Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सामूहिक जमानीको ऋण ९९ प्रतिशत असुली

  • सोमबार ३ जेष्ठ, २०७३
  • विष्णु बेल्वासे
  • Be the first to comment!
(0 votes)
काठमाडौं- लघुवित्त संस्थाहरुले सामूहिक जमानीमा दिने ऋण ९९ प्रतिशत असुली हुने गरेको छ। त्यस्तो क्रृण भुक्तानीका लागि समूह नै उत्तरदायी हुने हुँदा असुलीमा समस्या नभएको हो। एक प्रतिशतमात्र सामूहिक जमानीको ऋण असुल नहुने गरेको एक सर्वेक्षणले देखाएको छ। लघुवित्तका विज्ञहरुले गरेको सर्वेक्षणले यस्तो तथ्य फेला पारेको हो।
nepali-patro-may
पहिलेपहिले सामूहिक जमानीमा दिने ऋण शतप्रतिशत असुली हुने गरेको लघुवित्तविज्ञ शंकरमान श्रेष्ठले बताए। 'अहिले पनि असुली दर औसत ९९ प्रतिशत छ,' उनले नागरिकसँग भने, 'यसले विपन्न वर्गका मानिसहरु ऋण तिर्ने मामिलामा इमानदार छन् भन्ने देखाउँछ।' थोरै रकम समूह नै जिम्मेवार भएर लिने भएकाले पनि असुलीमा समस्या नभएको उनको भनाइ छ।

करिब तीन दशकदेखि नै लघुवित्तले सामूहिक जमानीमा ऋण उपलब्ध गराउँदै आएका छन्। नेपालमा ग्रामीण समुदायमा बसोबास गरिरहेका आर्थिक दृष्टिकोणले कमजोर एवं विपन्न वर्गका परिवार र महिलाको उत्थानलाई लक्ष्य गरी यस्तो ऋण प्रवाह गरिँदै आएको श्रेष्ठले बताए।

लघुवित्त संस्थाले उपलब्ध गराएको ऋणले उद्यमशीलताको विकास र गरिबी न्यूनीकरणमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ। 'नेपालको गरिबी ४० बाट २४ प्रतिशतमा झार्न लघुवित्तको अहम् भूमिका छ,' उनले भने, 'घरदैलोमा गएर उधमशीलता एवं आत्मनिर्भर बनाउन ऋण उपलब्ध गराउने भएकाले पनि यसको प्रभावकारिता प्रतिदिन बढ्दै गएको छ।'

हाल लघुवित्त संस्थाले तीन खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिरहेको श्रेष्ठले बताए। ती संस्थाले खेती, पशुपालन, कुखुरापालन, बेमौसमी तरकारी, साना खुद्रा व्यापार र घरेलु उद्योगमा ऋण लगानी गरिरहेका छन्।

'विश्वबाट सन् २०३० सम्म गरिबी शून्यमा झार्ने लक्ष्य लिइएको छ,' उनले भने, 'उक्त लक्ष्यमा पुग्न लघुवित्तको माध्यम प्रभावकारी हुनेछ।'

हाल नेपालमा ४१ वटा लघुवित्त बैंक, २५ वटा गैरसरकारी संस्था र एक सयभन्दा बढी सहकारी संस्थाले विपन्न वर्गलाई कर्जा प्रवाह गर्दै आएका छन्। लघुवित्त संस्थामार्फत करिब १८ लाख परिवारले सेवा प्राप्त गरिरहेको उक्त सर्वेक्षणले देखाएको छ।

गरिबी न्यूनीकरण गर्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्य यी संस्था स्थापना गरिएको हो। वाणिज्य बैंक, विकास बैंकले जिल्ला सदरमुकाम वा ठूलो वजार क्षेत्रका ग्राहकलाई मात्र लक्ष्य गरेका छन्। भौगोलिक विकटता, आधुनिक प्रविधिको न्यून प्रयोग र वित्तीय साक्षरतामा कमीले गर्दा गाउँमा बैंक पुग्न सकेका छैनन्। लघुवित्त संस्थाहरुले दूरदराजका न्यून आय भएका र धितो दिन नसक्ने ग्राहकलाई लक्षित गरेर सामूहिक जमानीमा ऋण लगानी गरिरहेका छन्।

हाल ४१ लघुवित्त बैंकले ७५ जिल्लामा सेवा विस्तार गरिसकेको निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए। यी संस्थाले करिब १६ लाख ३० हजार ग्राहकलाई सेवा दिइरहेको उनले जानकारी दिए। 'लघुवित्त बैंकले ११ लाख ४० हजार ऋणीलाई ५९ अर्ब ५० करोड कर्जा लगानी गरेका छन्,' उनले भने, '१७ अर्ब ९७ करोड बचत संकलन गरेका छन्।'

लघुवित्त संस्थाहरुले सामूहिक जमानीमा पाँच लाखसम्म कर्जा लिन सक्छन्। 'समूहमा बसी क्रमशः बढ्दो अकारमा कर्जा चलाएका असल ग्राहकले उनीहरुको अघिल्ला कर्जाको उपयोगलाई हेरी बिनाधितो कर्जा लिन सक्छन्,' पन्तले भने।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई विपन्न वर्गमा चार प्रतिशत लगानी गर्न निर्देशन दिएको छ। लघुवित्तले बैंकबाट ४–६ प्रतिशतमा रकम लिन्छन र २४ प्रतिशतसम्म ब्याज लिएर लगानी गर्छन्।

लघुवित्त बैंकहरू ग्रामीण क्षेत्रमा गई काम गर्नुपर्ने हुन्छ। दुर्गम क्षेत्रमा लगानी गर्दा लागत बढी हुने भएकाले बढी ब्याज लिने गरेको उनीहरुको तर्क छ। 'लघुवित्त संस्थाले सजिलैसँग ऋण उपलब्ध गराउने भएकाले बढी ब्याज तिर्न ग्राहक तयार हुनछन्,' श्रेष्ठले भने, 'बैंकहरुबाट ऋण लिनका लागि बजारसम्म धाउनु पर्ने, जग्गा जमिन धितोमा राख्दा बढी झन्झट हुने भएकाले पनि लघुवित्तबाट ऋण लिनेको संख्या ग्रामीण क्षेत्रमा बढ्दै गएको छ।'

पछिल्लोे समयमा सीमित भौगोलिक क्षेत्रमा आवश्यकताभन्दा बढी लघु वित्त संस्थाहरु क्रियाशील छन्। अहिले एउटै समूहले २–३ संस्थाबाट ऋण लिने भएकालेे पनि असुलीमा केही समस्या आएको पन्तले बताए। 'अहिलेको चुतौती कर्जाको दोहोरोपन रहेको छ,' उनले भने, 'दोहोरोपन अन्त्यका लागि नेपाल राष्ट्र बैंकले छिट्टै नीति बनाई लागू गर्नुपर्ने हुन्छ।'

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...