Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

(0 votes)
पहिलो पटक हल्दिया बन्दरगह नाकाबाट तेस्रो मुलुकको सामान बोकेर आएका कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा। तस्बिरः रितेश त्रिपाठी पहिलो पटक हल्दिया बन्दरगह नाकाबाट तेस्रो मुलुकको सामान बोकेर आएका कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा। तस्बिरः रितेश त्रिपाठी
वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको एउटा खेप वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ। सन् १९५० को सन्धिअनुसार भारतले प्रयोग गर्न दिएको एकमात्र कोलकता बन्दरगाहमा मात्रै आश्रीत नेपालका लागि तेस्रो मेलुकको व्यापारमा सघाउ हुनेगरि ६६ वर्षपछि अर्को बन्दरगाह प्रयोगमा आएको छ।
nepali-patro-may

सुक्खा बन्दरगाह भन्सार कार्यालयकाअनुसार हल्दियाबाट कन्टेनर बोकेको रेल गत आइतबार यहाँ आइपुगेको हो। 'आयातकर्ता नेपाली व्यापारी, व्यावसायीका लागि यो सुखद क्षण हो,' वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले नागरिकन्युजसँग भने, 'नेपालको ब्यपारमा एउटा नयाँ अध्याय सुरु भएको भन्न सकिन्छ। यसको खबरले एउटा तरंग पैदा गर्नेछ।'
haldia.jpg

हल्दिया बन्दरगाह प्रयोगको लागि नेपाल र भारतबीच सैद्धान्तिक सहमतिपछि सरकारी तहमा अनेक चरणको औपचारिकता पूरा गर्न चार बर्ष लाग्यो। यो बन्दरगाह नाका नेपाली व्यपारको लागि भारतले खुला गरेपनि प्रयोगमा आउन सकेको थिएन। प्रयोगमा ल्याउनका लागि कम्तिमा एक खेपको 'रेक'को लागि चाहिने ८० देखी ९० वटा कन्टेनर संख्या पुग्नु पर्ने थियो र नयाँ ठाउँमा प्रक्रिया मिलाउनु पर्ने थियो।

'नेपालको लागि कोलकता बाहेक अब एउटा थप विकल्प भयो, कोलकतामा जाम भएको बेला पहिले उपाय थिएन, अब छ,' सुक्खाबन्दरगाह संचालन गर्ने कम्पनी हिमालय टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने, 'नजिकै १ सय ७ किलोमिटरको दुरीमा रहेको हल्दिया भनेको कोलकताभन्दा ठूलो बन्दरगाह पनि हो, यहाँ धेरै कुरा भिन्न पनि छ।'
IMG 1904
कोलकताजस्तै हल्दिया पनि नदीमा आधारित जलाधारमा बनेको बन्दरगाह भए पनि त्यहाँ तुलतात्मक रुपमा ठूला जहाज आउन सक्ने उनले बताए। कोलकताको 'डक' (जहाज उभिने घाट) ६ मटिर मात्र छ भने हल्दियामा साढे ८ मिटर छ। कोलकतामा ३ सय कन्टेनर बोक्ने जहाज मात्र आउन सक्छ भने हल्दियामा ५ सय कन्टेनर बोक्ने जहाज आउने गरेका छन्। व्यपारीहरुका अनुसार ठूला जहाजमा ल्याइने कार्गो सानोकोभन्दा सस्तो पर्ने गरेको छ। मुख्यरुपमा कन्टेनरको समानभन्दा बल्क कार्गो अर्थात फलाम र बोराबन्द सामानको ब्यपारको लागि बढी प्रयोगमा रहेको हल्दिया बन्दरगाहको कोलकताभन्दा क्षेत्रफल र यार्ड ठूलो छ।

नयाँ बन्दरगाहको प्रयोग सुरु भएपछि तेस्रो मुलुकको व्यपारमा रहेको जटिलता एक हदसम्म कम हुने व्यपारीहरुको बुझाई छ।

प्रतिक्रिया

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

खानेपानी ट्यांकर निर्देशिका बनाउन बोर्ड अक्षम

काठमाडौं- ट्यांकरबाट खानेपानी वितरण गर्ने व्यवसायीले उपभोक्तामाथि गम्भीर खेलबाड गरे पनि सरकारी निकायले निर्देशिकासमेत बनाउन नसकेको पाइएको छ। खानेपानी ट्यांकर व्यवसायीले निर्देशिका लागू गर्न माग गरेको लामो समय हुँदा पनि...

अर्को बन्दरगाहबाट आयात सुरु

अर्को बन्दरगाहबाट आयात सुरु

वीरगन्ज- नेपालका आयातकर्ता व्यापारी, उद्योगीले वर्षौंदेखि गर्दै आएको कोलकाता बन्दरगाहको विकल्पको खोजी पूरा भएको छ। कोलकातादेखि एक सय सात किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक र्यााक (८० कन्टेनर)...

भुक्तानी नपाउँदा उखु किसान मारमा

भुक्तानी नपाउँदा उखु किसान मारमा

रौतहट/वीरगन्ज/सर्लाही/महोत्तरी- रौतहट भलोहियाका उखु किसान अशोक साहलाई चार छोराछोरीलाई राम्रो शिक्षा दिन धौधौ परेको छ। उखु बेचेको दुई वर्ष बितिसक्दा पनि चिनीमिलले पैसा उपलब्ध नगराउँदा आफ्ना छोराछोरीलाई स्तरीय शिक्षाबाट बञ्चित...

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

अर्थतन्त्रमा गति दिने कानुन ल्याउः निजी क्षेत्र

काठमाडौं– निजी क्षेत्रले पटकपटक संविधान परिवर्तन भइरहे पनि देशको अर्थतन्त्रलाई गतिशील बनाउने ऐन–कानुन बन्न नसकेको गुनासो गरेको छ । वर्षौंदेखि कानुन नबन्दा उद्योग, व्यवसायमा असर परेको भन्दै निजी क्षेत्रका अगुवाले...

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

पिउन अयोग्य पानी बेच्दै ट्यांकर

काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने 'अधिक एमोनिया' युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु...

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

खुल्यो अर्को बन्दरगाहः हल्दियाबाट वीरगन्ज अायो कार्गो

वीरगंज-नेपालका आयातकर्ता व्यपारी/उद्योगीले बर्षौंदेखी गर्दै आएको कोलकता बन्दरगाहको बिकल्पको खोजी पूरा भएको छ। कोलकतादेखी १ सय ७ किलोमिटर पश्चिममा रहेको पश्चिम बंगालकै हल्दिया बन्दरगाहबाट पहिलोपटक एक रेक अर्थात ८० कन्टेनरको...

६ बैंकको नाफा एक अर्ब नाघ्यो

६ बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं–मुलुकमा उत्पन्न प्रतिकूल अवस्थाका बाबजुद ६ वटा बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीको असर बैंकको नाफामा नपरेकाले...

सुनसरी उद्योग वाणिज्य संघमा  शाह विजयी

सुनसरी उद्योग वाणिज्य संघमा शाह विजयी

धरान–सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा राजेन्द्र शाह निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी कृष्णकुमार अग्रवाललाई ४१ मतअन्तरले हराउँदै शाह आगामी ३ बर्षको लागि अध्यक्षमा निवार्चित भएका...