Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

जंगल बोई

(0 votes)
जंगल बोई
'द जंगल बुक' कथानक र कम्प्युटर प्रविधिको उच्चतम प्रयोगका कारण निकै चर्चामा आयो। केही सातादेखि जंगल बुकले मात्र चर्चा कमाएको छैन। चर्चा कमाएको अर्को विषय हो जंगल बोई। जंगल बोई अर्थात जंगल बुकको मूल पात्र नील सेठी। जंगल बुकसँगै नील राता रात स्टार भए। मोग्ली बनेर अभिनय गरेका नील सेठी बाह्र वर्षका भए। जंगल बुकको लोभलाग्दो अभिनयले उनी अहिले सबैको नजरमा परेका छन्। उनको अभिनय कलालाई समीक्षकहरुले पनि राम्रैसँग प्रशंसा गरिरहेका छन्।


nepali-patro-may
फिल्ममा नील जंगली अवस्थामा हुर्किएको एक बेबारिसे बालकको रुपमा देखिएका छन्। एउटा बालक र जंगली जनावरसँगको उसको सम्बन्धलाई फिल्ममा उतारिएको छ। फिल्ममा उनी जंगली ब्वाँसाहरुको झुन्डमा हुर्कन्छन्। शेर खान नामको बाघको आतंकपछि मानव डमरु मोग्ली ब्वाँसाहरुसँग छुट्टिए पछिको जंगली रोमाञ्चलाई फिल्ममा सजीव रुपमा देखाइएको छ। त्यो बाहेक फिल्ममा बाघ, चितुवा, सर्प र बाँदर लगायतका पात्रहरु प्रशस्त छन्। ती जनावरसँग उसले तीता मीठा घटनाहरु संगाल्न पुग्छ।

फिल्ममा नील एकमात्र मानव पात्र हुन्। नीलका प्राय दृश्यहरु ब्लु स्त्रि्कन अगाडी खिचिएको थियो। ब्लु स्त्रि्कनले स्टुडियोमा खिचिएको दृश्यलाई अन्य फुटेज वा फिल्मका छुट्टा छुट्टै दृश्यलाई एकै ठाउँमा समेटेर प्रस्तुत गर्न सहयोग गर्छ। उनले फिल्मका लागि पुतली र डमी सामाग्रीसँग अभिनय गरेका थिए। पछि फिल्मलाई जीवन्त दिन ती पुतली र डमी सामाग्रीलाई कम्प्युटरमार्फत जनावर पात्र र जंगलका दृश्यका रुपमा रुपान्तरण गरिएको थियो।

नीलले बलू नामको भालुपात्रसँगको दृश्य सुटिङका समयमा खुबै रमाएछन्। उक्त दृश्यमा नील गीत गाउँदै बलूको पेटमा तैरंदै नदी पार गर्छन्। त्यो दृश्य खासमा सानो पानी कुन्डमा खिचिएको थियो। नील भन्छन्, 'त्यहाँ ठूलो प्लास्टिकसँगै माथिपट्टि खैरो कार्पेट राखिएको थियो। पानीमा भिजेको कार्पेट पछि बलूमा परिणत गरियो।'

चार वर्षको उमेरमा तेक्वान्दो सिकेका नीलले फिल्ममा प्राय स्टन्टहरु आफैले गरेका हुन्। फिल्मकै लागि उनले एथ्लेटिक क्रियाकलाप गरे। उनी भन्छन्, 'म कहिले कुदेथेँ, कहिले उफ्रन्थें। आफूलाई मनलाग्दी गर्थें। यसो गर्दा मोग्ली बन्न मलाई गाह्रो भएन।' भारतीय मूलका नील न्यूयोर्क सिटीमा हुर्केका हुन्। न्यूयोर्क सिटी र फिल्ममा देखाइएको जंगलमा आकाश पाताल फरक छ। यती हुँदा हुँदै पनि आफू र मोग्लीसँग धेरै मिल्दा कुरा भएको नील बताउँछन्। उनी भन्छन्, 'मोग्ली र म उस्तै उस्तै छौं। त्यसैले पात्रमा केही परिवर्तन छैन। हामी दुवैजना हठी, रोमाञ्चकारी र उर्जावान छौं।'

जंगल बुकका लागि नील कसरी छानिए भनेर धेरैलाई जिज्ञासा लाग्दो हो। नील अमेरिका, न्यूजिल्यान्ड, क्यानडा लगायतका देशका दुई हजार बालबालिकाहरुबाट छानिएका थिए। भेराइटीसँगको कुराकानीमा निर्देशक जोन फ्याब्रिउले फिल्मका लागि उपयुक्त कलाकार छान्नु निकै चुनौतिपूर्ण रहेको बताएका छन्। फ्याब्रिउले भनेका छन्, 'नील निकै प्रतिभाशाली छ। नीलको भावभंगी र शारिरिक विशेषता सन् १९६७ को जंगल बुकको मोग्ली एनिमेसनसँग मिल्दो थियो। त्यसैले उसलाई छान्यौं।' रमाइलो कुरा त के छ भने नीलले फिल्म खेल्नुअघि 'द जंगल बुक' किताब पढेका थिएनन्। अडिसन पछि मात्र उनले एकप्रति किने र पहिलो पटक पढे। १९६७ को एनिमेसन उनले अडिसन अघिमात्र हेरेका थए रे। फ्याब्रिउ अडिसनका समयका उनको अभिनयबाट प्रभावित भएका थिए। २०१४ मा जंगल बुकमा नील सेठी खेल्नेबारे खुलाइएको थियो।

जंगल बुक खेल्नु अघि नील 'दिवाली' नामको छोटो फिल्ममा देखिएका थिए। फिल्ममा नील बाहेक बेन किंस्ली, इद्रिस एल्बा, स्कार्लेट जोन्सन र बिल मुर्रे लगायतका हलिउड सेलेब्रिटिहरुले विभिन्न जनावरको आवाज दिएका छन्।

'जंगल बुक पछि के त?'

'म पछि गएर डेन्टिस्ट बन्ने सोच राखेको छु।', न्यूयोर्क डेलीसँगको केही महिना अघिको अन्तवार्तामा उनले भनेका थिए। उनी डेन्टिस्ट बन्नेबारे केहीले उनी कलिलै भएर यस्तो भनेको बताएका छन्। किनकी नीलका बुबा–आमा दुवैजना डेन्टिस्ट हुन्।

खबरलाई सही मान्ने हो भने उनी जंगल बुकको दोस्रो शृंखलामा पनि आउँदैछन्। हलिउड रिर्पोटरका अनुसार डिज्नेले यसको सिक्वेलबारे प्रक्रिया अगाडी बढाइरहेको छ। तर पनि आधिकारिक रुपमा बताइएको छैन्। नीललाई यसको सिक्वेलमा हेर्न आतुर उनका प्रशंसकहरु टि्वीटर र फेसबुक लगायतका सामाजिक सञ्जालमा भिडिरहेका छन्। नीललाई नै राख्न निर्देशकलाई दबाब दिइरहेका छन्। 'मलाई 'जंगल बुक २' गर्न मन लागेको छ', इन्डिपेन्डेन्टसँगको एक अन्तवार्तामा उनले भनेका छन्, 'मलाई थाहा छैन डिज्नेले के सोचेको छ। तर म मोग्लीको रुपमा खेलिरहनेछु र मलाई नयाँ सुपरहिरो फिल्म पनि खेल्न मन लागेको छ।' जंगल बुकको सिक्वेल आउला नआउला त्यो त हेर्न बाँकी नै छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...