Monday 30 Mangshir, 2076 | December 15, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

नागरिक

नागरिक

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

संघीय गठबन्धनको सिंहदरबार घेराउ जारी

  • Main Story
काठमाडौं–मधेसी मोर्चासहितको संघीय गठबन्धन आज पनि सिंहदरबार घेराउलाई निरन्तरता दिएको छ। गठबन्धनका नेताहरुले हनुमानस्थान, माइतीघर मण्डला र बबरमहलमा धर्ना दिएका छन्। सरकारले आफूहरुको माग सम्वोधन नगरेको भन्दै मधेसी मोर्चासहितको संघीय गठबन्धनले जेट २ र ३ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेका थिए।

एनसेलले भन्यो- 'नेपालमा होइन, नर्वेमा तिर्छौं'

  • अर्थ
काठमाडौं- टेलिया (साबिकको टेलियासोनेरा) कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ। ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले त्यस्तो प्रतिक्रिया दिएको हो। आफ्नो कम्पनी (टेलियासोनेरा नर्वे होल्डिङ नेपाल, टिएसएनएस) नर्वेमा दर्ता भएको भन्दै उसले नेपाल र नर्वेबीच भएको कर सन्धि (डिटिए) लाई आधार बनाएर उतै कर तिर्ने जनाएको हो।


मेसी र रोनाल्डोपछिका नायक स्वारेज

  • फुटबल
बार्सिलोना- बार्सिलोनामा दुई वर्ष विताउँदा लुइस स्वारेजले ६ उपाधी जितिसकेका छन्। शनिबार बार्सिलोनाले उपाधी रक्षा गर्दा स्वारेजले सहयात्री लियोनेल मेसी र रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई छाँयामा पार्नाका साथै आफ्ना आलोचकको मुख पनि टालिदिएका छन्।

कलैया फाइनलमा

काठमाडौं- सुनिल धमलाले ब्याटिङ र अभिनाष कर्ण बलिङमा उच्च प्रदर्शन गरेपछि कलैया क्रिकेट क्लब जगशक्ति सांसद कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।

हिग्विनको नयाँ कीर्तिमान

  • फुटबल

रोम- गोन्जालो हिग्विनले इटालियन सिरी 'ए' को एउटै सिजनमा सर्वाधिक गोलको कीर्तिमान बनाएको दिन नेपोलीले शनिबार रेलिगेसनमा परिसकेको फ्रोसिनोनेमाथि ४–० को जित हासिल गर्दै आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।


क्याथफोर्डलाई सितेशको प्रेरणा

काठमाडौं- सितेश तिवारीको अविजित ४१ रनप्रेरित क्याथफोर्ड कलेजले आइतबार थेम्स अन्तर कलेज कप क्रिकेट प्रतियोगितामा महेन्द्र मल्टिपल क्याम्पसलाई ७ विकेटले पराजित गरेको छ। भक्तपुरस्थित सैनिक आवासिय विद्यालयमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्र मल्टिपल क्याम्पसले १८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्न सकेको थियो। १ सय ३८ रनको लक्ष्य क्याथफोर्डले ३ बल अघि ३ विकेट गुमाएर पूरा गरेको थियो।


हैदराबाद शीर्ष स्थानमा

मोहाली- कप्तान डेभिड वार्नरको अर्धशतकप्रेरित सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिगमा आइतबार किङ्स ११ पन्जावलाई ७ विकेटले पराजित गरेको छ।

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्।

चट्याङले दुई युवतीको मृत्यु, एक घाइते

  • देश
तनहुँ- जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ । गुलाबी राना शक्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जानकारी प्राप्त भएको छ ।


जापानको जङ्गलमा भेटियो नेपालीको शव

जापान- कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ ।


Subscribe to this RSS feed