Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

republica-headerdiscount-subscribe1

दीपेन्द्र लामा

दीपेन्द्र लामा

२०५७ सालबाट पत्रकारिता सुरु गरेका दीपेन्द्र लामा नागरिक दैनिकमा स्थापना कालदेखि आवद्ध छन्। उनी नेपाल चलचित्र समीक्षक समाजका उपाध्यक्ष हुन्।

फेसबुक: http://facebook.com/dipendralama

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

'रक्सी मान्छेले पिउँछ, जातले होइन'

चैत १९ साँझ सोल्टी होटलमा एउटा भव्य पार्टी चल्दैथियो। मिडिया क्षेत्रका केही सिनियर मदिराले मस्त भइसकेका थिए। सानो कुरामा पनि जोडजोडको हाँसो गुन्जिरहेको थियो। म जिज्ञासु बन्दै उहाँहरुको नजिक पुगेँ। मेरो हातमा जुसको गिलास देखेर उहाँहरु झन् जोडले हाँस्नुभो।

सहरकी नयाँ हिरोइन

काठमाडौं- रेखा थापाले पर्दामा पस्किने लट्काझट्का र मारधाड मन पर्छ वर्षा राउतलाई। आफू पनि कुनै दिन फिल्ममा रेखाको जस्तै धुमधडाकापूर्ण भूमिका निर्वाह गर्न चाहन्छिन् उनी। तर कस्तो संयोग, उनै वर्षाको पहिलो फिल्म 'नाइँ नभन्नू ल–४'को जम्काभेट नै रेखाको फिल्म 'रामप्यारी'सँग भइदिएको छ। दुवै फिल्म शुक्रबार रिलिज भएका छन्।

'नाइँ नभन्नू ल' नाम नै ब्रान्ड

काठमाडौं— यदि कसैले फिल्मको नामलाई नै ब्रान्ड बनाएका छन् भने, ती हुन् विकास आचार्य । निर्माता तथा निर्देशक आचार्यको फिल्म 'नाइँ नभन्नू ल'को नाम ब्रान्डका रुपमा स्थापित भइसकेको छ । आउँदो शुक्रबारदेखि यही ब्रान्डको चौथो शृंखला अर्थात् फिल्म 'नाइँ नभन्नू ल–४' रिलिज हुँदैछ।

'थाङ्का कलाको माग बढ्दो छ'

नेपाली परम्परागत र मौलिक कला मानिने थाङ्का चित्रको व्यापार र माग बढेकोमा खुसी छन् कलाकार निमा घ्याम्छो लामा। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रहेका कलाकार निमा भन्छन्, 'तर यो कलाप्रति नयाँ पुस्ताको रुचि घट्दै गएकोमा भने दुःखी छु।'

बेगनासमा तैरियो 'पुरानो डुंगा'

  • कला
पोखरा-बेगनास तालको मध्यभागमा तैरिरहेको डुंगा उत्तरी किनारतिर आउँदैथियो । १५ जना जति अट्ने उक्त डुंगा (प्याडल बोट) नजिकिँदै गएपछि त्यसमा सवार यात्रीहरुको परिचय खुल्दैगयो । डुंगाका दुई चालकमध्ये एक थिए अभिनेता दयाहाङ राई । उनी आफ्नो खुट्टाले असिनपसिन हुँदै डुंगाको प्याडल चाल्दैथिए । बेलाबेला प्याडलको लयसँग मेल नखाँदा उनको खुट्टा चिप्लिरहन्थ्यो।


राजुलाई फाप्यो ६ नम्बर

बेल्जियन प्रशिक्षक प्याटि्रक ओजेम्सले नै साग फुटबलसम्म नेपाली टिमलाई हेर्ने भन्ने थियो। तर उनी भारतमा भएको साफ च्याम्पियनसिपपछि घर फर्के, नेपाल आएनन्। त्यसपछि एन्फाले साग खेलकुदको मिसन सम्हाल्न ५५ वर्षे राजु शाक्यलाई नै प्रशिक्षक बनायो।

बाह्र वर्गका आआफ्नै चरित्र

  • विचार
नेपालका तामाङ समुदायले मंगलबार सोनाम ल्होछार मनाउँदैछन्। तामाङ भाषामा 'ल्हो' भन्नाले वर्ष र 'छार' भन्नाले नयाँ भन्ने बुझिन्छ। त्यसैले ल्होछार तामाङहरूको नयाँ वर्ष हो। मंगलबारदेखि बाँदर वर्ष सुरु भएको छ। संयोगबस यसपालि चिनियाँ नयाँ वर्ष पनि मंगलबार नै परेको छ। चिनियाँले पनि बाँदर वर्षलाई धुमधामसँग स्वागत गरेका छन्। त्यसो त नेपालका गुरुङ समुदायले गत पुस १५ मै बाँदर वर्ष सुरु गर्दै ल्होछार मनाइसकेका छन्।

वाग्मतीमा फुल्यो रसिलो फूल

  • कला
फिल्मः पशुपति प्रसाद star
निर्देशकः दीपेन्द्र के खनाल
निर्माताः रोजिना सिटौला, रजना नापित
लेखकः खगेन्द्र लामिछाने
कलाकारः खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, वर्षा सिवाकोटी, विपिन कार्की, मिश्री थापा आदि।


'नयाँ शक्ति'मा छाउँला 'करिश्मा ?'

  • कला
काठमाडौं-शरीर उनको न दुब्लो न मोटो अर्थात् तटस्थ नै छ । उमेरलाई आफ्नो सुन्दरताले लुकाउँदै आएकी छिन्। सौन्दर्यको मामिलामा नामजस्तै करिश्मा लाग्छिन् उनी। तर आइतबार काठमाडौंमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आधुनिक 'बटालियन'सँग प्रकट भएपछि अभिनेत्री करिश्मा मानन्धरको वैचारिक तटस्थता भंग भएको छ भने राजनीतिक आस्था उदांगिएको छ। उनको तन छोटै कपडाले छोपिएला, मन चाहिँ जतिसुकै लामो कपडाले पनि ढाकिन मुश्किल छ।


हिरोइनलाई चिसो लाग्दैन ?

  • कला

फिल्म 'कबड्डी कबड्डी'को टिमले चिसो साँझमा सफलताको न्यानोपन बाँड्दैथियो। थरीथरीका पहिरनमा झुल्किए एकसेएक सेलिब्रिटीहरु। तर सबैभन्दा बढी ध्यान खिच्न सफल भइन् अभिनेत्री प्रियंका कार्की। 'कबड्डी कबड्डी'मा गेस्ट रोल गरे पनि पार्टीमा चाहिँ उनी हावी भइन्।

प्रियंका सबैको आँखाबाट घेरिनुको कारण थियो उनको छोटो पहिरन। झट्ट हेर्दा 'पेग'माथि 'पेग' थप्नेहरुले चिसोलाई च्यालेन्ज दिएका झैं देखिन्थे। तर, सबैभन्दा गतिलो च्यालेन्ज दिएकी थिइन् प्रियंकाले।

प्रियंकाको शरीर पनि हाड र मासुले नै बनेको हो। उनलाई जाडो नलाग्ने कुरै भएन। तैपनि चिसो खप्दै आफू 'हट्' बनेर माहौललाई तताउन सकेकोमा उनको तारिफ गर्नैपर्थ्यो। आफ्नो भुवादार कोट कुन कुर्सीमा लट्किरहेको थियो, उनले बिर्सिएकी थिइन्।

Subscribe to this RSS feed