Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

(0 votes)
काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले आवश्यक कानुन छिटो निर्माण गर्न सरकारलाई आग्रह गरे ।
pre-budget_discussion-021.jpg

nepali-patro-may
बिहीबार आगामी आर्थिक वर्ष २०७३÷०७४ को बजेटको लागि सरकारलाई सुझाव दिँदै व्यवसायीले वर्षौंसम्म ऐन निर्माण र परिमार्जन नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताए । '४० वर्षदेखि ऐन–कानुन परिमार्जन हुन सकेका छैनन्,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्रीसमक्ष सुझाव राख्दै भने, 'यस अवधिमा पटकपटक संविधान निर्माण भए तर कानुन बन्न सकेनन् ।' अर्थतन्त्रसँग जोडिएका कम्तीमा तीन दर्जन ऐन–कानुन परिमार्जन गर्न आवश्यक रहेको निजी क्षेत्रको भनाइ छ ।

कालोबजारी ऐन संशोधन नभएको ४० वर्ष भएको छ । विदेशी विनिमय नियमन ऐन २०१९, विदेशी लगानी नियन्त्रण ऐन २०२०, ट्रेडमार्क तथा डिजाइन ऐन २०२२ लगायत दर्जनौं ऐन अहिलेसम्म परिमार्जन हुन सकेका छैनन् । औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, विदेशी लगानी ऐन जस्ता मुख्य ऐनहरू संशोधन तथा पुनरावलोकन नभएको २३ वर्ष भइसकेको छ । निजी क्षेत्रले पहिचान गरेका करिब तीन दर्जन ऐन, कानुन आगामी आर्थिक वर्षमा परिमार्जन गर्न मुरारकाले सरकारलाई सुझाए ।

पछिल्लो समय सरकारको गतिविधिले व्यवसायीमा बजार अर्थतन्त्रबारे द्विविधा बढ्दै गएको मुरारकाले बताए । 'राज्यले खुला बजार नीति अंगीकार गरेको हो कि नियन्त्रित अर्थतन्त्र हो हामीमा द्विविधा पैदा भएको छ,' मुरारकाले भने, 'सरकारको पछिल्लो पटकको गतिविधि व्यवसायीमाथि नियन्त्रण गर्दै गएको अनुभव भएको छ ।' उनले सरकारले एकपछि अर्को गर्दै व्यवसायीलाई पक्रने जेल हाल्ने गरेको भन्दै सरकारको नियतमाथि शंका गरे ।

बजेटले संविधानको प्रभावकारी कार्यान्वयन, सबै राजनीतिक दलको समर्थनमा आर्थिक एजेन्डा, विभिन्न किसिमका भत्तामा भन्दा पूर्वाधार विकासमा जोड दिनुपर्ने मुरारकाले सुझाए । बजेटले प्राथमिकता क्षेत्र तोकेर कार्यक्रम ल्याउनुपर्ने उनले बताए । 'सरकारले खासगरी ऊर्जा, निर्यात, पर्यटन, कृषि, खानीजन्य उद्योग, शिक्षा तथा स्वास्थ्य उद्योग, पूर्वाधार जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्छ,' सरकारलाई सम्झाउँदै मुरारकाले भने ।

हालको व्यवस्थाले उद्योग दर्ताको लागि प्रक्रियागत झन्झट थपिएकोले वातावरणीय परीक्षण गराउनुपर्ने व्यवस्थाको सट्टा वातावरणसम्बन्धी मापदण्ड पूरा गरेमा वातावरणीय परीक्षण गराइनहनु नपर्ने व्यवस्था गर्न आग्रह गरे । उद्योगी, व्यवसायी तालुक मन्त्रालयलमा गइसकेपछि अन्य मन्त्रालय जान आवश्यक नपर्ने व्यवस्था गर्न उद्योगीले माग गरेका छन् ।

खानीको रोयल्टी एकैपटक पाँच गुणा बढाएको, कम्पनी रजिस्ट्रारको कार्यलयमा ढिला विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना अधिकांश कम्पनीको पुँजीभन्दा बढी भएकाले यसलाई घटाउने आग्रह गरे ।

मुरारकाले अति आवश्यकबाहेक सम्पूर्ण सरकारी संस्थानको निजीकरण गर्नुपर्ने, अर्को उद्योगमा लगानी गर्न सम्पत्ति बिक्री गरेमा पुँजीगत लाभकर छुट दिनुपर्ने माग अघि सारे । उनले सवारी साधनको भन्सार २० प्रतिशत कम हुनुपर्ने, नाकाबन्दीको बेला बिनाबिल इन्धन खरिद भएकोमा अघिल्लो वर्षको सोही महिनामा भएको खर्चको आधारमा खर्च लेख्न पाउनुपर्ने माग पनि गरे ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघबाहेक नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले पनि सरकारलाई आगामी बजेटमा सरकारले सम्बोधन गर्नुपर्ने विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले निर्यातमा दिइरहेको अनुदान बढाउनुपर्ने माग राखे । 'सरकारले निर्यातमा दिएको अनुदान १५ प्रतिशत पु¥याउनु पर्छ,' अग्रवालले भने । साथै उनले प्रतिस्पर्धात्मक वस्तुको उत्पादन गर्न सरकारले त्यसतर्फ बजेट छुट्ट्याउनु पर्ने माग राखे ।

नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार मूल्यांकन पुनरावलोकन समितिमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने, नाकाबन्दीको बेलामा आयात गरिएका सामानमा लागेको डेमरेज, डिटेन्सन, पोर्ट रेन्ट लगायत लेखिएको खर्चलाई मान्यता दिनुपर्ने माग राख्यो । त्यस्तै संघले द्वन्द्व तथा त्यसपछिको असहज परिस्थितिले धेरै करदाताले उक्त अवधिको बाँकी बक्यौता कर बुझाउन चाहेकाले कर फच्छ्र्यौट गर्न बक्यौता कर फच्छ्र्यौट आयोग गठन गर्न माग गरेको छ ।

व्यक्ति र परिवारको लागि दिइएको कर छुटको सीमा बढाउन पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...