Monday 19 Shrawn, 2077 | August 03, 2020
Menu

कला

republica-headerdiscount-subscribe1

istl

स्वस्थानी मेलामा 'झोला' देखाइने

(0 votes)
साँखुमा 'झोला' देखाउन अस्थायी टहरा बनाइँदै। साँखुमा 'झोला' देखाउन अस्थायी टहरा बनाइँदै।
काठमाडौं- स्वस्थानी मेलाको अवसर पारेर साँखुमा फिल्म 'झोला'को नियमित प्रदर्शन हुने भएको छ। पुस २१ देखि माघ २० गतेसम्म साँखुमा चल्ने मेलामा 'झोला' नियमित देखाइन लागेको हो। मंगलबार माधवनारायण स्वस्थानी ब्रत तथा शाली नदी सुधार समितिको अध्यक्ष दिलिपकुमार श्रेष्ठ र फिल्म निर्देशक यादवकुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका थिए। शाली नदी किनारमा चल्ने मेलामा ब्रतालुको भीडलाई लक्षित गर्दै फिल्म प्रदर्शनको चाँजो मिलाइएको हो।
nepali-patro-may
अध्यक्ष श्रेष्ठले फिल्ममा पुरानो नेपाली समाजको यथार्थ कथा रहेको र स्वस्थानी ब्रत कथामा समेत जोडिएका धेरै पक्षहरु मेल खाने भएकाले 'झोला' देखाउन लागिएको जानकारी गराए।

त्यस्तै 'झोला' निर्देशक भट्टराईले महिला हिंसाविरोधी फिल्म धेरैभन्दा धेरैले हेरुन् भनेर मेलामा प्रदर्शन गरिएको बताए। 'सार्वजनिक प्रदर्शनमा आउ"दाको समयमा विशेÈ कारणले हलमा पुगेर हेर्न नपाएका दर्शकलाई लक्षित गरेका हौं,' भट्टराईले भने, 'मेलामा बर्सेनी २५ लाखदेखि ३० लाखसम्म ब्रतालु आउने गरेका छन्। कम्तीमा ६० हजारले फिल्म हेर्ने अपेक्षा गरेका छौं,' भट्टराईले भने।

फिल्म प्रदर्शनका लागि अस्थायी हल निर्माणको काम चलिरहेको छ। बा"सबाट अस्थायी हल बनाउन लागिएको हो। हल ५ सय सिटको रहने र दिनमा पा"च शोसम्म फिल्म देखाउने लक्ष्य आयोजक तथा फिल्म युनिटको छ। ९० मिनेट लामो यो फिल्म हेर्न एक सय रुपैया" टिकट शुल्क लाग्नेछ। तर बृद्वबृद्वा र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने निर्माता राज तिमल्सिनाले जानकारी दिए।

साहित्यकार कृष्ण धारावासीको कथा 'झोला' माथि आधारित रहेर निर्माण भएको फिल्मलाई मालती शाह, रामगोपाल थापा र सुशील शाह मिलेर निर्माण गरेका हुन्। फिल्ममा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनालको अभिनय रहेको छ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...