Monday 30 Mangshir, 2076 | December 16, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

अफेयरको चर्चाले फाइदा!

(0 votes)
अफेयरको चर्चाले फाइदा!
काठमाडौं– ‘तपाईंहरुको प्रेमप्रसंगले पूरै फिल्मलाई ओझेलमा पारेन?' नेपालभर रिलिजको तयारी पूरा भएको जानकारी गराउन ‘आभाष' फिल्मको पत्रकार सम्मेलनमा जब अभिनेत्री आश्मा डिसीलाई सोधियो, केहीबेर उनी रनभुल्लमा परिन्। स्थितिलाई सम्हाल्दै उनले दुई तुकको तर मीठो जवाफ दिइन्, ‘चाहे चर्चा राम्रो होस् वा नराम्रो, त्यसले हाम्रो जोडी र फिल्मलाई नै चर्चामा नै ल्याउने हुनाले हाम्रो प्रेमप्रसंगको चर्चाले फिल्मलाई फाइदा नै पुर्यासएको छ।'
nepali-patro-may
राजधानीको मार्कोपोलो होटलमा बुधबार फिल्मका निर्माता गोविन्द शाहीले प्रचारप्रसार तीव्र रुपमा गरिएको र आफूहरु फिल्मको रिलिजका लागि आतुर भएको बताए। युवाहरुको मनस्थितिमा आधारित फिल्म बनाइएको निर्देशक सुरेन्द्र पौडेलले बताए तर अरुको विषय र यो फिल्मले उठाएको कथानकमा आकाश–जमिनको फरक रहेको पनि जनाए। ‘यस्तो कथा नेपाली फिल्ममा अहिलेसम्म मैले हेर्न पाएको छैन, त्यसैले बनाउन तम्सेको हुँ,' पौडेलको कथन थियो।
३५ दिने सुटिङ अवधिमा आफूले कुनै पनि कुरामा सम्झौता गर्नु नपरेको पौडेलले बताए। यो उनको पहिलो निर्देशकीय प्रयास हो। उनले यसअघि ‘लूट', ‘जेरी', ‘होस्टल'जस्ता हिट फिल्मको सम्पादन गरिसकेका छन्। उनको सम्पादन कौशलबाट प्रभावित भएर नै निर्देशनको जिम्मा दिएको निर्माता शाहीले बताए।
कार्यक्रममा संयम पुरी र निशा अधिकारी भने देखिएनन्। निशा विभिन्न महोत्सवमा र संयम फिल्मको सुटिङमा व्यस्त भएको जानकारी दिइएको थियो। फिल्ममा संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, निशा अधिकारी आदि कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...