Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

स्वीकृत नगराई धमाधम प्लटिङ

(0 votes)
स्वीकृत नगराई धमाधम प्लटिङ
चितवन- पछिल्लो समय चितवनमा घडेरी बिक्रीको कारोबार अत्याधिक बढेको छ। जग्गा किनबेच फस्टाए पनि नगर विकास समितिबाट स्वीकृत गराएर प्लटिङ गर्ने चलन सुरु हुन सकेको छैन। जग्गा व्यवसायीले आ–आफ्नै ढंगले गरेको प्लटिङमा आधारभूत मापदण्डसमेत पुर्या।एको भेटिँदैन। भूकम्प लगायत प्राकृतिक प्रकोप र अन्य मानवीय दुर्घटनाका बेला क्षति कम गर्ने उद्देश्यले तोकिएका मापदण्ड अलपत्र हुने खतरा छ।
nepali-patro-may
सहरी विकास मन्त्रालयले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ जारी गरेको छ। मापदण्डको बुँदा नं. १३ को दफा ६ को उपदफा १ मा जग्गाको ठूला कित्तालाई कित्ताकाट गरी जग्गाको कारोबार, सामूहिक आवास वा सार्वजनिक भवन निर्माण जस्ता भौतिक योजना कार्यान्वयन गर्दा स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख छ।

त्यस्तो स्वीकृति नगर विकास प्राधिकरण वा नगर विकास समिति भएमा ती निकायबाट र नभएका ठाउँमा प्राविधिक समितिको सिफारिसमा स्थानीय निकायले गर्ने उल्लेख छ। चितवनको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा नगर विकास समिति छ। पछिल्लो समय जग्गाको कारोबार यी दुई क्षेत्रमा बढी फस्टाएको छ।

'नगर विकास समितिबाट ६४ सालयता प्लटिङ गर्न कसैले स्वीकृति लिएको देखिँदैन। अस्ती भर्खर एउटाले निवेदन भने दिएको छ,' समितिका सदस्य सचिवसमेत रहेका सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनका प्रमुख सुनिलकुमार ठाकुरले भने। प्लटिङ गर्दा कुल क्षेत्रफलको १५ प्रतिशत जग्गा बाटो र बीचमा पाँच प्रतिशत जग्गा खुला क्षेत्रका लागि छुट्ट्याउनु पर्ने मापदण्डमा उल्लेख छ।

गत वर्ष वैशाखमा भूकम्म गएपछि आवास क्षेत्रमा खुला ठाउँको आवश्यकता देखिएको थियो। भूकम्प प्रतिरोधी र सुरक्षित बासस्थानका लागि आधारभूत निर्माण मापदण्ड जारी भएको हो। जसमा खुला क्षेत्रको अवधारणलाई कडाइका साथ लागू गर्ने उद्देश्य राखिएको छ। तर खुला क्षेत्र राख्न कसैले ध्यानै दिएका छैनन्। भूकम्पको त्रासदी भोगे पनि पाठ नसिकेको अवस्था छ।

खुला क्षेत्र ८० वर्ग मिटरभन्दा कम हुनु हुँदैन। त्सस्तै आठ मिटरभन्दा कम चौडाइको पनि हुनु हुँदैन। बिनास्वीकृति प्लटिङ गर्नेहरुले खुला क्षेत्रको यो मापदण्ड पूरा गरेको देखिँदैन। धमाधम हुने गरेका प्लटिङमा खुला क्षेत्र नै छैन। चितवन जिल्ला नापी कार्यालयका प्रमुख मनिप्रसाद रेग्मी दिनमा ५० भन्दा धेरै कित्ताकाँट हुने गरेका छन्। तर प्लटिङ हो भनेर कोही नआउने गरेको उनले बताए।

'९० प्रतिशत जति कित्ताकाँट ६ देखि १०/१२ धुर जग्गाका हुने गरेका छन्। अर्थात ती घडेरी नै हुन्। तर प्लटिङ भनेर आउँदैनन्, व्यक्तिगत किनबेचका हिसाबले आइरहेका हुन्छन्,' नापी प्रमुख रेग्मीले भने। घडेरी बिक्रीमा सक्रिय व्यवसायीका अनुसार अहिले जिल्लामा लगभग सय बिघा जमिनमा प्लटिङ भइरहेको छ। सञ्चार माध्यममा प्लटिङमा घडेरी बिक्री भनेरै विज्ञापन बज्ने गरेका छन्।

'मापदण्ड पूरा गर्न र स्वीकृति लिन व्यवसायी तयार नै छन्। यो लागु गराउन सरकारी निकाय तत्पर हुनुपर्ने हो। नगर विकास समिति नै सक्रिय नभएपछि व्यवसायीमात्रै कति तात्ने,' जग्गा कारोबार गर्ने संस्था नारायणी जग्गा तथा आवास व्यवसायी समितिका अध्यक्ष बाबुराम अधिकारीले भने।

'न्यूनतम ६ धुरको घडेरी र निश्चित मापदण्ड अनुरुपको बाटो कायम नभएसम्म मालपोत कार्यालयबाट जग्गा पास नै हुँदैन। तर खुला क्षेत्रको विषयमा त्यसरी कडाइ गर्न सकिने सम्भावना छैन। किनकि घडेरी त व्यक्तिले एक–एक कित्ता बेच्न पनि सक्छ। स्वीकृति नलिई प्लटिङ गरेकाले पनि त्यसरी नै बेच्छन्,' नगर विकास समितिका सदस्य सचिव ठाकुरले भने।

प्लटिङ गरेको हो भन्ने भएमात्रै पूरै मापदण्ड हेरेर काम गर्न सकिने नभए व्यक्तिले किनबेच गरे सरह नै बाटो र क्षेत्रफलको मापदण्ड हेरेर जग्गा पास गर्ने गरेको नापी कार्यालयका प्रमुख रेग्मीले बताए। 'मापदण्डसहितको प्लटिङ कायम होस भन्नका लागि स्थानीय निकाय, सरकारी निकाय र व्यवसायी बसेर छलफल गरी उपाय निकाल्दै छौं,' भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले भने।

भरतपुरमा गरिएको प्लटिङको नक्सा, जहाँ घडेरीका लागि बाटो बनाइए पनि बीचमा राख्नुपर्ने खुला क्षेत्र नै राखिएको छैन। सबै प्लटिङको हालत लगभग यही हो।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...