Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सुरु भयो ‘जिरो जिरो जेड'

(0 votes)
सुरु भयो ‘जिरो जिरो जेड'
काठमाडौं– पूर्णिमाको रात टिभीमा लिभरपुल र चेल्सीको म्याच चलिरहेको छ। लिभरपुलका फ्यान नवीन खड्का म्याच हेर्दै फोनमा बाजी लगाइरहेका छन्। एक्कासि लोडसेडिङ हुन्छ र अँध्यारोमा काकडभित्ताबाट काठमाडौँ भित्रिँदै गरेकी फेसबुकमार्फत् चिनजान भएकी युवतीलाई भेट्न जाने तयारी गरिरहँदा गस्तीमा रहेको पुलिसहरुबाट नवीन घेरिन्छन्। गोदामछेउ एउटा युवक झुन्डिएर आत्महत्या गरेपछि उनीसँग सोधपुछ सुरु हुन्छ। यो सोधपुछसँगै डेढ घन्टा कसरी बित्छ, स्वयं दर्शकले नै पत्तो पाउँदैनन्।
nepali-patro-may
दयाहाङ राईद्वारा लिखित तथा निर्देशित ‘जिरो जिरो जेड' नामक नाटक शुक्रबारदेखि मण्डला थियटरमा मञ्चन भइरहेको छ। नाटकको रोचक पक्ष यसको संवाद र दर्शकलाई हँसाउन बाध्य पार्ने कलाकारको प्रस्तुति नै हो। दर्शकलाई छक्क पार्ने अर्को पक्ष चाहिँ लासको पनि कथा अनौठो तरिकाले पस्किनु हो।
एक रातमा तीन फरक चरित्रको मनोदशालाई प्रष्ट्याउन निर्देशक सफल छन्। मुख्य पात्रहरु नवीन (मोहम्मद नाजिर हुसेन), हवल्दार (भाष्कर ओली)  र सिपाही (रियर राई)ले एक रात झुन्डिएको लासलाई पहरा दिएर बिताउँदा सिर्जना भएको घटनाक्रममा नाटक केन्द्रित छ। हवल्दारले रिटायर हुन एक दिन बाँकी हुँदा पहिलोपटक लास कुर्नु पर्दाको पीडालाई हास्यात्मक बनाइएको छ।
अफिसमा दिउँसो सानोतिनो जागिर खाने र राति पहरा दिने दोहोरो काम गरिरहेको भर्खरको युवामा फेसबुकमार्फत् अंकुराउँदै गरेको प्रेमको हत्या त्यही रात कसरी हुन्छ भन्ने देखाउन उपहारका लागि तयार पारिएको एउटा बक्स फुटाइन्छ। त्यस्तै जागिरका अन्तिम दिनमा जीवनमा कहिल्यै गर्नु नपरेको लास कुर्ने कामबाट एक जना हवल्दार र उसको सहयोगी सिपाही एकअर्कालाई घृणा गरे पनि घटनाक्रमले उनीहरुबीच कसरी सहकार्य गर्न बाध्य पार्छ भन्ने मीठो बन्धन पनि बुनिएको छ।
साम्तेन भुटियाले परिकल्पना गरेको स्टेजले शहरको एउटा कुनालाई प्रतिनिधित्व गरेको छ। नाटक मञ्चनका लागि कलाकारहरुले तीन हप्ताको रिहर्सल गरेका थिए। अभिनेता मोहमद नाजिर हुसेन, भाष्कर ओली र रियर राईलाई विकास जोशी, सुरज यादव, संयोग गुरागाईं, शक्ति राई, अमर भण्डारी, दिलजंग गुरुङ र इँगिहोपो कोइँच सुनुवार लगायतले अभिनयमा साथ दिएका छन्। विजय बराल र हुम बिसीले मञ्च निर्माण गरेका छन्। त्यस्तै बुद्धिराम तामाङ र अंकित खड्काले प्रकाश, वाल्मीकि पोखरेल र आदित्य कटवालले ध्वनि, मोहमद नाजिर हुसेनले भेषभूषामा कला देखाएका छन्। नाटक आगामी चैत्र १८ सम्म मञ्चन हुनेछ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...