Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

istl

गुरुकुलको 'कथा नालापानीको' नाटक अष्ट्रेलियामा मञ्चन हुँदै

(0 votes)
गुरुकुलको 'कथा नालापानीको' नाटक अष्ट्रेलियामा मञ्चन हुँदै
काठमाडौं- चर्चित नालापानीको खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले नेपाली सिपाही, महिला र केटाकेटीसहितको छ सय जनाको टोलीले लडेको नालापानीको युद्ध नाटकमार्फत मञ्चन हुँदैछ।
nepali-patro-may
नालापानी युद्धको सम्झना गर्दै आरोहण गुरुकुल थियटरले 'कथा नालापानीको' नामक नाटक अष्ट्रेलियामा मञ्चन गर्दैछ। निर्देशक सुनिल पोखरेलले निर्देशन गरिरहेको नाटकको रिहर्सल चलिरहेको छ। वीर बलभद्र कुँवरको नेतृत्वमा नालापानी युद्धको तयारी हुँदैछ। वीर बलभद्र कुँवरको भूमिका निर्वाह गर्न लागेका राजकुमार पुडासैनी लाई अभिनेत्रीहरु निशा शर्मा, सरिता गिरी र अर्जुन बिसीले साथ दिइरहेका छन्।

नालापानीको युद्ध भएको दुई सय वर्ष पुगेको अवसर गुरुकुल थियटरले अष्ट्रेलियाको गोर्खा नेपाली समुदायसँग सहकार्य गरेर नाटक मञ्चन गर्दैछ। शंकर रिजालले लेखेको नाटक करिब एक घण्टा लामो हुनेछ। 'नालापानी युद्धको दुई सय वर्ष पुगेको अवसरमा अष्ट्रेलियामा बस्ने नेपाली साथीको सहकार्यमा नाटकको मञ्चनको तयारी भइरहेको छ। संसारभर नेपालको इज्जत र प्रतिष्ठाको बोकेको यस कथाको नालापानीमा वीर नेपालीले युद्ध लडेको प्रसंगमात्र नाटकमा समावेश गरिएको छ। नाटकमा गुरुकुलका कलाकार र अष्ट्रेलियामा बस्ने नेपालीले अभिनय गर्नेछन्,' निर्देशक पोखरेलले भने।

आगामी वैशाख १९ मा सिड्नीको योर्क थियटरमा नाटक मञ्चन हुँदैछ। नाटक मञ्चनका लागि गुरुकुलमा सुनिल पोखरेलसहित निशा शर्मा, सरिता गिरी, राजकुमार पुडासैनी र अर्जुन बिसी वैशाखको दोस्रो साता अष्ट्रेलिया उड्दैछन्। १५ दिने अष्ट्रेलिया बसाईमा गुरुकुलका कलाकारले सिड्नीबाहेक मेल्बर्नमा समेत नाटक मञ्चन गर्ने जानकारी निर्देशक पोखरेलले गराए।

'केही दिनदेखि रिहर्सलमा व्यस्त भएका छौं। अष्ट्रेलियामा नाटक मञ्चन गरेपछि नेपालमा पनि नाटक मञ्चन गर्ने सोचमा छौं। नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको यस नाटक अष्ट्रेलियाको सिड्नी र मेल्बर्नमा मञ्चन हुने भएकाले गुरुकुलका कलाकार र अष्ट्रेलियामा रहेका नेपालीले नाटकमा अभिनय गर्नेछन्।'

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...