Sunday 1 Mangshir, 2076 | November 17, 2019
Menu

कला

republica-headerdiscount-subscribe1

istl

सहरकी नयाँ हिरोइन

(0 votes)
सहरकी नयाँ हिरोइन
काठमाडौं- रेखा थापाले पर्दामा पस्किने लट्काझट्का र मारधाड मन पर्छ वर्षा राउतलाई। आफू पनि कुनै दिन फिल्ममा रेखाको जस्तै धुमधडाकापूर्ण भूमिका निर्वाह गर्न चाहन्छिन् उनी। तर कस्तो संयोग, उनै वर्षाको पहिलो फिल्म 'नाइँ नभन्नू ल–४'को जम्काभेट नै रेखाको फिल्म 'रामप्यारी'सँग भइदिएको छ। दुवै फिल्म शुक्रबार रिलिज भएका छन्।
nepali-patro-may
फिल्मको साइत बल्ल जुरे पनि ग्ल्यामर दुनियाँका लागि वर्षा नयाँ अनुहार होइन। ८० वटा म्युजिक भिडियोमा अभिनय गरेपछि वर्षा फिल्ममा आएकी हुन्। गायिका सिर्जना कार्कीको 'रोजेको मैले' बोलको म्युजिक भिडियोबाट उनले क्यामेरा फेस गर्न थालेकी थिइन्।

'नाइँ नभन्नू ल'को दोस्रो र तेस्रो शृंखलामै वर्षालाई अफर आएको थियो। तर पढाइ र अरु व्यस्तताका कारण उनले ती अफर स्वीकार गरिनन्। त्यसो त परिवारले आफूलाई फिल्म खेल्ने अनुमति नदेला कि भन्ने डरसमेत उनमा थियो।

उनलाई परिवारले म्युजिक भिडियो खेल्न पनि कहाँ अनुमति दिएको हो र? आँखा छलेर म्युजिक भिडियो नखेलेकी भए उनी अहिले सायद कलेज गर्लमै सीमित हुन्थिन् होली। 'टिभीमा मेरा भिडियोहरु प्रसारण भएपछि परिवारहरु छक्क पर्नुभयो,' उनले सुनाइन्, 'मेरो अभिनय मन परेपछि उहाँहरुले पनि आपत्ति जनाउनुभएन।'

वर्षाको परिवारले पनि ग्ल्यामर क्षेत्रलाई नकारात्मक रुपमै लिन्थे। तर वर्षाले आफ्ना बुवालाई थुपै्र जमघटहरुमा सँगै लिएर हिँडिन्। 'बुवाको सोचाइमा बिस्तारै परिवर्तन आयो, आइरहेको छ,' वर्षाले भनिन्, 'आजकल त मेरो काम र रोजाइप्रति कसैलाई दुःखेसो छैन।'

सानो उमेरमै परिवारका अगाडि एक्टिङ गर्ने र नाच्ने चुलबुले स्वभाव वर्षाको थियो। उनी आफूलाई नौटंकीबाज ठान्थिन्। त्यो 'स्वभाव' स्कुल र कलेजसम्म पुग्दा 'ट्यालेन्ट'का रुपमा मौलायो। 'नाइँ नभन्नू ल–४'को ट्रायल शोपछि निर्देशक विकास आचार्यले उनलाई जब बधाई दिए, उनको खुट्टा भुइँमै रहेन।

वास्तवमा निर्देशक आचार्य उनको क्षमतासँग सुटिङमै परिचित भइसकेका थिए। त्यही भएर आचार्यले दीपाश्री निरौलाको फिल्म '६क्का पन्जा'मा उनलाई सिफारिस गरिदिए। वर्षा अहिले सोही फिल्मको सुटिङमा व्यस्त छिन्।

म्युजिक भिडियोमा छाउन थालेपछि वर्षाले प्रशस्त फ्यान कमाइसकेकी छन्। उनको चित्र कोरेर पठाउने फ्यानहरु समेत छन्। बाटोमा भेट्दा चाहिँ उनलाई फ्यानहरुले कमै चिन्छन्।

'म बाहिर हिँड्दा मेकअप गर्दिनँ, साधारण पहिरनमै हुन्छु,' वर्षाले कारण दिइन्, 'त्यहीभएर टिभी र यथार्थमा म फरक देखिन्छु होला।'

उनी आफू चाहिँ एकताका आर्यन सिग्देलकी फ्यान थिइन्। सन् २०१२ भन्दा अघि नै उनले आर्यनलाई फेसबुकमा मेसेज पठाएकी थिइन्, 'म तपाईंको ग्रेट फ्यान हुँ।' तर आर्यनले मेसेजको रिप्लाई त के उनको फ्रेन्ड रिक्वेस्ट नै एसेप्ट गरेका थिएनन्।

त्यसअघि उनले थुप्रै आर्यन सिग्देललाई फेसबुकमा रिक्वेस्ट पठाएकी थिइन्। चार–पाँचवटा अकाउन्टले एसेप्ट गरेका थिए। त्यही एउटैले गरेको थिएन। त्यसैले उनले अनुमान लाइन्, सजिलै एसेप्ट भएका अकाउन्टहरु नक्कली हुन् भने एसेप्ट नभएको अकाउन्ट सक्कली हो।

