Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

अपमानको तोडमा जन्मिएको 'गोर्खाली'

  • बिहीबार ३० बैशाख, २०७३
  • रामकुमार डिसी
  • Be the first to comment!
(0 votes)
अपमानको तोडमा जन्मिएको 'गोर्खाली'
ल्होसार मनाउन काठमाडौँ, जोरपाटीस्थित एउटा स्कुलमा भव्य मेला लाग्यो। त्यही मेलामा कर्न्सटको लागि निम्तो आयो। संगीतमा रुचि राख्ने स्कुले केटीहरूले समूह बनाए र गाए 'हाम्रो नेपाल' भन्ने गीत। २०६८ फागुनको त्यो मेलामा उनीहरूले सकेजति कला देखाए। तर, प्रतिक्रिया बिलकुल नकारात्मक आयो। उनीहरूका प्रस्तुतिलाई कतिपयले 'झुर' भने। आफ्नै स्कुले सहपाठीले 'यिनीहरूले स्कुलको नाक काटे' सम्म भनेर उडाउन भ्याए। यी सारा अपमान र बेइज्जतीलाई शक्तिमा बदल्नका लागि उनीहरूले २०७१ सालमा जन्माए– 'गोर्खाली ब्यान्ड'।
nepali-patro-may
ब्यान्डमा पाँच सदस्य छन्। साङ डोमा शेर्पा ब्यान्डकी ड्रमर हुन्। सुषमा घलान लिड गिटारिस्ट हुन् भने सिसम राई बेसिस्ट। गीता तामाङ भोकलिस्ट हुन् भने सविता थिङ रिदम गिटारिस्ट। संगीत नसिकेको तर रुचि मात्र भएका साथीहरू जम्मा भएर प्रस्तुति दिँदा केही तालमेल नमिले पनि बेइज्जतै हुने खालको 'झुर' प्रस्तुति त्यो मेलामा नदिएको डोमा बताउँछिन्। 'त्यो घटनापछि अब केही गर्नैपर्छ भन्ने इख पलायो,' उनी सम्झन्छिन्, 'मिल्ने साथीहरू जम्मा भयौँ र ब्यान्ड बनायौँ।'

ब्यान्डको नामकरण पछाडिको कथा रमाइलो छ। 'फेरि एउटा कर्न्सटमा निम्तो आयो,' सुषमाले भनिन्, 'ब्यान्ड बनाए पनि हामीले नाम जुराइसकेका थिएनौँ। कर्न्सटमा नाम भन्नुपर्ने रहेछ। नाम के राख्ने अलमलमा पर्यौँ । सञ्जय गुरुङ दाइले फ्याट्ट जुराइदिनुभयो, 'गोर्खाली गर्ल्स ब्यान्ड'।' त्यसपछि ब्यान्डले आफ्नो नाम 'गोर्खाज ब्यान्ड' राख्यो। त्यसलाई पनि परिवर्तन गरेर अहिले ब्यान्ड 'गोर्खाली' बनेको छ।

सञ्जय गुरुङलाई उनीहरू अभिभावक मान्छन्। दुःखका बेला उनीहरूलाई साथ र भरोसा दिने उनै गुरुङ हुन्। उनी आफैँ पनि संगीतप्रेमी हुन् र संगीत कर्ममै छन्। 'सञ्जय दाइले धेरै सहयोग गर्नुभयो, प्रेरणा दिनुभयो,' गीता भन्छिन्।

जताततै पुरुषको ब्यान्डको दबदबा रहेको बेला कसरी जन्मियो त उनीहरूको ब्यान्ड? केही फरक गर्ने सोचले यो सम्भव भएको बताउँछिन् सविता। 'संगीतमा केही 'युनिक' गर्न मन लाग्थ्यो,' उनले भनिन्, 'त्यही सोचले हाम्रो ब्यान्ड बन्यो, जसको सदस्य महिला थिए।'

