Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

मुन्धुम गायकको फराकिलो यात्रा

(0 votes)
मुन्धुम गायकको फराकिलो यात्रा
काठमाडौं- गायक ब्रबिम सेर्मा लिम्बु 'कुसाङ' नामक नयाँ एल्बम लिएर श्रोतामाझ प्रस्तुत भएका छन्। २०६० सालमा 'चेसुङ' एल्बमबाट यात्रा थालेका उनको यो सातौं एकल एल्बम हो। यसमा आठवटा लिम्बु र पाँचवटा नेपाली गीत समावेश छन्।

nepali-patro-may
हरेक दुई वर्षको अन्तरमा एल्बम निकाल्दै आएका कुसाङले यसअघि २०६२ सालमा 'इङघङ', २०६४ मा 'मुन्धुम', २०६६ मा 'किराती साम्लोहा', २०६८ मा 'किराती याक्थुङ साम्लोहा' र २०७० मा 'ब्रबिमको सेवारो' ल्याएका थिए। अघिल्ला पाँचवटा एल्बममा मुन्धुम र किरात संस्कृतिमा आधारित लिम्बु भाषाका गीत सुन्न पाइन्थ्यो। छैटौं एल्बम 'ब्रबिमको सेवारो'देखि उनले नेपाली भाषाका गीत पनि समेट्न थालेका हुन्।

मुन्धुममा आधारित गीत गाएर 'मुन्धुम गायक'को छुट्टै पहिचान बनाएका ब्रबिम अब आफूलाई सबै समुदायका श्रोतामाझ परिचित गराउन चाहन्छन्। त्यसैले उनले पछिल्लो समयमा नेपाली भाषाको गीतलाई पनि प्राथमिकता दिन थालेका छन्।

तर, त्यसो भन्दैमा मुन्धुमलाई चटक्कै बिर्सने पक्षमा उनी छैनन्। 'मुन्धुमका दर्शनहरु अथाह छन्, तिनलाई म गाउँदै जानेछु,' ब्रबिमले भने, 'मानवको उत्पत्ति, संस्कृतिको उत्पत्तिबारे अनन्त वर्णन छ मुन्धुममा, सबैलाई गीतको माध्यमबाट प्रस्तुत गर्न चाहन्छु।'

लिम्बु भाषा र संस्कृतिका गीतका श्रोता पक्कै पनि नेपाली गीतको तुलनामा कम छन्। त्यसैले नियमित एल्बम निकाल्न कठिन छ। तर, ब्रबिमले दुई–दुई वर्षको रुटिनलाई पालन गर्दै आएका छन्।

'लिम्बु समुदायका स्थापित गीतकारहरुसँग मिलेर काम गर्दै आएको छु, सबैले खर्च जुटाउँछौं,' ब्रबिमले सुनाए, 'खर्च नपुगेको अवस्थामा विदेशमा बस्ने साथीहरुले पनि सहयोग गर्छन्।' संस्कृतिमाथि काम गर्नेलाई खर्चको अभाव नहुने उनको अनुभव छ।

'कुसाङ' एल्बममा आत्मानन्द लिङ्देन, फाल्गुनन्द लिङ्देन, एनएस फागो, धनमान लिङ्देन, जानु काम्बाङ लिङ्देन, चन्द्रमान नेम्बाङ, गीता पालुङवा, डिल्लीविक्रम सेर्मा, विवश बलिभद्र कोइराला र अप्सरा सेर्माका शब्द रचना छन् भने तिनमा आइत लिम्बु, डिल्लीविक्रम सेर्मा र ब्रबिम स्वयंले संगीत दिएका छन्। एल्बमको उत्पादन तथा वितरण उनकै कम्पनी एबी किरात म्युजिक प्रालिले गरेको हो।

नाफाघाटाभन्दा पनि भाषासंस्कृतिका लागि गीत गाउँदै आएको बताउने ब्रबिमको गुजारा चाहिँ स्टेज कार्यक्रम र अरुका एल्बममा गीत गाएर सम्भव भइरहेको छ। पदमसिंह लिम्बु, गीता पालुङवा र जानु काम्बाङका एल्बमहरुमा उनले केही गीत गाउने भएका छन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...