Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अर्को बन्दरगाहबाट आयात सुरु

(0 votes)
अर्को बन्दरगाहबाट आयात सुरु
वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर) को एक खेप वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह आइपुगेको छ। सन् १९५० को सन्धि अनुसार भारतले प्रयोग गर्न दिएको एकमात्र कोलकाता बन्दरगाहमाथि आश्रित नेपालको तेस्रो मेलुकको व्यापारका लागि ६६ वर्षपछि थप अर्को बन्दरगाह प्रयोगमा आएको छ।
nepali-patro-may
सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार हल्दियाबाट कन्टेनर बोकेको रेल गत आइतबार यहाँ आइपुगेको हो। 'हल्दिया अर्थात कोलकाताको विकल्पको रुपमा कल्पना गरिएको अर्को बन्दरगाहबाट कार्गोको आगमन आयातकर्ता व्यापारी र नेपालका लागि एउटा ठूलो र सुखद घटना हो,' वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने, 'नेपालको व्यापारमा नयाँ अध्याय सुरु भएको भन्न सकिन्छ। यो खबरले एउटा तरंग पैदा गर्नेछ।'

हल्दिया बन्दरगाह प्रयोगका लागि नेपाल र भारतबीच सैद्धान्तिक सहमतिपछि सरकारी तहमा अनेक चरणको औपचारिकता पूरा गर्न चार वर्ष लाग्यो। यो बन्दरगाह नेपाली व्यापारका लागि भारतले खुला गरे पनि प्रयोगमा आउन सकेको थिएन। प्रयोगमा ल्याउन कम्तीमा एक खेपको र्यापकका लागि चाहिने ८० देखि ९० कन्टेनर पुग्नुपर्ने र नयाँ ठाउँमा प्रक्रिया मिलाउनु पर्ने थियो।

जगदम्बा इन्टरप्राइजेजले चीनको तेन्जिनबाट एकैपटक ४३ कन्टेनर जस्तापाताको एउटा खेप हल्दियाबाट ल्याउन चाहेपछि यसका प्रक्रियागत विषय उसका एजेन्टले खोज्न थाले। समुद्रमार्ग भएर ढुवानी सेवा प्रदायक मर्कस लाइन सिपिङ कम्पनीले भारतीय कार्गो ढुवानीको लागि पहिलेदेखि हल्दिया बन्दरगाहको काम गरिसकेको अनुभवले काम लाग्यो।

नेपालका लागि विदेशबाट आउने कन्टेनर ढुवानी गर्ने कन्टेनर कर्पोरेसन अफ इन्डिया 'कन्कोर'को कोलकातास्थित कार्यालयले हल्दियाबाट ढुवानी गर्न सघायो। अरु सामान भएका भारतकै ३७ वटा थप कन्टेनर र्या क कन्कोरले नै जुटाइदियो। एक हप्ताअघि हल्दियाबाट रेक हिँड्यो। यसरी चीनको तेन्जिनबाट सिंगापुर हुँदै ४३ वटा विदेशी कन्टेनर र ३७ वटा भारतीय कन्टेनर बोकेर हल्दिया बन्दरगाहबाट पहिलो खेप कार्गो नेपाल आइपुगेको हो।

'पहिलो कुरा नेपालका लागि कोलकाताबाहेक अब एउटा थप विकल्प भयो, कोलकातामा कन्जेसन (जाम) भएका बेला पहिले उपाय थिएन, अब छ,' सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालय टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, 'नजिकै एक सय सात किलोमिटरको दुरीमा रहेको हल्दिया कोलकाताभन्दा ठूलो बन्दरगाह हो, यहाँ धेरै कुरा भिन्न पनि छ।'

कोलकाताजस्तै हल्दिया पनि नदीमा आधारित जलाधारमा बनेको बन्दरगाह भए पनि त्यहाँ तुलनात्मक रुपमा ठूला जहाज आउन सक्छन्। कोलकाताको डक (जहाज उभिने घाट) ६ मिटरमात्र छ भने हल्दियामा साढे आठ मिटर छ। कोलकातामा तीन सय कन्टेनर बोक्ने जहाज मात्र आउन सक्छन् भने हल्दियामा पाँच सय कन्टेनर बोक्ने जहाज आउने गरेका छन्।

व्यापारीका अनुसार ठूला जहाजमा ल्याइने कार्गो सानोको भन्दा सस्तो पर्छ। मुख्य रुपमा कन्टेनरको सामानभन्दा बल्क कार्गो अर्थात फलाम र बोराबन्द सामानको व्यापारका लागि बढी प्रयोगमा रहेको हल्दिया बन्दरगाहको कोलकाताभन्दा क्षेत्रफल र यार्ड ठूलो छ। पोहोर एक वर्षमा हल्दियाले बल्क कार्गोबाहेक कन्टेनर पनि ८५ हजारवटा ओसारेको तथ्यांक छ। हल्दिायासँग मासिक १५ हजार कन्टेनर ओसानर्ेे क्षमता छ भने कोलकातासँग सातदेखि आठ हजार रहेको छ। वार्षिक करिब ४३ हजार कन्टेनर आयात गरेको नेपालका व्यापारीले कोलकातामा पटक–पटक कन्जेसनको समस्या भोग्ने गरेका छन्।

बन्दरगाहमा जाम हुँदा आयातकर्ताले जरिवाना तिर्नुपर्ने र सिपिङ कम्पनीलाई विलम्ब शुल्क पनि बेहोर्नुपर्ने समस्याबाट निस्किन व्यापारीले कोलकाताको विकल्पको कुरा गर्दै आएको केडिया बताउँछन्। अझ जाडो याममा बन्दरगाहमा पानीको स्तर खस्किँदा पनि आयातकर्ताउपर त्यसको शुल्क लाग्ने जस्ता अनेक खर्चभार साँघुरो बन्दरगाहको प्रयोगले पर्दै आएको व्यापारी बताउँछन्। यस्ता समस्याबाट निकासको द्वार पनि नयाँ बन्दरगाह नाका प्रयोगमा आउनाले खुल्ने उनीहरुको बुझाइ छ। नयाँ बन्दरगाहको प्रयोग सुरु भएपछि तेस्रो मुलुकको व्यापारमा रहेका जटिलता एक हदसम्म सल्टिने व्यापारीको बुझाइ छ।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...