विभिन्न जिल्लाबाट काठमाडौँ आएका उनीहरू स्कुलमार्फत ब्यान्डमा जोडिन आइपुगे। उनीहरू सबै जोरपाटीस्थित लर्ड बुद्ध सेकेन्डरी स्कुलमा पढ्थे। स्कुल कालको मित्रता आजसम्म कायम छ।

यहाँसम्म आइपुग्न उनीहरूलाई सजिलो भने भएन। प्रस्तुति राम्रै दिन सक्थे। तैपनि, उनीहरूलाई इभेन्ट म्यानेजरहरूले पत्याउँदैनथे। काम माग्दा टिकट बेचिदिनुपर्नेसम्मका कुरा आएको अनुभव सुनाउँछिन् सिसम। 'हामीलाई ठाउँ दिनुहोस् भन्दा नपत्याएर एक पटक प्रस्तुति हेरौँ भन्थे,' उनी सम्झन्छिन्, 'कतिले टिकट बेचिदिनुपर्छसम्म भने।'

प्रायाः रक गीत गाउने उनीहरूले राइजिङ स्टार स्कुलमा दुई वर्षजति संगीत सिके। सिक्ने क्रम अझै रोकिएको छैन। अहिले पनि उनीहरू दैनिक तीन घण्टा अभ्यास गर्छन्।

काठमाडौँमा विशेष अवसरमा आफ्ना प्रस्तुति दिने उनीहरू धरानदेखि बुटवलसम्म पुगेका छन्।

काठमाडौँमा एउटा कार्यक्रमको १५ हजारजति लिने उनीहरू बाहिर जाँदा भने ३० हजार रुपैयाँसम्म लिने गर्छन्। ब्यान्डको आयबाट आवश्यक बाजा किनिएको सुषमा बताउँछिन्। 'पकेट खर्चसम्म पुग्छ,' उनी भन्छिन्।

गत वर्ष वैशाखमा विनाशकारी भूकम्प गयो नेपालमा। यस्तो दुःखका बेलामा मान्छेहरूलाई सान्त्वना दिनुपर्ने ठानेर उनीहरूले एउटा गीत बनाए– 'थाहा छैन भोलि के होला?' भूकम्प गइरहेकै बेला रेकर्ड गरिएको यो गीत युट्युबमा राखेपछि हिट भएको गीताले बताइन्। उनका अनुसार 'विपद्को बेला आत्तिनु हुँदैन' भन्ने सन्देश गीतमा भएकाले पनि धेरैले हेरेका हुन सक्छन्। ब्यान्ड अहिले एल्बमको तायारी र आफ्नो दर्ता प्रक्रियामा छ। वैधानिक रूपमै ब्यान्डलाई दर्ता गरेपछि एल्बम ल्याउने तयारी भएको उनले जानकारी दिइन्।

ब्यान्ड एउटा कुराले हैरानीमा छ। त्यो हो, केटाहरूको नकारात्मक प्रतिक्रिया। 'हामीले दिएको प्रस्तुतिको भिडियो युट्युबमा राख्नेबित्तिकै केटाहरूको नकारात्मक टिप्पणी ओइरिन थाल्छ,' डोमाले भन्छिन्, 'त्यहाँ आउन प्रतिक्रिया असाध्यै अश्लील हुन्छन्। हामी आफ्नो कमजोरी सुधार्नेे सुझावको अपेक्षा गर्छौ, तर यहाँ भल्गर कमेन्टको ओइरो लाग्छ। कहिलेकाहीँ त निराश भइन्छ। तर, हामी आफूलाई सम्हाल्छौँ।' उनी पुरुषहरूको यस्तै क्षुद्र प्रवृत्तिले नेपालमा महिलाहरूको ब्यान्डले अपेक्षित प्रगति नगरेको ठान्छिन्।

ब्यान्डको एउटै प्रतिज्ञा छ– सधैँ पाँचै जना सँगै रहने। 'हामी सधैँ साथ रहनेछौँ,' गीताले भनिन्।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...