Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

उरुषा संस्कृति सुन्दरी

(0 votes)
काठमाडौं– 'मिस नेपाल कल्चर' दोस्रो संस्करणको उपाधि रानीबारी सामाखुसी, काठमाडौंकी २४ वर्षीया उरुषा जोशीले जितेकी छिन्। सोमबार साँझ राजधानीको सांस्कृतिक संस्थान नाचघरमा सम्पन्न सो प्रतियोगितामा उनले उपाधि सहित चाँदीको ताज, फोक्सवागनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन्। यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सदभावदूतको उपाधि समेत जोशीले हासिल गरेकी छिन्।
nepali-patro-may
प्रतियोगितामा २८ प्रतियोगी सहभागी थिए । जस मध्यबाट रबिभवन, काठमाडौंकी १७ वर्षकी परिसी कारञ्जितले फस्ट रनर अपको उपाधि सहित विभिन्न उपहार हासिल गरिन्। यस्तै बिराटनगरकी २० वर्षीया बाला नेपालीले सेकेन्ड रनरअपसहित भ्युवर्स च्वाईस र मेनेजमेन्ट च्वाईसको उपाधि पनि हासिल गरिन् ।

युहान ईन्टरनेशनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सह आयोजना र विलक्षण क्रियसनको व्यवस्थापन सहयोगमा सम्पन्न सो प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि रोजमेरी रिजालले जितिन् । यस्तै बेष्ट पर्सनालिटीको उपाधि सोनाली हमालले, मिस कन्जिनियालिटीको उपाधि केनु प्रसाईले, पब्लिक च्वाईसको उपाधि सोना शेर्पाले, मिस फोटो जेनिकको उपाधि श्वेता मिश्रले प्राप्त गरे । सोही प्रतियोगितामा बेष्ट स्किनको उपाधि सुप्रिया श्रेष्ठले र बेष्ट वाकको उपाधि सुप्रभा कुँवरले जितिन् ।

संस्कृतिक संस्थानका अध्यक्ष उधोग राईको सभापतित्वमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य निर्देशन विजय मानन्धरले गरेका थिए ।

युहान इन्टरनेशलनका प्रबन्ध निर्देशक सानु खानको परिकल्पनामा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, निर्देशक दिनेश डिसी, अभिनेता गजित बिष्ट, द्धन्द्ध निर्देशक चन्द्र पन्त, अग्रज कलाकार प्रभाकरदेब शर्मा, नासिर हुसेन, मिस प्लस टु नेपाल २०१५ तथा अभिनेत्री आँचल शर्मा र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।

कार्यक्रममा साँस्कृतिक संस्थानका विभिन्न कलाकारले शिब ताण्डब, मारुनी र शर्मिला नेपालले लोक नृत्य प्रस्तुत गरेका थिए । नेपाली कला संस्कृतिको संरक्षण प्रवर्धनसँगै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि मिस नेपाल कल्चर आयोजना गरिएको युहान इन्टरनेशलन इभेन्टेसकी अध्यक्ष संजिता श्रेष्ठले बताईन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...