Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

(0 votes)
अध्यक्षमा विजयी भएपछि शुभेच्छुकसँग फोनमा बधाई लिदै राजेन्द्र शाह । अध्यक्षमा विजयी भएपछि शुभेच्छुकसँग फोनमा बधाई लिदै राजेन्द्र शाह ।
nepali-patro-may
धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका हुन् ।

चौथो पटकको प्रयासमा अध्यक्षमा विजयी भएका शाहले ५६७ मत पाए भने पराजित अग्रवालले ५२६ मत मात्र पाए । अध्यक्षमा कुल १ हजार १ सय २६ मत खसेको थियो । जसमध्ये २१ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्र शर्माले जानकारी दिए। विजयी शाहलाई कांग्रेस र एमाओवादीको साथ थियो भने अग्रवाललाई एमालेले सर्मथन गरेको थियो । यसअघि शाह लगातार ३ पटक अध्यक्षमा उम्मेद्वारी दिएर पनि जित हासिल गरेका थिएनन् । उनी यसअघि अशोक ताम्रकार, मोहनकाजी शाक्य र सरोज श्रेष्ठसँग अध्यक्ष पदमा पराजित भएका थिए । अध्यक्षमा पराजित अग्रवाल संघका प्रथम उपाध्यक्ष थिए । उनी कर तथा राजश्व विज्ञकारुपमा परिचित छन् । यसअघि उनले कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका थिए । अध्यक्ष पदका लागि उनी योग्य भनिएपनि मतपरिणाम भने उनको विपक्षमा गयो ।

यसैगरी, वाणिज्यतर्फको ८ सदस्यमा नविन राजभण्डारी (४१३ मत), गिरीधारी सापकोटा (४०७ मत), मनोज श्रेष्ठ (३६९), उपेन्द्र चाम्लिङ (३३० मत), किसन मास्के (३२१), मानबहादुर विश्वकर्मा (३०१) र किरणकुमार अग्रवाल (२९७) मत ल्याएर विजयी भए । राजेश अग्रवाल र शशी शाहले समान २९५ मत ल्याएपछि गोलाप्रथामा राजेश अग्रवाल विजयी भए । वाणिज्यमा ८ सदस्य पद भएपनि कुल २२ जनाले उम्मेद्वारी दिएका थिए । वाणिज्यमै महिला सदस्यतर्फ २९९ मत ल्याएर शुभेच्छा अधिकारी श्रेष्ठ विजयी भइन् । एक जना महिला सदस्यमा ४ जनाको उम्मेद्वारी परेको थियो ।

यस्तै, उद्योगतर्फ सदस्यमा भएको मतदानबाट विजय श्रेष्ठ (१९४), महेन्द्र प्रधान (१७०), शिवराज श्रेष्ठ (१६३) र पियुष आचार्य (१५७) विजयी भए । मतदान पुर्व उद्योगतर्फका महिला सदस्यमा विमला श्रेष्ठ, एशोसिएटतर्फको २ जना सदस्यमा अनिल अग्रवाल र सञ्जय अटल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगत संघतर्फको सदस्यमा दिपक श्रेष्ठ पनि निर्विरोध चयन भएका थिए ।

संघमा कुल १ हजार २ सय ९६ जना मतदाता सदस्य छन् । ती मध्ये वाणिज्यतर्फ ८ सय ९१, उद्योगतर्फ ३ सय ६५, एशोसिएटतर्फ २८ र वस्तुगततर्फ १२ सदस्य संख्या छन् । निर्वाचित समितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ भने सदस्यमध्येबाटै प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...