विन्टल २५ रुपैयाँका दरले ११ बैंकको खातामा किसानको भुक्तानी पठाएको तिवारीले बताए।

सर्लाहीको इन्दुशंकर चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योगका लागि आएको १३ करोड ५१ लाख ५७ हजारमध्ये नौ करोड ३३ लाख ४६ हजार आठ सय ६० रुपैयाँ इन्दु शंकर चिनी उद्योगमा उखु दिएका किसानका लागि रकम निकासा भए पनि अन्नपूर्णमा उखु बेचेका किसानको चार करोड १८ लाख १० हजार एक सय ४० रुपैयाँ कृषिमै थन्किएको छ।

उद्योगका कर्मचारी बैठकमा किसानको विवरण उपलब्ध गराउने सहमति जनाए पनि विवरण नबुझाई सम्पर्कबाहिर रहेका कारण किसानको चार करोडभन्दा बढी रुपैयाँ कृषिमा अडि्कएको हो। दुई वर्षअघि मात्र सञ्चालनमा आएको अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु नकिनी सस्तोमा बिचौलियामार्फत किनेका कारण किसानको विवरण र बैंक खाता उपलब्ध गराउने बेलामा सम्पर्कबाहिर बसेको हुन सक्ने अगुवा किसान बताउँछन्।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...