म्युजिक भिडियोमा आफ्नो परिचय बनाइसकेपछि वर्षा र आर्यनको एउटा कार्यक्रममा भेट भयो। वर्षाले सबैकुरा बताइन्। त्यति नै बेला आर्यनले उनको फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नुका साथै मेसेज पनि पढे। अचेल उनको आर्यनसँग बेलाबेला गफ भइरहन्छ।

फिल्म र म्युजिक भिडियोका काम दुवैलाई सँगसँगै लैजाने उनको योजना छ। 'मलाई काम र नाम म्युजिक भिडियोले दिएको हो, यसलाई म चटक्क छोड्न सकिन्न,' उनले भनिन्, 'बरु समय निकाल्न गाह्रो भयो भने गीत छानेरमात्र काम गरुँला।'

'नाइँ नभन्नू ल–४' रिलिज हुँदै गर्दा सहरका भित्ताहरुमा पोस्टर टाँगिएका छन्। पोस्टरमा आफूलाई देख्न पाउँदा उनी खुसी छिन्। साथसाथै दर्शकका प्रतिक्रिया र टिप्पणी कस्ताखाले आउने हुन् भन्ने कुराले कौतुहल छिन्।

रिलिजको अघिल्लो दिन बिहीबार नागरिकसँग संवाद गर्दै गर्दा उनले भनिन्, 'भोलि फस्ट डे फस्ट शो दर्शकसँग बसेर फिल्म हेर्न जान्छु।' त्यतिकैमा उनको फोन बज्यो। फोनबाट १६ वर्षे दुई जुम्ल्याहा भाइहरुले उनलाई जुत्ताका साइज बताए। फोन राखेपछि उनी हाँसिन्, 'मैले भाइहरुलाई जुत्ता किन्दिन्छु भनेकी छु, त्यसवापत उनीहरु मेरो लुगा धोइरहेका छन्।'

प्रतिक्रिया

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

धुर्मुस–सुन्तलीको नयाँ रुप, पञ्चरत्ने र पार्वती (फाेटाे)

काठमाडौं– हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नयाँ रुप सार्वजनिक भएको छ। सर्ट मुभी 'ज्योति'(द पावर अफ लाइट)मा पञ्चरत्ने र पार्वतीको भूमिकामा उनीहरुको नयाँ रुप देखिएको हो।  

पचास वर्ष धकेलिए नारायण!

पचास वर्ष धकेलिए नारायण!

काठमाडौं– भूकम्पका कारण लेखक नारायण ढकालको नयाँ उपन्यास ‘वृषभ वध' विमोचन नगरीकनै बजारमा आएको छ। प्रकाशक फाइन प्रिन्टले विमोचनको तयारी गर्दै गर्दा भूकम्प आएको थियो। पाठकको मागका कारण पुस्तकलाई ढिलो...

सिनेमा हलमा दर्शक फर्कंदै

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत...

परदेशिनेहरुका ‘जिम्दा सपना’

परदेशिनेहरुका ‘जिम्दा सपना’

काठमाडौं– राजधानीको कालिकास्थानस्थित सर्वनाम रंगमञ्चमा राज शाह लिखित–निर्देशित ‘जिम्दा सपना’ मञ्चन भइरहेको छ। नाटकले बोकेको कथाका कारण दर्शकहरुले यसलाई रुचाइरहेको निर्देशक राजले बताएका छन्। ‘हामीले भारी–भरकम कुनै विषय उठाएका छैनौँ,’...

‘अझै पनि' र ईशाको जम्काभेट

‘अझै पनि' र ईशाको जम्काभेट

काठमाडौं– नेपाली फिल्म ‘अझै पनि' युनिटले बलिउड अभिनेत्री ईशा देवललाई भेटेको छ। प्रचारप्रसारका लागि भ्रमणमा रहेको फिल्म टोलीले पोखराबाट फर्कने क्रममा कुरिनटारमा रहेकी ईशालाई सोमबार भेटेको हो। भेटमा ईशाले नेपाली...

मलिना बन्ने भो ‘झम्की'

मलिना बन्ने भो ‘झम्की'

काठमाडौं– पूर्व मिस नेपाल मलिना जोशी ‘ऋतु'पछि फेरि अर्को फिल्म ‘झुम्की'मा नायिका बन्ने भएकी छन्। सोमबार काठमाडौंको मण्डला थियटरमा निर्माण घोषणा भएको ‘झुम्की'बाट ‘ऋतु' फिल्मका एक निर्माता अपिल विष्ट निर्देशनमा...

सिम्पल र स्वीट 'जेरी'

सिम्पल र स्वीट 'जेरी'

यात्राले मान्छेलाई धेरै थोक सिकाउँछ। जेरीले पनि सिक्छ। मुस्ताङसम्म तन्किएको घुमफिरमा उसले थुप्रै हन्डर खान्छ र आफूलाई चिन्ने अवसर पाउँछ।मुस्ताङलाई फन्को लगाउने क्रममा जेरी (अनमोल केसी) र काठमाडौंकी किशोरी आकांक्षा...

रत्‍नजीत र सरादेवी च्याम्पियन

काठमाडौं- साविक विजेता रत्‍नजीत तामाङले चौथो पुष्पलाल स्मृति राष्ट्रिय र्याशङकिङ ब्याडमिन्टन प्रतियोगितामा उपाधि रक्षा गरेका छन्। आर्मीका रत्नजीतले आइतबारको फाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आफ्नै क्लबका विकास श्रेष्ठलाई...